ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

-याफ्टिङ बन्द हुँदा होटल व्यवसायी विस्थापित

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

पाल्पा, २६ कात्तिक ।

पर्वत जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र सेतीवेनीका खिमानन्द खनालले पसलको सामान ढुवानी गर्दा मिर्मीबाट ¥याफ्टिङ प्रयोग गर्थे । शिला शालिग्राम भनेर ख्याती कमाएको सेतीबेनी सम्म पुग्ने तिर्थालुले समेत कालीगण्डकी जलविद्युत परियोजनाको ड्याम बाट ¥याफ्टिङ जलयात्रा गरी पुग्थे ।

गुल्मी, पर्वत, स्याङ्जाको संगमस्थल मिर्मीमा कालीगण्डकी जलविद्युत परियोजनाद्वारा निर्मित ड्यामका कारण यस क्षेत्रको विकासमा ठुलो सहयोग पुगेको थियो । यातायात संजालले जोडिनु पुर्व जलयात्राको बलियो माध्यम बनेको थियो ¥याफ्टिङ । स्थानीयको लगानीमा ¥याफ्टिङ सञ्चालन भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड लाग्थ्यो । स्थानीय हेमराज राना यातायातको भरपर्दो माध्यम नहुँदा व्यापारीहरुले ¥याफ्टिङको प्रयोग गरेको बताउँछन् ।

स्थानीय व्यवसायीहरुलाई हिउँद लागेपछि भ्याइ नभ्याइ हुन्थ्यो । २० वटा ¥याफ्टिङ सेवा उपलब्ध गराएपछि होटल व्यवसायीलाई समेत राम्रो र बलियो आय आर्जनको बाटो भएको थियो । २० वटा ¥याफ्टिङ सेवा दिंदा यस क्षेत्रको छुट्टै पहिचान बनेको थियो । अब यस्ता पुराना दिनहरु एकादेशको कथा जस्तै भएको ¥याफ्टिङ व्यावसायी अर्जुन कार्की बताउँछन् ।

२०५८ सालअघि यस क्षेत्रका जनताले बडो कठिन तवरले गोरेटो बाटो नै प्रयोग गर्नु पर्ने बाध्यता थियो । कालीगण्डकी गाउँपालिका मिर्मी ७ सेतीबेनी देखि जब जलयात्रा सुरु भयो सबैलाई सहज भयो । यसैका कारण सेतीबेनीको महत्व र गरिमा बढेको हो । जलयात्रा सुरु हुनुभन्दा पहिले एक दिनको पैदल यात्रा गर्नु पर्ने बाध्यता थियो । जलयात्रा सुरु भएपछि एक दिनको पैदल यात्रा ४५ मिनेटमा सकिने भयो । आवतजावत भन्दा सामान ढुवानीको राम्रो माध्यम बनेको थियो । शिला तथा सबैभन्दा ठुलो शालिक ग्राम दर्शनको लागि धार्मिक पर्यटकको भिड लाग्न थाल्यो । कुनै कुनै समयमा ५ हजार भन्दा बढी तिर्थालुहरुको भिड लाग्थ्यो । झण्डै २० वर्ष सम्म ¥याफ्टिङ संचालन हुँदा यसबाट राम्रो सेवा पुगेका दिनहरु अब कथा जस्तै भएको व्यावसायी दुर्गा कार्की बताउँछन् ।

पछिल्लो समयमा कालीगण्डकी करिडोर निर्माण भई संचालनमा आएपछि ¥याफ्टिङ व्यवसायीले हातै धुने गरी विस्थापित हुन पुगेका छन् । करिडोरसंगै गाउँ बस्तीका टोल टोलमा सडक सञ्जाल पुगेपछि ¥याफ्टिङ विस्थापित नै हुन पुग्यो ।

¥याफ्टिङका कारण यहाँ साना ठुला गरी झण्डै ५० वटा होटलहरु संचालन भएका थिए । बिहानैदेखि बेलुका सम्म व्यवसायीलाई खाना खाने फुर्सद पनि हँुदैनथ्यो । व्यापार व्यवसाय राम्रो नै चलेको थियो । यहाँ व्यवसाय गरेका कतिले त पोखरा, बुटवल, चितवनमा घर जग्गा पनि जोडे । आर्थिक क्षेत्रमा त एक समयमा फड्को नै मारेको थियो । होटल व्यवसायी कपिल थापा बताउँछन् ।

¥याफ्टिङ चल्न छाडेपछि व्यवसाय नै लथालिङ्ग भएको व्यवसायीहरु बताउँछन् । २० वर्ष जति यहाँको व्यापार साह्रै राम्रो भयो । पछि विस्थापित हुनुपर्ला भन्ने कल्पना नै थिएन । होटल चलाउने मध्ये विस्थापित मात्र होइन व्यवहार नै चौपट बनाएको स्थानीय वसन्ती थापा बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?