© २०२३
लमही, १५ पुस ।
एक पालिका, एक प्राविधिक शिक्षालय“ को अवधारणा नेपाल सरकारद्वारा सामुदायिक स्तरमा प्राविधिक र व्यावसायिक शिक्षा प्रवद्र्धन गर्न लागू गरिएको कार्यक्रम हो । यो अवधारणा २०७५ साल देखि लागू गरिएको थियो । यसको मुख्य उद्देश्य स्थानीय स्तरमा दक्ष जनशक्ति प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा प्रदान गरेर समुदायको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउँछ भने ग्रामीण क्षेत्रका युवाहरूलाई सस्तो र पहुँचयोग्य शिक्षा प्रदान गर्नु हो ।
यद्यपि प्राविधिक शिक्षामा विद्यार्थीको घट्दो आकर्षण, शिक्षालयको अनियन्त्रित विस्तार, र कमजोर नेतृत्वले देशको प्राविधिक शिक्षण प्रणाली संकटमा परेको छ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले जन्मजय तिमिल्सिना प्रदेश सरकार समृद्धिको दिशामा कार्यरत रहेको बताउँदै प्राविधिक शिक्षामा देखिएका समस्याहरूले नीति निर्माण र कार्यान्वयनमा गम्भीर त्रुटि देखिन्छ ।
कहि बर्ष विद्यार्थी संख्या स्थिर रहे अनि शिक्षालय थप्ने होडबाजि र उच्च शिक्षा हासिल गर्न बिदेश जाने वा अन्य बिषयमा पलटुमा आकर्षक हुदा शिक्षालय खाली हुन थालेका हुन ।
सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) ले सार्वजनिक गरेको तथ्यांकले २०७५ सालदेखि २०७९ सालसम्म विद्यार्थी संख्या करिब स्थिर रहेको देखाउँछ। तर शिक्षालयको संख्या भने तीव्र रूपमा बढ्दै गएको छ । २०७५ मा ९३८ कार्यक्रमबाट २३,८६४ विद्यार्थी भर्ना भए भने २०७९ मा १,३७६ कार्यक्रम सञ्चालन हुँदा पनि विद्यार्थी संख्या २५,००० आसपासमै सीमित छ। लुम्बिनी प्रदेशमा मात्र १ सय ७६ प्राबिधिक शिक्षालय रहेको प्राबिधिक शिक्षा तथा ब्यबसाय तालीम परिषद लुम्बिनी प्रदेश कार्यालय रूपन्देहीले जनाएको छ ।
प्रदेश कार्यालयका सूचना अधिकृत राजु भुसालका अनुसार ११ आङगिक, ७४ निजि ,५ साझेदारी र ८६ सामुदायिक बिधालय प्राबिधिक रहेका छन । पछिल्लो समयमा ती प्राबिधिक शिक्षालयमध्ये केहिमा विद्यार्थीको सख्या घटेको केही बन्द हुने अबस्थामा पुगेका छन । हुनत अन्य कलेजहरू पनि बन्द हुने अबस्थामा रहेका छन लमही नगरपालिका ÷३ बनगाउमा रहेको पृथु साइन्स कलेज बन्द भएको कलेजका प्रिन्सिपल प्रदीपराज शर्माले बताए । उनका अनुसार सो कलेजमा पहिलो बर्ष २८ दोस्रो देखि सातौ सम्म भरिभराऊ ५० का दरले आठौमा ३६ नवौमा २२ दसौमा १७ एघारौं मा ९ बाह्रौं मा ० तेरौंमा ० भएको बताए यो उदाहरण मात्र हो ।
पाठ्यक्रम र शैक्षिक व्यवस्थापनको खोटले विद्यार्थीलाई निराशा थपिरहेको छ । केहि महिना अघाडी प्रकाशित द्वितीय सेमेस्टरको परीक्षामा मात्र ५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले पाठ्यक्रमको व्यावहारिकता र शिक्षण पद्धतिमा गम्भीर प्रश्न उठाएको छ।मुख्य समस्याहरू र समाधानका उपाय पाठ्यक्रम सुधार न्यूनतम शैक्षिक योग्यता भएका विद्यार्थीलाई ध्यानमा राखेर डिजाइन गरिएका पाठ्यक्रममा अत्यन्त जटिल विषय राखिनु नै प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्नुको मुख्य कारण हो। पाठ्यक्रम सरल, व्यावहारिक र सीपमूलक बनाउन आवश्यक छ।त्यसै गरी अनावश्यक रूपमा शिक्षालय थप्नुको सट्टा गाउँगाउँमा फैलिएका शिक्षालयलाई मर्ज गरी विशेष स्थानमा छात्रावासको व्यवस्था गर्ने नीति ल्याइनु पर्छ । यसले स्रोतको प्रभावकारी प्रयोग र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सहयोग पु¥याउँछ ।
सीटीईभीटीले नयाँ शिक्षालयका लागि अनियन्त्रित रूपमा सम्बन्धन बाँड्ने कार्य तुरुन्त रोक्नुपर्ने शिक्षा बिद बताउँछन । २०८० सालमा मात्र ८० नयाँ शिक्षालयलाई सम्बन्धन दिइएको प्राबिधिक शिक्षा तथा ब्यबसाय तालीम परिषद लुम्बिनी प्रदेश कार्यालय रूपन्देहीले जनाएको छ । जसले प्राविधिक शिक्षा जोगाउन नेतृत्व संवेदनशील नभएको प्रस्ट देखाउँछ ।
हालका शिक्षालयबाट पास भएका विद्यार्थी बेरोजगार छन् । राज्यले पेड भोलेन्टियर प्रोग्राममार्फत विद्यार्थीलाई स्थानिय तह र सरकारी निकायहरूमा परिचालन गर्न सक्ने व्यवस्था गर्नुपर्छ । भने सीटीईभीटी र शिक्षा मन्त्रालयले अलग–अलग तरिकाले प्राविधिक शिक्षा सञ्चालन गर्दा अन्योलता सिर्जना भएको देखिन्छ ।
एउटै प्रणालीबाट शिक्षा सञ्चालन गरी समानता र स्पष्टता ल्याउनु जरुरी छ।देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई पुनर्जीवित गर्न पाठ्यक्रम सुधार, शिक्षालयको संख्या नियन्त्रण र रोजगार सुनिश्चिततामा ध्यान दिनु अपरिहार्य छ । सरकारको दायित्व भनेको नीतिगत सुधारका माध्यमबाट शिक्षालाई प्राविधिक समृद्धिको दिशामा अघि बढाउनु हो ।