ट्रेंडिंग:

>> गुजरातमा स्टिल प्लान्टमा आगलागी, चार कामदारको मृत्यु >> भीम रावलको आक्रमण: शंकर पोखरेल र ओलीको नेतृत्वमाथि गम्भीर आरोप >> सेयर बजार ५.१० अंकले बढ्यो >> बुटवलमा मदन भण्डारी गोल्डकप भलिबल सुरु >> पूर्वाधार विकास समितिमा २२ वटा उजुरी दर्ता >> सहकारी मुद्दामा थुनछेक बहस जारी >> तराईका तीन विमानस्थलमा उडान स्थगित, हुस्सुका कारण भिजिबिलिटी कम >> प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत निर्वाचित >> ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल >> युवाहरुमा राष्ट्रिय पोशाकप्रति मोह बढ्दै >> प्रधानमन्त्री ओलीको कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दा, सुनुवाइ अनिश्चित >> एकैदिन ३३ फरार प्रतिवादी पक्राउ >> नेपाल प्रहरीले १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ  >> पाँच देशका लागि नयाँ नेपाली राजदूतहरुले शपथ लिए >> लुम्बिनी प्रदेशसभा : प्रदेश प्रमुखले फिर्ता पठाएको कर्मचारी विधेयक आज पेश हुँदै >> राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने >> आज भीम रावलको पत्रकार सम्मेलन >> लागूऔषधसहित दुई जना पक्राउ >> आजदेखि बुटवलमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता, आठ टिमबिच प्रतिष्पर्धा >> नरभक्षी बाघ नियन्त्रणमा >> आज सुनको मूल्यमा १४ सयले वृद्धि >> लन्डनमा एकसाथ गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन, कार्यक्रमको तयारी अन्तिम चरणमा >> ‘सस्तै’मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति >> गोलभेँडा बेचेरै सात लाख बचत >> बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’ >> वाद र सम्मानको मार्ग >> ‘शान्ति र स्थिरताको बर्ष बनोस– नयाँ बर्ष’ >> शिवराजमा नागरिकका घरघरमा स्वास्थ्यकर्मी >> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प >> साउथ सिनेमाः यस बर्ष मलायम फिल्म उधोगमा ७ सय करोड घाटा

देशभरका डेढ सय बढी प्राणीशास्त्रीहरु बुटवलमा

सोधपत्रलाई विद्यार्थीहरुले आफ्नो डिग्रीको परिपुरकका लागि अनुसन्धानको पाटोमात्र बनाउन नहुने विज्ञहरुको सुझाव ।
१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

बुटवल, १४ पुस । नेपालमा बन्यजन्तुको संख्या बढाउदै मानवसंगको द्धन्द्ध न्युनिकरण र ब्यवस्थापनतर्फ सरकारको ध्यान जानुपर्ने विज्ञहरुले सुझाव दिएका छन । विश्वकै दुर्लभ बन्यजन्तुहरुको संख्या बढ्दा यसको फाईदा लिने गरि पर्यटन प्रवद्र्धनलाई जोड्नुपर्ने भन्दै उनिहरुले संख्या घटाउने नभई यसबाट समुदायमा पर्ने समस्या समाधानको उपायहरु खोज्नुपर्ने बताए ।

प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको आयोजनामा आईतबारदेखी पाल्पाको बसन्तपुर र रुपन्देहीमा हुने ३ दिने अन्तराष्ट्रियस्तरको सेमिनार अघि गरिएको पत्रकार सम्मेलनमा नेपाल जोलोजिकल सोसाइटीका प्रो.डा. महेन्द्र महर्जनले कार्यक्रमबाट मुख्य रुपमा ३ वटा कुरालाई जोड दिएको बताए । अनुसन्धान प्रकाशनमा प्राणीशास्त्री हुने सम्भावनाहरूमा मूल्याङ्कन गर्ने, जैविक विविधता र संरक्षणमा स्वदेशी ज्ञान र परम्परागत अभ्यासहरू अभिवृद्धि गर्ने र पर्यटन प्रवद्र्धनका लागि शैक्षिक–सामुदायिक सम्बन्ध सुदृढ गर्ने उदेश्यका साथ कार्यक्रम हुन लागेको उनले बताए ।

यसैगरि सेमिनारमा जैविक विविधता र इकोसिस्टम सेवाहरू, संरक्षण दृष्टिकोण, एक स्वास्थ्य, विश्वब्यापी परिवर्तन र प्रकृति आधारित समाधान र प्राणी विज्ञानको मानव आयाम लगायतका विषयमा वृहत छलफल हुने उनले बताए । विगत दुई वर्षदेखि लुम्बिनी प्रदेशमा विभागबाट अनुसन्धानका काम गरिरहेको उनले बताए । लुम्बिनीमा सारसको बारेमा धेरै अध्ययन भएको र यसलाई पर्यटनसंग जोड्न सकिने सम्भावना समेत रहेको उनले बताए । यसैगरि बर्दिया राष्ट्रिय निकुञ्जमा माछादेखि हात्तिसम्मको अध्ययन गरिरहेको उनले बताए । क्यामरा जडान गरेर विविध अध्ययनका काम धेरै जिल्लाहरुमा भैरहेको र त्यसको प्रगति विवरण समेत पेश हुने उनले बताए ।

कार्यक्रममा प्राणिशास्त्र विभाग हेड अफ डिमार्टमेन्ट प्रो कुमार थापाले सोधपत्रलाई विद्यार्थीहरुले आफ्नो डिग्रीको परिपुरकका लागि अनुसन्धानको पाटोमात्र बनाउन नहुने बताए । बायोडाईर्भसिटिलाई कसरी आयआर्जनसंग जोड्ने भन्ने तर्फपनि जोड दिनुपर्ने उनले बताए । ’अहिले वाईल्ड लाईफ र मानिसको सहअस्तित्व बारेमा विषय उठान जरुरी छ ।’–उनले भने । विश्वमा बन्यजन्तुबाट धेरै आयआर्जन गरेको उदाहरण दिदै उनले बन्यजन्तुको संरक्षणसंगै आयआर्जनमा जोड्ने गरि अभियान थाल्ने गरि सुझावहरु सरकारलाई दिएको उनले बताए । यसैगरि बन्यजन्तुमा जलबायुको प्रभाव बताउन निक्कै लामो अनुसन्धान जरुरी रहने भन्दै उनले विश्वका केवल २५ प्रतिशत जनावरका तथ्याकहरुमात्र प्राणीशास्त्रीहरुसंग भएको बताए । ‘नेपालमा राम्रो डाटा बेस नहुनु दुखद हो ।’–उनले भने । तथ्याकमा कमजोरी हुदा धेरै पछि परेको उनले दुखेसो गरे । सामाजिक संजालमा बन्यजन्तु बढ्दा यसले मानिसलाई समस्या पारेको र घटाउने हो कि भन्ने जस्ता तर्कहरु आएको विषयमा समेत उनले यसमा द्वन्द न्युनिकरण र ब्यवस्थापनतर्फ काम गर्नुपर्ने सुझाव दिए । ‘बाघको संख्या बढाउने तर मानव द्वन्दलाई घटाउनुपर्छ ।’–उनले भने ।
अध्ययन भएका कुरासंगै थप नया कुराहरु समेत उठान हुने उनले बताए । जोलोजिकल अध्ययनमा पर्ने मुख्य चार विषय जनावरहरूको शरीर रचना र फिजियोलोजीको अध्ययन, कीटहरूको अध्ययन, माछाको अध्ययन, सरीसृप र उभयचरहरूको अध्ययनमा छलफल हुने उनले बताए । यसैगरि विद्यार्थीहरुका अनुसन्धानमा बन्यजन्तुबाट भएको क्षतिको विषयमा गणना, क्षतिको क्षतिपूर्ति दिने ब्यवस्थालागि उपयोगी धेरै तथ्याक समेत निकालिने उनले बताए । नेपाल सरकारबाट वाईल्ड लाईफ रिलिफ फण्ड अन्तरगत डिभिजन वन कार्यालयमार्फत फरकफरक बन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति दिने ब्यवस्था रहेको उनले बताए ।

बन्यजन्तु विज्ञ तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भोजुले नेपालमा बन्यजन्तुका बारेमा धेरै अध्ययनहरु भएको र यसलाई लिपिबद्ध गर्ने काममा समेत केही उपलब्धिहरु भएको बताए । सन १९९६ मा नेपाल बायोडाईर्सिटि रिसर्च बुक प्रकाशन गरिएको स्मरण गर्दै उनले पछिल्लोसमय प्रजातिहरुको अनुसन्धान हुँदै सन २००७ मा नेपाल सरकारको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल नेचर, युएनईपी, डब्लडब्लुएफ, ईसिमोड लगायतको संयुक्त प्रयासमा नेपाल बायोडाईभर्सिटि रिसर्च बुक तयार भएको उनले बताए ।

तथ्याकसहितको प्राणीहरुको अध्ययनलाई यसमा अपडेट गर्दै लैजानुपर्ने उनले सुझाव दिए । नेपालका निकुञ्जमा बन्यजन्तुको आक्रमणबाट वर्षको १० जना बढि मानव ज्यान गुमाउदै आएको उनले बताए । स्थानिय जनसमुदायलाई आम्दानीको ५० प्रतिशत मध्यवर्ती निकुञ्जबाट छुट्याउनुपर्ने प्रावधान रहेको उनले बताए । उनले लुम्बिनी र सिद्धार्थ गौतम बुद्धको बारेमा समेत ईतिहास कोट्याए । सिद्धार्थले १३ वर्षको उमेरमा सारसलाई बचाएको भन्दै उनी पशु चिकित्सक (भेटनरियन चिकित्सक) भएको दाबी गरे । यसैगरि नेपालमा हुने परम्परागत नाचगानहरु जनावरहरुसंग जोडिएको तर्क गर्दै उनले जनावरको आवाज सुनेर नै संगितका सात सुर तयार भएको समेत बताए ।

कार्यक्रममा नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष तथा आयोजक कमिटिका संयोजक बाबुराम बन्जाडेले वन्यजन्तुको महत्व, संरक्षण र त्यसले पर्यटन क्षेत्रमा पारेको बहुआयामिक प्रभावका साथै बन्यजन्तु तथा घरपालुवा जनावरहरुबाट सर्ने रोग र त्यसको नियन्त्रण जस्ता विषयहरु समेत उठान हुने बताए । प्राणीशास्त्रीहरुको क्षमता विकासका साथै अध्ययन अनुसन्धानलाई परिस्कृत गर्न कार्यक्रम महत्वपुर्ण भुमिका खेल्ने उनले दाबी गरे । कार्यक्रममा देशभरका १६० बढि प्राणीशास्त्रीहरु कार्यक्रममा सहभागी हुदैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?