ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सुस्ता सरकारलाई सौर्य उर्जाले ‘आर्थिक उर्जा’

२ मंसिर २०८१, आइतबार
२ मंसिर २०८१, आइतबार

नवलपरासी, ०२ मंसिर ।
पटक–पटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको जिल्लाको सुस्ता गाउपाँलिका स्थित सुस्ता भूमिमा रहेको सौर्य उर्जा वापतको रकम गाउँपालिकाले पाउने भएको छ । सुस्तामा रहेको सौर्य उर्जा प्लान्टको विद्युत बिक्री वापत रकम अब गाउँपालिको पाउने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको हो ।

सुस्ता भूमिलाई जोड्ने झोलुगेँ पुल (सस्पेन्सन ब्रिज) निर्माण भई उद्घाटन समेत भई सकेको र सोही पुल मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनले विद्युत आपूर्ति गर्ने भएपछि सौय उर्जा प्लान्टको विद्युत वापतको रकम गाउँपालिकालाई दिईने केन्द्रले जानकारी गराएको हो । सुस्तालाई उज्यालो बनाउन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सुस्ता भूमिमा केही बर्ष पहिला सौर्य उर्जा प्लान्ट जडान गरेको थियो । अहिले विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनकै विद्युत पुगिसकेको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर अनालुहक अंसारीले भने–‘सुस्ताबासीका लागि उर्जा प्रवद्र्धन केन्द्रले गाउँपालिकाको समन्वयमा सौर्य उर्जा प्लान्ट जडान गरि सुस्तालाई उज्यालो बनाएको थियो । अब सो सौर्य उर्जाको विद्युत पनि त्यही प्रशारण लाईनमा जडान गरि सप्लाई गरिदिने छौं ।’

सो वापतको पाउने विद्युत महशुल गाउँपालिकाको आय हुनेछ । सौर्य उर्जाबाट दैनिक ४ सय युनिट विद्युत उत्पादन हुँदै आएको छ । बर्षको करिब एक लाख बढिको विद्युत सौर्य उर्जाले उत्पादन हुने उनको भनाइ थियो । सो प्लान्टको रेखदेख अब उपभोक्ता समिति भन्दा गाउँपालिकाले कर्मचारी नै राखेर सञ्चालन गर्न आवश्यक रहेको इन्जिनियर अंसारीले औल्याएका थिए । सुस्ताबासीको समस्यालाई मध्यनजर राख्दै नेपालका केन्द्रिय कार्यक्रमहरू सुस्तामा आउने गरेका छन् । पछि ती सबै संरचना पालिकाकै सम्पदा हुँदै गएको छ । ‘सुस्ताबासीलाई लक्षित एशियाकै दोश्रो लामो झोलुगेँ पुल निर्माण भएको छ,’ उनले भने–‘पछि सो पुल सुस्ता गाउँपालिकाकै लागि पर्यटकिय पूर्वाधार बन्ने आधार तयार गरेको छ ।’ त्यसै गरि सुस्तामै सुस्ता बचाउ अभियानमा लागेका अभियन्ताहरू सहादत दिएका छन् । उनीहरूको सम्झनामा सहिद पार्क निर्माण सुस्तामा हुँदैछ । यो पनि सुस्ताका लागि पूर्वाधार थपिएको उनको भनाई थियो ।

यसबारे बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकासँग पहिला सहमति भएर काम भएको थियो । पछि सौर्य प्लान्टबाट बिजुली बालि सकेपछि सुस्ता उज्यालो बनाइएको गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताए । पछि सुस्ता उज्यालो मात्रै नभएर पावरफुल उपकरण मोटर लगायतका मेसिन चलाउन सकिएको थिएन ।

त्यसका लागि बढि भोल्टेजको विद्युत आवश्यक पर्छ, उनले भने, सौभाग्यले सुस्ता जोड्ने पुलको निर्माण भई राष्ट्रचन्द्र पौडेलद्वारा उद्घाटन समेत भई सकेको छ । पुलसँगै प्रशारणलाईनका विद्युत समेत पुर्याइएको छ । अब सुस्ताबासीले प्रशारणलाईनका विद्युत मिटर जडान गरि विद्युत, विद्युतिय उपकरण, मोटर लगायत औद्योगिक आवश्यकताका विद्युत पाउने छन् । सौर्य उर्जाको विद्युत बचत हुने देखियो । सो विद्युत अब सोही प्रशारणलाईनमा जोडेर विक्री हुने देखिएको उनको भनाइ थियो । त्यसका लागि विद्युत प्राधिकरणसँग पनि छलफल भइसकेको छ ।

सुस्ताका स्थानीयले सोलारबापतको महसुल समेत नियमित भुक्तानी गर्ने गरेका छैनन । सुस्तामा विद्युत प्राधिकरणले एक करोड ३० लाखको लागतमा झोलुंगे पुलको माध्यमबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत पु¥याएको छ । उक्त प्रशारण लाईनको बत्ति बालेर असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मत सम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन । सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मरको जडान र परीक्षण सम्पन्न गरिएको छ ।

सुस्ताका उपभोक्ताको घर घरमा विद्युत् आपूर्ति दिन सुरु गरिने छ । सुस्ता बस्तीमा करिब ३ सय ५० घरधुरी छन । १ करोड ३३ लाख रूपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/०८०मा सुरु गरिएको थियो ।लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभए पछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो । प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पु¥याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ । प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती बस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पु¥याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?