ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

प्रतापपुरमा निःशुल्क शिक्षा घोषणा

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

नवलपरासी, ५ पुुस ।
जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड नं.४ ले वडा भित्रका सबै सामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क बनाउने घोषणा गरिएको छ ।
आउने शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयका आधारभूत तहलाई पूर्ण निःशुल्क बनाउने गरि गाउपालिकाले गर्दै आएको कार्यलाई सार्थक बनाउन बिहीवार सो वार्डले औपचारिक कार्यक्रमको आयोजना गरि उतm वार्डका एक मदरसा सहित चार वटा सामुदायिक विद्यालयमा चन्दा, सहयोग लगायत कुनै पनि प्रकारका रकम नउठाउने घोषणा गरिएको हो ।
उक्त घोषणा गर्ने कार्य संविधानसभा सदस्य समेत रहेका लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले गरेका थिए । उनले घोषणासभामा बोल्दै वडा कार्यालयले यस्तो घोषणा कार्यले मुलुक भरिकै स्थानीय तहलाई नेपालको संविधान २०७२ र आधारभुत तह अनिवार्य र निशुल्क माध्यमिक तह शिक्षा सम्बन्धी ऐन २०७५ लाई कार्यान्वनमा ल्याएको उदाहरण प्रस्तुत भएका बताएका थिए । सोही क्षेत्रबाट निर्वाचित मन्त्री कलवारले संविधानले नै माध्यमिक तहसम्मको शिक्षा ब्यवस्थापन कार्य स्थानीय तहलाई जिम्मेवारी दिएको बताएका थिए । तर स्थानीय सरकारहरूले नैतिकता गुमाउँदै संविधान र ऐन कार्यान्वयनमा नलागेको आरोप लगाए ।
शिक्षकको नियुक्ति, सरुवा र ब्यवस्थान समिति अध्यक्षको नियुतिmमा आफ्ना एकाधिकार देखाउने स्थानिय सरकारले संविधान र ऐनले जनताका लागि बनाएको प्रावधानलाई पनि नैतिक रूपमा लागू गर्नु पर्छ, उनले भने, अन्य योजना भन्दा संविधानले प्रदत्त गरेको जनताको माध्यमिक तहको निःशुल्क शिक्षा अधिकार दिइनु पर्छ । केही अभाव देखिएमा प्रदेश सरकार र संघिय सरकारसँग माग गर्नुपर्छ ।

उक्त घोषणा कार्यक्रममा संघिय सँसद राष्ट्रिय सभाका पूर्व सदस्य (साँसद) रामलखन हरिजनले संविधान र कानुनले जनतालाई दिइएको अधिकारको पुर्ण पालना गराउनमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरि पूर्ण निःशुल्क शिक्षा अभियान सञ्चालन गर्ने दवाव समुहका अध्यक्षले सामुदायिक विद्यालयलाई निःशुल्क मात्रै होइन गुणस्तरिय बनाउने पर्ने बताउँदै त्यसका लागि शिक्षकहरू इमानदारी पूर्वक काम गर्न आग्रह गरेका थिए । गाउपालिकाका शिक्षा शाखा मुक दर्शक बन्दा संविधान बनेको दशक पुग्न लाग्दा जनतालाई गुमराह बनाउदै रकम असुली भइरहेको आरोप लगाएका थिए । वार्ड नं.४ का अध्यक्ष जन्त्री प्रसाद बरईले आफ्ना वार्डका चारवटै विद्यालयले कुनै पनि प्रकारका रकम अभिभावक तथा विद्यार्थीबाट नउठाउने आवश्यक रकम औचित्य सहित वार्डसँग माग गरे उपलब्ध गराइने प्रतिवद्धता जनाउदै पुर्ण निशुल्क शिक्षा वार्डको घोषणा गरेका थिए । गत साता नै गाउपालिका भरिका सामुदायिक विद्यालयको आधारभुत तहलाई पुर्ण निशुल्क बनाउने कार्यमा गाउँपालिका लागेको जानकारी पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताएका थिए ।

उनले विगत देखी नै विभिन्न विद्यालयले विद्यार्थी तथा अभिभावकबाट विभिन्न सहयोगको नाँउमा रकम उठाउदै आएको र ति कार्य निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ विपरित रहेको हुदा कानुन कार्यान्वन गर्दै सो कार्य रोकिने समेत उनले बताएका थिए । विद्यालयमा आर्थिक स्रोतको कमि देखाउदै विद्यालयले सहयोग रकम उठाउने गरेका छन् । आउने शैक्षिक सत्र देखि आधारभुत तहसम्मका सबै प्रकारका खर्च गाउँपालिकाले ब्यहोर्ने र पुर्ण निशुल्क घोषणा गरिने छ । माध्यमिक तहलाई पुर्ण निःशुल्क बनाउनका लागि प्रदेश सरकार तथा संघिय सरकारले समेत ब्ययभारमा सहभागिता लिइनु पर्ने उनको भनाई थियो । सो कार्यको शुभारम्भ ४ नं.वार्ड गरेको छ । गत बर्ष देखी वार्ड नं.२ का विद्यालयमा पनि सबै शुल्क हटाइएका छन् ।

पहिला आधारभुत तहलाई पूर्ण निःशुल्क बनाईन्छ । सबै तहका सरकार र सरोकारवालाको सहयोगमा माध्यमिक तहलाई पनि छिट्टै घोषणा गरि नेपालमै पहिलो पुर्ण निशुल्क सामुदायिक विद्यालय भएको पालिका घोषणा गर्ने लक्ष्य उनले सुनाएका थिए । संविधान र ऐनमा भएका जनताका अधिकार प्रत्याभुती गराउन स्थानिय सरकार मात्रै नभई प्रदेश र संघ सरकार पनि लाग्नु पर्ने आवश्यकता उनले औल्याएका थिए । कानुनी सहायता तथा अनुसंधान केन्द्रले सो पालिकामा सामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क र गुणस्तरिय शिक्षाका लागि विद्यालय ब्यवस्थापन र शिक्षक अभिभावक संघका पदाधिकारीलाई क्षमता अभिवृद्धि कार्यशाला गर्दै आएको छ ।

सरोकारवालासँगको संवाद कार्यले ब्यवस्थित तरिकाले विद्यालयमा जागरुकता बढ्दै गएको छ । जनप्रतिनिधिहरूले पनि आफ्ना काम कर्तब्य र अधिकारबारे जानकारी पाएका छन । दवाव समुहले पनि कानुनी विधि प्रकृयाको बुझाई भएको छ । यसले गर्दा विद्यालय शुसासनका मुख्य चार भाग,पार्दर्शिता,सहभागिता,पाठ्यक्रम परिमार्जन र स्रोत ब्यवस्थापनबारे संवादमा प्रष्ट्याइएको थियो । नेतृत्व क्षमताबारे जानकारीले झन शसतm बनाएको छ । विद्यालय,अभिभावक र शिक्षकको अन्तर समन्वय र जनप्रतिनिधिको भुमिका प्रभावकारी हुनेछ । विद्यालय प्रशासनले आर्थिक भ्रष्टाचार गर्दा अन्य शिक्षकहरू समय र दायित्व प्रति गम्भिर हुन सकेका छैनन्,भन्ने प्रश्नहरू समेत उठेको थियो । विना रसिद रकम उठाउने र विद्यालय ब्यवस्थापन समितिलाई भोज खुवाउने जस्ता कार्य पनि विद्यालयमा हुने गरेको भेटिएको छ । यस्तो विकृतिले गुणस्तरिय शिक्षा कसरी हुन्छ ?
नेपालको संविधान भाग ३ को धारा ३१ र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ एवम् प्रतापपुर गाउँपालिकाको शिक्षा ऐन २०७९ (प्रथम संसोधन) समेतले प्राथमिक तहदेखि माध्यमिक तह शिक्षा सम्म निशुल्क शिक्षाको ब्यवस्था गरेको छ । सोही अनुसार सामुदायिक विद्यालयहरूमा भर्ना र पठन पाठन गर्न गराउन र अभिभावक र विद्यार्थीहरूबाट कुनै पनि बहानामा कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने बैधानिक व्यवस्था छ । प्रतापपुर गाउँपालिकाको शिक्षा ऐनको भाग २ को १० क. मा आवश्यक अनुगमन गर्ने गराउने व्यवस्था अनुसार प्रतापपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत समक्ष समावेशी विद्यालय शिक्षाको लागि समुदाय एक साथ ल्याउने परियोजनाका हामी निःशुल्क तथा अनिवार्य र गुणस्तरीय शिक्षा सम्बन्धी पालिका स्तरीय दबाव समूहले काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?