ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

धानको परालः जलाए प्रदूषण, दान दिए पुण्य

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

बुटवल, २९ कार्तिक ।
तराइमा किसानहरूले धान काटेसकीपछि तोरी रोप्ने तरखर गर्दै छन् । कुनै किसानले तोरी छरीसके भने कुनै किसानले गहुँ छर्ने काम जारी छ । यसरी धान पाकेर स्याहार्ने अधिकांस किसानहरूले यान्त्रीकरणको प्रयोग गर्दै आएको पाईन्छ । श्रमीकको अभावका यान्त्रीकरण बरदान भएको छ । तर यसको प्रयोगबाट अधिकांस किसानको पराल भने धान खेतमा नै रहने गरेको कारण जलाउने प्रचलन पनि रहेको छ ।

पर्यावरणीय हिसावले खेतमा रहेका स–साना जीवहरूलाई पराल जलाउँदा लगाउने आगोको कारण क्षति पुग्ने गरेको पाईन्छ । यसको साथै पराल जलाउँदा मलको रूपमा काम गर्छ भन्ने पुरानो भ्रम पनि रहेको छ । जसले माटोलाई अझ बढि अम्लीय बनाउने कृषि प्राविधिक समेत बताउँछन् । बुटवल उपमहानगरपालिका कृषि महाशाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीका अनुसार यसरी पराल जलाउनु पर्यावरण, माटो, किटपतङ्गको लागि समेत असर पर्दछ । उनले यसरी पराल जलाउने काम गलत भएको भन्दै यसलाई गौशालामा दान दिँदा अझ उत्तम हुने बताए । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा शिवनरमा नन्दीनी तिलोत्तमा गौशाला अहिले सञ्चालनमा रहेको छ । बुटवल उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनको लागि गौशाला सञ्चालनमा ल्याएको हो ।

यसरी गौशालमा रहेका गाई, गोरुहरूलाई खुवाउनको लागि पराल आवश्यक पर्दछ । यसरी पराल जलाउने भन्दा निःशुल्क रूपमा दान गर्नको लागि नगरपालिकाले सूचना नै प्रकाशन गरी सबैमा आग्रह गरेको छ ।
गत कार्तिक ६ गते निर्देशक तुल्सा अर्यालले जारी गरेको विज्ञप्तीमा किसानले निःशुल्क रूपमा उपलब्ध गराउने पराल लिनको लागि बुटवल उपमहानगरपालिकाले साधन उपलब्ध गराएको छ । सोही अनुसार अहिले वडाका विभिन्न स्थानबाट किसानले जलाउने पराल संकलन गरी गौशालामा भण्डारण गरिएको छ । निर्देशक अर्यालका अनुसार सबै वडाहरूमा समेत निर्देशन समेत जारी गरी खासगरी १४ देखि १९ नम्बरका वडा अध्यक्षसँग समेत समन्वय गरी पराल संकलनको काम अहिले जारी रहेको छ । गौशालाका कर्मचारी रानी कानू वनियाका अनुसार अहिले सम्म गौशालामा ३० ट्रिप भन्दा बढि पराल संकलन गरिएको छ । सबै स्थानीय किसानहरूले निःशुल्क रूपमा उपलब्ध गराएका हुन भने सबै नरपालिकाको ट्यांक्टर, टिप्पर ले संकलन गरेको छ । कर्मचारी बनिया भन्छिन्–‘विचमा केही दिन विदा भयो, केही समस्या भयो तर किसानहरूले उपलब्ध गराउने क्रम अझै जारी छ एकै दिनमा ६/७ ट्रिप समेत आएको छ ।’ नगरपालिकाले पराल जालाउनु भन्दा गौशालालाई दिनको लागि सूचना नै जारी गरी संकलन गर्ने गरी काम अहिले जारी राखेको छ ।

नगर प्रमुख खेलराज पाण्येयले पर्यवरणलाई समेत राम्रो हुने गौशालाका चौपायाले समेत पराल खान पाउने भएको कारण नगरपालिकाले अभियानको रूपमा पराल जलाउन भन्दा गौशालामा दान दिन आग्रह गरेको जानकारी दिए ।
चेतनाको अभाव र लापरवाहीका कारण अधिकांस किसानहरूले धान काटेपछि खेतमा आगो लगाउँदा उर्वराशक्ति ह्रास हुने गरेको पाईन्छ । मेसिनको प्रयोग गरी धान काट्दा कम्पाईन मेसिनले धान काट्दा धेरै पराल खेतमै छोडिने भएकाले किसानहरूले खेत सफा राख्न आगो लगाउने गर्दै आएका छन् । आगो लगाउँदा माटोमा भएको उर्वरा शक्ति वृद्धि हुने भ्रम किसानमा छ । खेतमा आगो लगाउँदा उल्टो माटोको उत्पादन क्षमता घट्न र वातावरणमा समेत असर पर्ने कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिव प्रसाद अर्याल बताउँछन् । किसानहरूले खेतमा आगो नलगाउन भन्नका लागी पछिल्लो समय स्ट्र रिपर नामक पराल काट्ने मेसिनको प्रयोग गर्न सुझाव दिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?