© २०२३
कपिलवस्तुको बाणगंगा नगरपालिकामा एउटा यस्तो गाउँ छ, जहाँ हालसम्म त्यो गाउँबाट कसैले कक्षा १० पास गरेका छैनन् । सुन्दा पत्याउन निकै गाह्रो हुने यो घटना बाणगंगा वडा नं. ८ सिसेनी गाउँको हो । करिब ४० घरधुरी रहेको गाउँमा कक्षा १० पास गर्न कसैले नसकेर भने होइन । गाउँका प्रायः सबै कक्षा ७÷८ सम्म पढेर छोड्ने गरेका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको उतm गाउँमा कसैले कक्षा १० पास गरे बाजागाजा र फूलमाला सहित निकाल्ने योजना गाउँको बुढापाकाहरूको छ । गरिबीका कारण धेरै पढ्न गाह्रो हुने भएकाले कक्षा ७÷८ सम्म पढेर घर खर्च जुटाउने काममा त्यहाँका बालबालिका लाग्ने गरेका छन् । बाणगंगा नदी नजिक भएकाले कोही ज्याला मजदुरी गरी जिविका पार्जन गर्नुपर्ने गाउँको बाध्यता रहेको छ । उतm गाउँमा करिव ६० जना बालबालिका बिद्यालय जाने उमेरका रहेका छन् । जसमध्ये १५ जना बालबालिकाले हाल कक्षा ६,७, र ८ मा अध्ययन गर्दै आएको भएपनि गाउँले समाजसेवीहरूकै दबाब र आग्रहमा बिद्यालय गई पठनपाठन गर्न लगाइएको छ ।
बिस्तारै पढ्नुपर्छ भन्ने महशुस गाउँकाले गरेकाले हाल कक्षा ७÷८ मा पढेका बालबालिकालाई कक्षा १० पढाउने चाहाना रहेकाले सोही बमोजिम सल्लाह सुझाव तथा सहयोग गरेको गाउँका समाजसेवी सौकत अलीले बताए ।
छोरीलाई नपढाउने र छोराहरूलाई १२÷१३ बर्षको उमेरपछि घर खर्च जुटाउन खोलामा काम गर्न पठाउने परम्परा रहेको अली बताउँछन् । सो गाउँबाट हाल तीन जना बिदेश गएका छन् भने पुरुष प्रायः सबै जाने क्रममा समेत छन । गाउँबाट जसले सबैभन्दा पहिला कक्षा १० पास गर्छ, उसलाई बोडगाउँबाट चा नं. जितपुर र बनगाई सम्म अबिर माला लगाई ¥याली निकाल्ने चाहाना आफ्नो रहेको उनी बताउँछन् ।
वडाका अन्य गाउँ भन्दा सिशेनि गाउँपछि परेको स्वीकार गर्दै वडा नं. ८ का वडा अध्यक्ष गुणनिधि भुसालले अबका बिकासका योजना सोही गाउँमा केन्द्रीत गरिने बताए । सोही गाउँमा मदरसा शिक्षा र कक्षा तीनसम्म प्रावि सञ्चालनमा रहेको छ ।
त्यहाँका बालबालिका वडाको लागी गहना भएकाले सबै बालबालिकालाई बिद्यालयसम्म पु¥याई उच्च शिक्षाका लागी वडाले समेत पहल गर्नुका साथै सहयोग गर्न तयार रहेको अध्यक्ष भुसालले बताए । सडक छेउको बिकास लाई आधार मानेर बिकास भएको मान्नु मुर्खता भएको बताउँदै उनले गाउँघर भित्रको बिकासलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाई छ । बिकासका दृष्टीले समेत वडाका अन्य गाउँभन्दा पछि परेको उतm गाउँमा सडकको बिस्तार गर्न ब्यवस्थित गर्न आवश्यक रहको उनी बताउँछन् । बाँसका पोल बनाई गाउँमा बिद्युत त आयो तर पोल हालसम्म आएको छैन । उतm गाउँमध्ये २ घरको मात्र नम्बरी जग्गा रहेको छ भने अन्य सबै बाणगंगा नदी किनारको एैलानी जग्गा बसोबास गर्दै आएका छन् ।