ट्रेंडिंग:

>> साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा >> उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण >> स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो >> अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि >> सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ अपांगतासहित चार स्वास्थ्य परीक्षण अनिवार्य >> निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई >> उज्यालो र झिलिमिली बत्तीको चाड तिहार >> प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला >> सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार >> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया

प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार
पाल्पा, १५ कात्तिक ।
माथागढी गाउँपालिका रुप्सेका कृषक टोपराज पौडेलले तिहारलाई नै लक्षित गरेर बारीभरि नै फूल फुलाएका छन् । ठूलो रकम खर्चिएर खेति गरेका पौडेल तल खहरे बजारमा सस्तो मूल्यमा कृत्रिम मालाहरु बिक्री भैरहँदा बारीका फूलहरु ओइलाएर जाने संभावना भएकोले निकै चिन्ता परेको बताउँछन् ।
माथागढी गाउँपालिका खहरे बजार मात्र होइन, यहाँका सबै व्यापारीहरुले भारतबाट आयातित सस्तो मूल्यका पलाष्टिकका मालाहरु बिक्री गर्दै आएको स्थानीयहरु बताउछन् । वगनासकाली गाउँपालिका वराङदीका कृषकहरुले समेत सयपत्री फूलको व्यावसायिक खेति गर्दै आएका छन् । यहाँ पनि फूल उत्पादन गर्ने कृषकहरुको घरै नजिक नै व्यापारीहरु  पलाष्टिकका माला बिक्री भएका छन् ।
स्थानीय सरकारको बेवास्ताका कारण कानुनी रुपमा वर्जित गरिएको पलाष्टिकका माला बिक्री भएका छन् । स्थानीय सरकार नै स्थानीय कृषकहरुको पक्षमा नभएका कारण कृतिम फुलका मालाहरु अवैध रुपमा बिक्री भएको कृषकहरु बताउछन् । पुर्वखोला गाउँपालिकाको मुख्य बजार मानिने पुर्वखोलालाई पलाष्टिकका मालाले ढाकेको स्थानीय कमल खनाल बताउछन् ।
केही किसानहरुले घरयासी प्रयोजनको लागि लगाएका सयपत्री फुलहरु बढी भएको बिक्री पनि गर्दछन् । स्थानीय सरकारको कमजोरीका कारण यहाँका फुल खेति गर्ने कृषकहरुले बजार नपाउने भए । स्थानीय सरकारले चाहेको खण्डमा यसरी भारतबाट आयातित पलाष्टिकका मालाहरु रोक्न सक्दछ तर रोक्दैन । त्यसैले गर्दा यहाँका कृषकहरु निराश भएको उनले बताए ।
तिहार भन्नासाथ फुलै फुलको पर्व भन्ने गरिन्छ । यमपञ्चक सुरु भएपछि नै कुकुरदेखि कौवा, गाई, गोवद्र्धनलाई पनि सयपत्री मालाले नै सजाइन्छ ।  लक्ष्मीपुजाका दिन घरका ढोका ढोका, जताततै फुलै फुलले सिंगार गरिन्छ भने भाइ टिकाको दिन सष्तरङ्गी टिका संगै कहिल्यै नओइलाउने मखमलीको फुलको माला लगाइदिने प्रचलन चल्दै आएको हो तर पछिल्ला समयमा यस प्राकृतिक मालाका विकल्पमा कृतिम मालाहरु बजारमा सस्तो मूल्यमा आएपछि घर घरमा पलाष्टिकका मालाले ढाकेको छ ।
यसले हाम्रो परम्परा र सस्कृतिमा समेत नराम्रो असर पुगेको स्थानीय शालिकराम पाण्डे बताउँछन् । यस वर्ष तानसेन नगरपालिकाभित्र कृतिम मालाहरुलाई पुर्ण रुपमा रोक लगाएपनि गाउँका बजारहरुमा पलाष्टिकका मालाहरुले ढाकेको छ । यस्ता भारतीय आयतित कृतिम मालाहरु स्थानीय सरकारले रोक्न सक्दछ तर स्थानीय सरकारको ध्यान पुगेको छैन् । “यस्ता कृतिम मालाहरु आयात गर्न र बिक्री गर्न स्थानीय सरकारले रोक लगाउने हो भने यहाका कृषकका बनमाराको झारको सट्टामा सयपत्री र मखमलीका फुलहरुबाट कृषकको जिवनस्तर माथि उठ्ने थियो” उनले भने ।
रामपुर नगरका कृषकहरुले बाह्रै महिना सयपत्री फुलको व्यावसायिक खेति गर्न लागेका छन् । नगर सरकारले कृषकहरुलाई उत्प्रेरित गरेको छ । यसैगरी विद्यालयहरुमा अतिरिक्त कृयाकलाप अन्तर्गत विद्यार्थीहरुले नै तिहारलाई लक्षित गर्दै सयपत्री र मखमली फुलको माला उत्पादन गर्न लागे । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न उद्देश्यले नगर सरकारले नगर क्षेत्रका कृतिम माला आयात र बिक्री गर्न रोक लगाएको नगर सरकारका प्रमुख रमण थापा बताउछन् ।
स्थानीय नगर सरकारलाई प्राप्त अधिकार प्रयोग गरी आयातित बस्तुको बिक्री वितरणमा रोक लगाउन सक्ने प्रर्याप्त आधारहरु भएपनि यस तर्फ पहल नहुँदा आयातित बस्तुले बजार ढाकेको स्थानीयहरु बताउछन् ।
तानसेन नगरका सुचना अधिकारी भरत आचार्य भन्छन् “यस वर्ष बाट नगर क्षेत्रका मुख्य बजारमा आयतित कृतिम मालाहरु पुर्ण रुपले वन्देज लगाइएको छ ।” आयातित पलाष्टिकका फुलकामालाहरु बिक्रीकाक्रममा भेटिए नगर सरकारले प्रचलित कानुन अनुसार कारवाही गर्ने भएका कारणले यस वर्ष बाट बजारमा पलाष्टिकका माला छ्रैनन् ।
सरकारले २०७९ साल साउन १२ गते राजपत्रमा सुचना प्रकाशित गरेर नेपालमा कृतिम फूल र कृतिम माला सहित सबै प्रकारका कारोवार नै निषेध गरेको छ । वातावरण संरक्षण २०७६ को दफा १५ को उपदफा ९६ ले दिएको अधिकार प्रयोग गरी नेपाल भर पलाष्टिक फुलका माला तथा गुच्छा मालाको आयात, उत्पादनमा रोक लगाउने निर्णय गरेका कारण यहा सोही अनुरुप गरेको उनी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?