© २०२३
नेपालका पर्वतमाथि पछिल्लोसमय चुनौतिहरू थपिएका छन् । पर्वत संरक्षणको कुरा बर्षको एकपटक मात्रै, त्यो पनि दिवसको अवसरमा चिन्तन गरेर औपचारिकता पूरा गरिन्छ । संरक्षणमा हुने सुस्त अभियानको कृयाशीलताले पर्वत जोगाउनेतर्फ खासै ध्यान पुगेको मान्न सकिदैन् । बुधवार पनि त्यही औपचारिकता पूरा गरिदैछ, जो विगतमा गरिएको थियो । आज विश्व पर्वत दिवस । ‘पर्वत दिगो भविष्यका समाधानका आधार’ भन्ने नाराका साथ यो बर्ष आज विश्व पर्वत दिवस मनाईदैछ । पछिल्लोसमय हाम्रा पर्वत कालापत्थर हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । पर्वत वातावरणीय दृष्टिले मात्रै होइन, प्रकृतिका अनेक आयाममाझ हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । पछिल्लोसमय नेपालका पर्वत हिउँ बिनाका हुने अवस्था उत्पन्न भैरहेको छ । जाडोयाममा समेत पर्वतमा प्रशस्त हिउँ नपर्दा प्राकृतिक हिसावले पनि समस्या उत्पन्न हुने हो कि भन्ने चिन्ता छ । विश्व पर्वत दिवस मनाउँदै गर्दा पर्वत संरक्षणमा ध्यान दिनु जरुरी छ । त्यसो त नेपालको कूल भू–भागको १५ प्रतिशत हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ । यो गौरव सदैव कायम राख्ने हिसावले जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्ने खाँचो छ । पछिल्लोसमय नेपालमा मात्रै होइन, विश्वमा बदलिँदो जलवायुको असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन् ।
हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरू समेत लोप हुने अवस्था आएको छ । पर्वत बचाउने चुनौति बढ्दै गएको छ । नेपालका पर्वतहरूमा अव हिउँ होइन कि कालो पहाड बन्ने खतरा देखिएको छ । दिवसको अवसरमा यो गंभीर विषयमा पनि बहस र छलफल गर्ने समय आएको छ । त्यसमाथि जलबायु परिवर्तनको असरले हिमाललाई प्रत्यक्ष प्रभावित गरेको छ । हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरू लोप हुँदै गएका छन् । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुरा राखिरहँदा विश्व समुदायको ध्यान नेपालमा आकर्षित भएको छ । निश्चितरूपमा बढ्दो जलबायु परिवर्तनको असरबाट हिमाल बचाउनेतर्फ नेपालकोमात्र होइन सारा संसारकै ध्यान जानुपर्ने खाँचो छ । विश्वका हिमश्रृंखलाहरू त्यसैपनि अहिले जलबायु परिवर्तनको चुनौतिसंग जुधिरहेको बेला अव विश्वको ध्यान संरक्षणमा जानु जरुरी छ । नेपालीले नेपालका हिम श्रृंखलामा अनेक विश्व रेकर्ड कायम गरेका छन् । नेपालीहरूको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखिको अन्योन्याश्रित सम्बन्ध छ । नेपाल हिमाल र पर्वतहरूको संगम हो । वातावरणीय जीवनसंग हाम्रो हिमाल र पर्वत जोडिएको छ । नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैलेपनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । तसर्थ अब पर्वतलाई पर्वतकै रूपमा रहन दिने हो भने जलवायु परिवर्तनको असरबाट नेपाललाई सुरक्षित वनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । अवको दिनमा नेपालमा रहेका आठ हजार मिटर उचाइका १४ वटा हिमालमध्ये आठवटाले मात्रै विश्व पर्वतारोहण महासंघको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको अवस्थामा थप अरू हिमाललाई पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हिमालको रूपमा सूचीकृत गराउनेतर्फ पहल जरुरी छ । सरकारले थप चुचुराहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेतर्फ पहल गरोस् । नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवद्र्धन गर्न पर्वत संरक्षणमा नयाँ ढंगको बहस जरुरी छ । होइन भने पर्वतेको रूपमा रहेको नेपालीको गौरव पनि एक दिन खोसिने अवस्था आउन सक्छ । अन्तर्राष्ट्रिय जगतमा नेपाल पर्वतेहरूको देशको रूपमा समेत चिनिन्छ । अव पर्वते देशको पहिचान बढाउने हो भने पर्वत जोगाउनेतर्फ हाम्रो ध्यान जानु जरुरी छ ।