ट्रेंडिंग:

>> आयोजक खस्यौली रेडको विजयी शुरुवात >> पाेखरालाई ६ विकेटले हराउँदै काठमाण्डाैकाे प्लेअफ सम्भावना बलियाे >> पत्रकार महासंघ निर्वाचनः यस्तो आयो लुम्बिनीका १२ जिल्लाको परिणाम >> जिलिको जिक्कर एक्स रुपन्देहीमा लन्च >> स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल शुरु >> नेवाः दय् दबू बुटवलमा नया नेतृत्व >> गुरुको समीपमा >> बुटवल तिनाउ पुलको डिभाइडरमा बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा दम्पत्तीसहित ३ को मृत्यु >> प्रतापपुरमा आधारभूत तह ‘पूर्ण निःशुल्क’ >> पत्रकार महासंघ रुपन्देहीमा चौतारी र युनियनको संयुक्त प्यानल विजयी, अध्यक्षमा दिनेश पाण्डे >> प्रदेश सरकारमा कर्मचारी अभावः लुम्बिनीमा आधा कर्मचारी कामचलाउ >> गुल्मीमा गाडी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरासहित ५ जना घाइते >> त्रिभुवन विमानस्थलमा निर्माण कार्यको समय परिवर्तन, ८ घन्टा मात्र बन्द रहने >> नेपालको विद्युत् प्रणाली सुदृढ, नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा >> पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने >> बसिर अहमदको अर्धशतकमा विराटनगरको शानदार जित >> राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री >> राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि नयाँ राजदूतको नियुक्ति >> प्रधानमन्त्री ओली भारत भ्रमणको आन्तरिक तयारीमा >> घुस लिएको आरोप पुष्टि भएपछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान >> माओवादीको बैठक पुस २१ गतेका लागि सर्यो >> अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल >> अपडेटः हैदाराबादवाट पुष्पाः २ अभिनेता अल्लु अर्जुन पक्राउ, प्रहरी चाैकी पुर्याइयाे >> ब्यवस्था परिवर्तन भएसँगै बिकास पनि बढेको छः उपप्रधानमन्त्री सिंह >> अण्डाको मूल्य वृद्धि: नयाँ दर लागू >> श्रीलङ्कामा नेपाली राजदूतको लागि नियुक्ति सिफारिस, उजुरीको अवसर >> नेकपा माओवादीको स्थायी कमिटी बैठक सुरू >> मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड ५ दिन अवरुद्ध, यातायात बन्द हुने >> वायुसेवा सञ्चालक संघको निर्णय: खुम्बु क्षेत्रमा हेलिकप्टर उडान निरन्तरता दिने >> ट्रम्पको परफ्युम विज्ञापनमा बाइडेनकी श्रीमतीको तस्बिर !! >> एउटा यस्ताे जापानी वाइन, जाे युनेस्कोमा सम्पदामा छ सुचिकृत >> जब एक बालकले आमाको प्रेमीको बन्दुकबाट आमालाइ नै  गोली हाने >> क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैंमा >> सुनको मुल्य १ हजार बढीले घटयो >> नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री >> कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै लुम्बिनी >> सामुदायिक वन समूह समस्यामा, तीन तहका सरकारबीच समन्वयको अभाब  >> बेलायतमा हाडा नाता बिहेवारी बढे पछि प्रतिबन्ध लगाउन माग >> एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका बापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने पक्का >> सडक निर्माणमा ढिलासुस्ती नगर >> रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पूजा >> एउटै नगरमा २७ सडक >> नेपाल पत्रकार महासङ्घको चुनाव आज >> माैसम पूर्वानुमान : काठमाडौँ उपत्यका र तराईमा हुस्सुको सम्भावना >> एनपीएल : लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन प्रतिस्पर्धामा >> कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै >> पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष ढकाल निरविरोध सदस्यमा घर्ती अध्यक्षमा ३ जनाको उम्मेद्बारी >> प्रसाइलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश >> एनपिएल क्रिकेट : काठमाण्डौलाई हराउँदै जनकपुर बोल्टस् प्लेअफ टोलीमा >> अब दिल्लीका महिलाले मासिक २१ सय पाउने छन्ः केजरीवाल

उप प्रमुखको अनुगमन, देह व्यापार गर्ने ८ जना प्रहरी नियन्त्रणमा

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

भैरहवा।

रुपन्देहीको भैरहवाका होटल, रेष्टुरेण्ट तथा स्पा सेन्टरमा अनुगमन गरिएको छ । आइतबार सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको नेतृत्वमा अनुगमन गरिएको हो ।

होटल, रेष्टुरेण्ट तथा स्पा सेन्टरको नाममा केही स्थानमा मापदण्डविपरीत कार्य भइरहेको धेरै गुनासो आएपछि अनुगमन गरिएको उपप्रमुख तथा नगरपालिकाको अनुगमन समिति संयोजक अधिकारीले बताइन् । बसपार्क र देवकोटाचोक क्षेत्रमा सञ्चालित केही होटल, रेष्टुरेण्ट तथा स्पा सेन्टरमा अनुगमन गरिएको उनले जानकारी दिइन् ।

‘होटलको नाममा देह व्यापार लगायत अन्य अवैध गतिविधि गर्न पाइँदैन । मापदण्ड र प्रक्रिया पूरा गरेर मात्र होटल सञ्चालन गर्नुपर्छ । अनुगमनको क्रममा होटल, रेष्टुरेण्ट तथा स्पा सेन्टरमा सरसफाईमा ध्यान दिन, यहाँ कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको अनिवार्य व्यवस्था गर्न सञ्चालकलाई सचेत गराइएको छ । नेपालको कानूनले बर्जित गरेका कुनै पनि कार्य गर्न पाइँदैन । कानूनविपरीत कार्य गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ । सभ्य समाज निर्माण गर्नुपर्छ, ’उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बसपार्क लगायत अन्य क्षेत्रहरुमा सञ्चालित होटलहरुमा अनुगमन गरिएको बताइन् । सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखसहित प्रहरीको संयुक्त टोलीले होटलहरुमा अनुगमन गर्दा अवैध क्रियाकलाप गरिरहेको अवस्थामा ६ जना महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिइन् । त्यस्तै २ जना होटल सञ्चालकहरुलाई पनि नियन्त्रणमा लिइएको डीएसपी खनालले जानकारी दिइन् । केही फरार भएको उनले बताइन् ।

होटलहरुमा अवैध किसिमका क्रियाकलाप भइरहेको जनगुनासो आएपछि अनुगमन गरिएको डीएसपी खनालले बताइन् । ‘नियन्त्रणमा लिइएका महिला तथा होटल सञ्चालकलाई सोधपुछ तथा अनुसन्धानकै क्रममा छौं, त्यसपश्चात कानूनी प्रक्रिया अघि बढाउँछौं, ’उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?