ट्रेंडिंग:

>> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य

लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति निष्क्रिय

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

बुटवल, २६ कात्तिक ।

लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति करिब चार दशक यता निष्कृय अवस्थामा छ ।

रुपन्देहीको लुम्बिनीमा अवस्थीत शाक्य मुनी बुद्धको जन्मस्थललाई बौद्ध धर्मावलम्बीको अन्तर्राष्ट्रिय तिर्थस्थल एवं अतर्राष्ट्रिय शान्ती क्षेत्रको रुपमा विकास र प्रबर्धन गर्न सहयोग गर्ने उद्देश्यले सन् १९७० मा उक्त समिति गठन भएको थियो ।

सन् १९७८ मा लुम्बिनी गुरुयोजना निर्माण गर्न आर्थिक र प्राविधिक सहयोग जुटाउन महत्वपूर्ण योगदान दिएको उक्त समितिलाई गुरुयोजना कार्यान्वयन गरी सम्पन्न गराउन पनि पुनः सकृय गराउनुपर्ने आवश्यक देखिएको छ । उक्त समिति निष्कृय भएपछि लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयनले गति पक्रन सकेको छैन ।

लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राईका अनुसार अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालको स्थायी प्रतिनिधीले उक्त समितिको अध्यक्षता गर्ने व्यवस्था छ । धेरै वर्ष यता संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधि नियुक्ति रोकिएको छ ।

उक्त समितिमा नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, चिन, जापान, दक्षिण कोरिया, म्यानमार, कम्बोडिया, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान आदि १६ देश सदस्य रहेका छन् ।

संयुक्त राष्ट्र संघका तात्कालिन महासचिव उ थान्तको अगुवाई र नेपालका तात्कालिन राजा महेन्द्रको सहमतिमा ५४ वर्ष अघि उक्त समिति गठन भएको थियो ।

उक्त समिति लुम्बिनी विकासकोलागि कोसे ढुङ्गा सावित भएको थियो । सो समितिको सकृयतामा सन् १९७८ मा लुम्बिनी गुरुयोजना निर्माण भएको थियो । प्रारम्भमा उक्त समिति सकृय थियो । समितिको धेरै पटक बैंठक बसेको थियो । गुरुयोजना निर्माण गर्न संयुक्त राष्ट्र संघले १७ लाख ५० हजार डलर सहयोग उपलब्ध गराएको तथ्याङ्क लुम्बिनी विकास कोषसँग छ ।

लुम्बिनी विकासकोलागि आर्थिक र प्राविधिक सहयोग जुटाउने, लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्ने, साँस्कृतिक आदान प्रदान कार्यक्रम गर्ने र कुटनीतिक सहयोग जुटाउने उद्देश्य उक्त समितिको रहेको छ ।

लुम्बिनी गुरुयोजनाको अझै करिब ३० प्रतिशत कार्य सम्पन्न गर्न बाँकी रहेको लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राईको भनाई छ । गुरुयोजनाको मुख्य काम नयाँ भव्य मायादेवीको मन्दिर निर्माणको काम बाँकी छ । लुम्बिनी गुरुयोजना कार्यान्वयनकोलागि आर्थिक स्रोतको व्यवस्था मुख्य समस्या हो । आर्थिक स्रोत जुटाउन अन्तर्राष्ट्रिय समितिलाई पुनः सकृय तुल्याउने हो भने टेवा मिल्न सक्छ ।

लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव विमल बहादुर शाक्यले लुम्बिनीको द्रुततर र चौतर्फी विकासकोलागि अन्तर्राष्ट्रिय समिति बनाईएको चर्चा गर्दै यसलाई पुनः सकृय बनाउनु आवश्यक रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति पुनः सकृय बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग कुराकानी गर्ने अठोट पनि उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?