ट्रेंडिंग:

>> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयरबजारले गरयो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित

पाल्पा २ मा ४३३ भोट भएका ‘सम्धी’ले हैन, नयां नेताले चुनाव जित्दैछ : ठाकुर गैरे

२४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक २०७९, बिहीबार

बुटवल, २४ कात्तिक । नेकपा एमालेबाट पाल्पा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुर गैरेले जनताले यसपटक पटक पटक अवसर पाएका पुराना नेतालाई नभई नयां नेतालाई रोज्ने बताएका छन् । बुटवलमा पत्रकार सम्मेलन गर्दै गैरेले आफ्ना प्रतिस्पर्धी सोमप्रसाद पाण्डेलाई लक्षित गर्दै पटक पटक चुनाव जितेर पनि उल्लेख्य काम गर्न नसकेका नेतालाई यसपटक विदा गर्नुपर्ने बताए । एमाले विभाजन गरेर विपक्षीलाई सरकारमा पु¥याउने दलका उम्मेदवारलाई जनताले अस्वीकृत गर्ने गेरेको दावी छ ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई इंगित गर्दै गैरेले एकलाख ५ हजार मतदाता भएको क्षेत्रमा ४३३ मत भएको पार्टीको उम्मेदवारले चुनाव नजित्ने ठोकुवा गरे । गैरेले भने–‘यसपटक नेताको सम्धीलाई हैन जनताको छोरालाई जिताउंछन् ।’

पाण्डे पार्टी अध्यक्ष माधव नेपालका सम्धी भएकै कारण निकै कमजोर जनमत हुंदा पनि भागबण्डामा यो क्षेत्र नेकपा एकीकृत समाजवादीलाई दिइएको गैरेले बताए । सिद्धबाबामा सुरुङ मार्ग बनाएर सडक यात्रा सुरक्षित बनाउने, पाल्पासंग जोडिएका सडकहरु पीच र स्तरोन्नति गर्ने, कृषिको व्यवसायिकरण र आधुनिकरण तथा पर्यटनमार्फत पाल्पालाई समृद्ध बनाउने, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी बढाउने, रोजगारी सिर्जना गर्दै सुखी पाल्पाली समृद्ध पाल्पा नै आफ्नो चुनावी एजेण्डा रहेको गैरेले बताए । यस्तै मगर,नेवार लगायतका जातिको संस्कृति,भाषा,कला संरक्षण, किसानलाई मल र सिंचाई पनि आफ्नो प्राथमिकतामा रहेको गैरेले बताए ।

पार्टी स्थापना भएको दुई वर्ष नभएको पार्टीका उम्मेदवारले नेकपा एमालेको सरकार र पार्टीको संगठनको आधारमा गरेका कामलाई आफूले गरेको भन्दै डलर खर्चेर फेसबुकमा प्रचार गर्नु अराजनीतिक काम भएको गैरेको टिप्पणी छ । ‘पाल्पामा जे जति काम भएका छन् तयो एमालेको सरकार हुंदा पार्टीले गरेको हो, व्यक्तिले हैन’ – गैरेले भने । आफूले युवा पुस्ताको भावना र आकांक्षा बुझेर काम गर्ने गैरेको वाचा छ ।

अखिलको अध्यक्ष हुंदा विद्यार्थीलाई बस भाडामा ४५ प्रतिशत छुटको व्यवस्था गराउन सरकारसंग सहमति गराई भूमिका खेलेको,राष्ट्रियताको पक्ष र संविधानसभाको लागि भएका आन्दोलनमा अग्रपंक्तिमा खटेको र संसदीय चुनावमा पहिलोपटक उम्मेदवार भएकाले मतदाताबाट सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको गैरेले बताए । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ३० हजार ५३६ मत,कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?