© २०२३
लुम्बिनी, ५ पुस ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ६० वर्षे वृजु चाईका दुबै आँखाबाट तरतर आ“शु आईरहेका थिए । आसु झरेपनि उनी निक्कै खुसी थिए । आ“शु पुछदै खुसी मिश्रित बोली निस्कन्थ्यो । कारण उनका दुबै आ“खाका ज्योति दुई वर्षपछि फर्किदा पछिको खुसी मिश्रित आ“शु झारेकी थिए । पैसा नहुदा शल्यक्रिया गराउन नसक्दा दुबै आ“खाका ज्योति गुमेका थिए । गरिव विपन्न थिए । जेनतेन हातमुख जोरेपनि शल्यक्रिया गर्ने पैसा नहुदा उनी लोरोको साहाराले दिशापिसाब जान्थे । निक्कै कष्टकर जीवनयपान थियो । एकै पटक दुबै आ“खाका मोतिया विन्दुको शल्यक्रिया गरिएपछि उनी देख्न सक्ने बन्दा खुसीको सिमा छैन् । हिँडडुलको साहारा लौरो हुईक्याई दिए । उनी जस्तै कपिलवस्तु नगरपालिका २, बरगदवाकी ६१ वर्षिया गुलसितारा खातुनका पनि दुबै आ“खामा एकै पटक ज्योति फर्किए पछि निक्कै खुसी छिन् । ‘पैसा नहु“दा शल्यक्रिया गर्न सकेको थिईन्’ उनले भनिन्, ‘मलाई भगवानै भेटिए ।’ ३ वर्षेदेखि दुबै आ“खा बन्द थिए । हिडडुल गर्न साहारा चाहिन्थ्यो । छामेर र लौरोको साहारामा हिँड्थे । अब त बुढेसकालमा पनि युवा जस्तै तन्नेरी ज्योति फर्कियो । खुसीको सिमा छैन् ।
उनीहरू जस्तै एक हजार ५७ जनाको शल्यक्रिया गरेर आ“खाको ज्योति फकाईएको छ । १४ देखि ७१ वर्षसम्मकाको आँखा शल्यक्रिया गरिएको थियो । दिवंगत थाई नरेश भूमिवल अदुल्यादेजको स्मृतिमा लुम्बिनीमा थाई राजदूताबास, राजकीय थाई मोनाष्ट्री र लुम्बिनी स्वर्णभूमि फाउण्डेसनको आयोजनामा तिलगंगा आ“खा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरेर देख्न सक्ने बनाईएको हो । शिविरबाट गरिव विपन्न र असहायले फाईदा लिएका छन् । रकम अभावमा मोतियाबिन्दुको शल्यक्रिया गर्न नसकेकालाई लक्षित गरिएको थियो । आ“खा देख्ने भएपछि सबैले परिवारसँग खुसीयाली साटासाट गरेका थिए । ५ दिने शिविरमा उनीहरूको उपचार गरिएको थियो । शल्यक्रियाकालागि रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको निग्रोधाराम र पश्चिम नवलपरासीको रामग्राममा एक÷एक दिने शिविर संचालन गरिएको थियो । त्यहा आएका विरामी मध्ये मोतियाबिन्दु भएकाको छनौट गरेर शल्यक्रिया गर्न ल्याईएको थियो । शिविरमा ४ हजार ५ सयजना आ“खाका विरामीको आ“खा परिक्षण गरि निःशुल्क औषधी वितरण गरिएको तिलगंगा आखा प्रतिष्ठानका कार्यक्रम अधिकृत नामखेन लामाले बताए । शिविरमा ४ जनाको दुबै आ“खाको एकै पटक अपरेसन गरिएको थियो । ‘सामान्य अवस्थामा गरिदैन्,’ वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुईतले भने, ‘उनीहरूको शल्यक्रिया नगरेको भए दुबै आँखा सदाका लागि बन्द हुने जोखिम थियो ।’ त्यही भएर जोखिम लिएर गरिएको हो । अन्यका एउटा आ“खाका शल्यक्रिया गरिएको थियो ।
शिविरबाट मजदुर, एकल, असहाय र विपन्नले फाईदा लिएका थिए । ‘हातमुख जोर्न धौधौ थियो’ रूपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका शिवगढीयाका ५४ वर्षे चिर्कुट हरिजनले भने, ‘देख्न छाडेको दा“या आ“खा कसरी शल्यक्रिया गर्ने ?’ अर्को आ“खाले पनि त्यती राम्ररी देख्तिन् उनले भने । छटपटीदै बसेको थिए । तर गरिबलाई ईश्वर भेटिए जस्तै भयो थाई राजपरिवारलाई धन्यबाद । ‘आ“खाले देख्न सक्ने भए’ उनले भने, ‘अब अर्को वर्ष बा“या आ“खा शल्यक्रिया गराएर दुबैले हेर्न सक्ने बन्छु ।’ नाती नातिना खेलाउने धोको पुरा हुने भयो उनले भने ।
तिलगंगा आ“खा प्रतिष्ठान, काठमाडौंका प्रमुख डा. सन्दुक रुईत नेतृत्वको ३३ स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको थियो । त्यसमा ३ थाई चिकित्सक सहित १० थाई स्वास्थ्यकर्मी टोलपनि संलग्न थियो । विरामीलाई अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रिया गरिएको थियो ।
विरामीलाई खानाखाजा, बस्ने, चस्मा र औषधी निःशुल्क प्रदान गरिएको राजकीय थाई विहार प्रमुख भिक्षु फ्रा बोधीबिड्सले बताए । १५ वर्षदेखि यसरी सेवा गर्दै आईरहेका छौं उनले भने यसलाई निरन्तरता दिर्दै परिष्कृत गर्दै लैजान्छौं । विरामीलाई घरबाट ल्याउने र पु¥याउने यातायातको सुबिधा समेत प्रदान गरेकोे थियो । शल्यक्रिया गर्न आएका बिरामीलाई चिसो नलागोस् भनेर सबैलाई एक÷एक थान कम्बल पनि प्रदान गरिएको थियो ।