ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

काठमाडौँ ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्ना दोस्रो छोरा मोज्ताबा खामेनीलाई आफ्नो उत्तराधिकारी बनाएको रोपोर्ट बाहिर आएको छ । सर्वोच्च नेता खामेनीले बिमारीका कारण यस्तो निर्णय लिएको रिपोर्टमा दाबि गरिएको छ ।

यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । रिपोर्टका अनुसार इरानको एक्सपर्ट एसेम्बलीले सेप्टेम्बर २६ मा नै नयाँ सर्वोच्च नेता चयन गरेको बताइएको छ । खामेनी आफैंले सभाका ६० सदस्यलाई बोलाएर उत्तराधिकारीको बारेमा गोप्य रूपमा निर्णय गर्न भनेका थिए । सभाले मुज्तबाको नाम सर्वसम्मतिले पारित गरेको थियो । आफ्नो बुबा जस्तै, मोज्ताबा इस्लामिक मामिलामा जानकार छन् । उनी पहिलो पटक सन् २००९ मा विश्वको ध्यानमा आएका थिए । त्यति बेला राष्ट्रपतिको चुनावमा कट्टरपन्थी नेता महमूद अहमदिनेजादले सुधारवादी नेता मीर हुसेन मौसावीलाई पराजित गरेपछि भएको विरोध प्रदर्शनलाई कठोरताका साथ दमन गर्न उनको भूमिका रहेको थियो, जसमा कैयौं आम जनताको मृत्यु भएको थियो ।

सो प्रदर्शनलाई ‘इरानी हरित आन्दोलन’ नाम दिइएको थियो । यो दुई वर्षसम्म चल्यो, तर इरानी सरकारले बल प्रयोग गरेर यसलाई दबायो । यसका पछाडि मोज्ताबा खामेनीको दिमाग रहेको बताइएको छ ।

मोज्तबालाई सर्वोच्च नेता बनाउने तयारी २ वर्षदेखि चलिरहेको बताइन्छ । मोज्तबाले सरकारमा कुनै पद नराखेपनि महत्वपूर्ण निर्णयमा उनको सहभागिता निरन्तर बढेको देखिएको थियो । रिपोर्टका अनुसार मोज्ताबा एक रहस्यमय व्यक्ति हुन्। उनी कमै मात्र सार्बजनिक रुपमा देखिने गरेका छन् । उनले आफ्नो बुबा जस्तै सार्वजनिक भाषण दिदैनन् ।

इरानको गुप्तचर तथा अन्य सरकारी निकायमा मोज्ताबाका मानिसहरू बसेको बताइन्छ । इब्राहिम राईसी इरानको राष्ट्रपति बनेपछि मोज्ताबाको कद निकै बढेको विश्वास गरिन्छ । मोज्ताबा इरानको राष्ट्रपति बन्न राइसीको उत्तराधिकारी बन्न तयार भएपनि राइसीको मृत्यु पछि यो रणनीति परिवर्तन गरिएको रिपोर्टमा दाबि गरिएको छ ।

समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार ८५ वर्षीय अयातोल्लाह खामेनी गम्भीर बिरामी रहेका छन् । आफ्नो मृत्यु हुनुअघि खामेनीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि आफ्ना छोरालाई सबै जिम्मेवारी सुम्पेको दाबि गरिएको छ । चाखलाग्दो कुरा के छ भने, खामेनीले आफ्नो जेठो छोरा मुस्तफालाई आफ्नो उत्तराधिकारी बनाएका छैनन्। यस निर्णयको बारेमा अझै धेरै जानकारी प्राप्त भएको छैन।

सन् १९८९ मा रुहोल्लाह खोमेनीको मृत्युपछि अयातोल्लाह अली खामेनी इरानको सर्वोच्च नेताको पदमा पुगेका थिए । इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिमा शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्दा खमेनीले क्रान्तिमा प्रमुख भूमिका खेलेका थिए । इस्लामिक क्रान्तिपछि सन् १९८१ मा खामेनी राष्ट्रपति बनेका थिए । उनी ८ वर्ष यस पदमा रहे । सन् १९८९ मा इरानका सर्वोच्च नेता खोमेनीको मृत्युपछि अयातोल्लाहलाई उत्तराधिकारी बनाइएको थियो ।

बीबीसी रिपोर्टका अनुसार अयातोल्लाह धार्मिक नेताको उपाधि हो । इरानको इस्लामिक कानून अनुसार सर्वोच्च नेता बन्न आयोतुल्ला हुनु आवश्यक छ । यसको मतलब एक धार्मिक नेताले मात्र सर्वोच्च नेताको पद पाउन सक्छ । तर जब खामेनी धार्मिक नेता नभएकाले उनलाई सर्वोच्च नेता बनाउन कानुन संशोधन गरिएको थियो ।

इरानमा सर्वोच्च नेताको पद राजनीतिक र धार्मिक प्रणालीमा सर्वोच्च हो । यसको अधिकार राष्ट्रपतिको भन्दा बढी छ । देशको सैन्य, न्यायिक र धार्मिक मामिलामा निर्णय लिने अधिकार सर्वोच्च नेतालाई हुन्छ। उनको निर्णयलाई कसैले चुनौती दिन सक्दैन । इरानसँग सम्बन्धित कुनै पनि महत्त्वपूर्ण मुद्दामा सर्वोच्च नेताको निर्णयलाई अन्तिम मानिन्छ।

सर्वोच्च नेता बनेपछि खामेनीले पहिलो काम इरानलाई संगठित गर्नु थियो । वास्तवमा ८ वर्षसम्म इराकसँग युद्ध लडेपछि इरानको आर्थिक र सामाजिक अवस्था निकै नोक्सान भएको थियो । खामेनीले पदभार ग्रहण गरेपछि इरानमा इस्लामिक सिद्धान्त र शरिया कानून कायम राखे ।

सर्वोच्च नेता खामेनीले हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि अक्टोबर ४ मा भाषण दिएका थिए । यो उनको अन्तिम सार्वजनिक सम्बोधन थियो ।

इरानमा सर्वोच्च नेता कसले चुन्छ ?

सीएनएनका अनुसार इरानमा सर्वोच्च नेताको चयन विज्ञहरूको सभाले गर्छ । इरानमा सर्वोच्च नेता बन्नका लागि दुई तिहाइ मत प्राप्त गर्नुपर्ने हुन्छ । विशेषज्ञहरूको सभा ८६ धर्मगुरुहरूको समूह हो। तिनीहरूको चुनाव प्रत्येक आठ वर्षमा हुन्छ । तर, उनीहरुको छनोटमा अभिभावक परिषद्को ठूलो भूमिका हुन्छ ।

गार्जियन काउन्सिल एउटा सरकारी निकाय हो जसले संविधानका धाराहरू व्याख्या गर्छ र इरानमा चुनाव सञ्चालन गर्छ । अभिभावक परिषद्ले चाहेमा विज्ञहरूको सभाको सदस्यको सदस्यता खारेज गर्न सक्छ ।

अभिभावक परिषद् सदस्य छनोटमा सर्वोच्च नेताको ठूलो भूमिका हुन्छ । विगत ३५ वर्षदेखि यस पदमा रहेको आफ्नो कार्यकालमा खामेनीले अभिभावक परिषद्लाई आफ्ना विश्वासिलो व्यक्तिहरूले भरेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission