ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

सडक निर्माणमा ढिलासुस्ती नगर

२८ मंसिर २०८१, शुक्रबार
२८ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पूर्व पश्चिम लोकमार्गको नारायणघाट–बुटवल सडक खण्ड विस्तारको काम छिटो सक्न माग गर्दै प्रभावित सडक क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिनुपर्ने बाध्यता उत्पन्न भएको छ । केही दिनअघि नवलपुरको कावासोती १६ डण्डामा आधा घण्टा चक्काजाम गरी स्थानीयले सडक अवरुद्ध गरेर जनताले दवाव स्वरूप सडकमा आउनुको बिकल्प नरहेको संकेत गरेका छन् । निश्चितरूपमा बुटवल नारायणगढ सडक खण्डमा निर्माण व्यवसायीले गभीर लापरवाही गरेको हो । यो कुरा सडक प्रभावित क्षेत्रका स्थानीयले बुझेकै हुन तर दवाव स्वरूप आन्दोलन गर्न ढिलाई गरेकोले यो अवस्था सिर्जना भएको छ । पाँच बर्ष अघिदेखि भत्काएर राखेको सडक बनाउँदै छोड्दै गर्ने र काम छोडेर अलपत्र बनाउनु निर्माण व्यवसायीको चरम लापरवाही हो । त्यसमाथि सरकारले समेत सडक बनाउन निर्माण व्यवसायीलाई दवाव दिनुको साटो उल्टो म्याद थप गर्दै आएको छ । अति भएपछि स्थानीय जनता सडकमा आउनुको बिकल्प थिएन र जनता ढिलोगरि भएपनि दवावस्वरूप सडकमा आउन बाध्य भएका छन् । जनताको आवाज सरकारले समेत नसुनेकै हो । यो सडकमा सरकारको प्रत्यक्ष चासो र चिन्ता हुनुपथ्र्यो तर सरकारका प्रतिनिधि बर्षमा एकपटक निरिक्षण गर्न आएर औपचारिकता पूरा गर्ने बाहेक केही हुन सकेन् । पछिल्लोपटक अति भएपछि जनताको दवाव स्वरूप प्रशासनले स्थानीय र सडक विस्तारको जिम्मा लिएको चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिबीच छलफल गराउने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलेको छ । अव प्रशासनले समेत निर्माण पक्षलाई सडक निर्माणमा ढिलाई नगर्न दवाव दिनु जरुरी छ । स्थानीयले सडक कालोपत्रेको काम सुरु नगरे पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

अति भएपछि खती हुन्छ भनेजस्तै बुटवल नारायणगढ सडक खण्ड निर्माणको काममा अति भएकै हो । विगत पाँच बर्षदेखि सो क्षेत्रका लाखौं नागरिक धुवाँ, धुलोको कारण असैह्य भएर बस्न विवस छन् । सो क्षेत्रका नागरिकको आयु घटाउने काम भैरहेको छ भन्दा अत्युक्ति हुँदैन । वातावरणविदहरूले समेत सडक भत्काएर अलपत्र छोडिँदा सडक किनारबाट उत्सर्जन हुने धुवाँ धुलोले स्थानीय नागरिकको स्वास्थ्यमा गंभीर असर परेको भन्दै सडक छिटो बनाएर जनजीवन सहज बनाउन सुझाव दिएका छन् । यो सडकमा लाखौं नेपाली नागरिकको जीवनको सुरक्षा समेत जोडिएको छ । दैनिक हजारौं यात्रु यो सडक भएर ओहोरदोहोर गरिरहँदा दुर्घटनाको जोखिम बढिरहेको छ । सरकारले यही डिसेम्बर अन्तिमसम्म चार लेनमध्ये दुई लेन सडक सम्पन्न गरिसक्नु पर्ने र सन् २०२५ मार्चसम्म पूरै बाटो एकतर्फी विस्तारको काम सक्नुपर्ने विकल्प दिएको छ । यो विकल्प अनुसार काम नभए ठेक्का सम्झौता तोड्ने नेपाल सरकारको चेतावनी छ । तर, सरकारको चेतावनी चिनियाँ ठेकेदारले सुनेको नसुनेझै गरेको छ । अर्कोतर्फ सडक खण्ड विस्तारका क्रममा प्रयोग भएका सामग्रीको रकम नदिएको भन्दै नेपाली उद्योगी व्यवसायीहरू आन्दोलन गर्न बाध्य भएका छन् । पाँच बर्षको अवधीमा उक्त सडक खण्डको हालसम्म पूर्वी र पश्चिम दुबै खण्ड गरेर झण्डै ५४ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ । गत साउन १० गते एक वर्षका लागि तेस्रो पटक थपिएको म्याद पाँच महिना बित्नै लाग्दा पनि सोचे अनुसार सडक विस्तार हुन सकेको छैन् । यो सडक निर्माणमा चरम लापरवाही हो । यो सडक अझैपनि म्याद थप भएको निर्धारित मितिभित्रै सम्पन्न नहुने अवस्था देखिएको छ । सडक निर्माणका क्रममा निर्माण कम्पनीको ढिलासुस्ती, सरकारको लापरवाही र स्थानीय जनताको दवावको कमी भएकै हो । यसमा सबै पक्ष जिम्मेवार छन् । जेहोस ढिलै भएपनि स्थानीय जनता सडकमा आएका छन् । जनता नै जनार्दन हुन । निर्माण व्यवसायीमाथि अब जनताको दवाव परोस् । सडक निर्धारित मितिभित्रै सम्पन्न होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?