ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

पर्यटन प्रबद्र्धनका लागि मर्चवारको काउलीदेखि मुस्ताङको स्याउसम्म

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

भैरहवा, २६ कार्तिक ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रूपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ हुने भएको छ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ पुस १ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न सेवा तथा बस्तुका ३ सय वटासम्म स्टल रहने सिद्धार्थ उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले आर्थिक अवस्था दयनीय भएकाले मेला–महोत्सवको आयोजना गर्नका लागि अहिलेको परिस्थिति अनुकुल नभएको भए पनि स्थानीय व्यवसाय प्रबद्र्धनका लागि यो महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा स्वदेशी उत्पादनलाई महत्त्व दिएको समेत जानकारी दिए । महोत्सवमा मर्चवारको काउली देखि मुस्ताङको स्याउसम्म राखेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरि पर्यटन प्रबर्द्धन हुने उनले बताए । ‘यो महोत्सव हामीले नाफा कमाउने उद्देश्यले आयोजना गरेका होइनौं’, श्रेष्ठले भने, ‘स्थानीय व्यवसायको प्रबद्र्धन गर्नका लागि निरन्तरता दिएका हौं ।’ महोत्सव अवधिमा स्थानीय उत्पादन तथा व्यवसाय प्रबद्र्धन गर्नका लागि विभिन्न बिषयगत बिज्ञसहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर महोत्सवलाई सार्थक बनाइने दावी उनले गरे ।महोत्सवले स्वदेशी तथा गुणस्तरीय बस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाइ सीमावर्ती बजारहरूमा पाइने सामानहरूबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धन गर्ने बिश्वास लिइएको उनले जनाए ।

रूपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवको रहेको छ ।‘महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानहरूको प्रत्येक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य बस्तुहरू माछा, कुटिर तथा घरेलु र राष्ट्रिय स्तरका उद्योगहरूबाट उत्पादित उत्पादनहरूको विशेष प्रस्तुतीकरण गरिनेछ’, अध्यक्ष श्रेष्ठले भने, ‘यसबाट नयाँ उद्यमीहरूको विकास र कृषिको व्यवसायिककरण पनि हुनेछ ।’
संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले महोत्सवलाई सफल र सार्थक बनाउन आयोजक सिद्धार्थ उद्योग बाणिज्य संघको मात्र नभएर यस क्षेत्रका पुरै स्थानीयबासीको महत्वपूर्ण भूमिका रहने बताए । महोत्सवको अवलोकन गर्नका लागि उत्साहित बनाउने बतावरण तयार गरि महोत्सवमा भएका गतिबिधिलाई उजागर गरिदिन उनले संचारकर्मीहरूलाई आग्रह गरे ।
महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने बिश्वास लिइएको छ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरूमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गराइएको महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिए । महोत्सवमा करिब १० करोड रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको छ । संघले २०६१ सालदेखि भैरहवामा मेला महोत्सव आयोजना गर्न सुरु गरेको हो । यसअघि आठौपटक सफलतापूर्वक महोत्सव आयोजना गरेको संघले नवौं महोत्सव पनि सफल र भव्य बनाउने जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरिनेछ । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?