ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

तिहारमा स्थानीय तहको ध्यानः कृत्रिम फूल रोक्दै, प्राकृतिकलाई प्रोत्साहन

स्वदेशी प्राकृतिक माला लगाउने प्रचलन बढ्दै जाँदा स्वदेशी किसानपनि व्यवसायी पुष्पखेतीमा हौसिएका छन् । स्थानीय तहहरूले प्लाष्टिकजन्य सामान बिक्री वितरणमा रोक लगाउँदा स्वदेशी किसानको उत्पादनले बजार पाउने आशा बढ्दै गएको छ ।
१२ कार्तिक २०८१, सोमबार
१२ कार्तिक २०८१, सोमबार

बुटवल, १२ कार्तिक  ।
कुनै समय थियो नेपालमा पर्याप्त मात्रामा फूल खेति हुँदैन थियो । पुष्प व्यवसायीहरू केही मात्रामा रहेपनि उनीहरूले व्यवसायिक सयपत्री खेती, मखमली खेती कम मात्र गर्दथे । केही पुष्प व्यवसायीहरूले घर, कार्यालय, भवन सजावटको लागि ईन्डोर र आउटडोर केही पुष्पविरुवा उत्पादन, बिक्री वितरण गरेपनि तिहार, विवाह, उत्सव, समारोहमा मालाको रूपमा प्रयोग हुने सयपत्री खेतीमा भने खासै ध्यान दिन सकेका थिएनन् ।

पछिल्लो केही बर्ष यता भारतबाट करोडौ रूपैयाँको आयात हुने सयपत्री फूलको माला अहिले पनि केही लाखमा सीमित भएको छ । लामो समयदेखि रूपन्देही लगायत प्रदेशका विभिन्न तराई सहित पहाडी जिल्लाहरूमा पनि व्यवसायिक सयपत्री खेती गर्ने प्रचलन बढ्दै गएको हो । रूपन्देही जिल्लाको अलवा प्रदेशमा गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङमा समेत व्यवसायिक खेती भैरहेको छ । नवलपरासीमा पनि व्यवसायिक सयपत्री खेती गरिएको छ ।
यसरी स्वदेशमा नै उत्पादन हुने प्राकृतिक पुष्पको प्रयोग गरेर माला लगाउने चलन समेत बढ्दै जाँदा नेपाली उत्पादनले बजारीकरण सहज रूपमा पाउनको लागि स्थानीय सरकारले समेत प्रोत्साहन दिँदै आएका छन् । व्यवसायिक पुष्पखेति गर्ने किसानलाई सरकारले उत्पादनमा बीऊ, लगाउँदा प्राविधिक सहयोग सहित उत्पादन पश्चात बिक्री वितरणमा समेत सहयोग गर्दै आएका छन् ।
किसानले उत्पादन गरेको स्वदेशी माला बजारमा बिक्री वितरण होेस् भन्ने हेतुले प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरूले कृत्रिम माला विस्तापित गर्ने गरी निर्णय गरेर कार्यान्वयन समेत गर्दै आएका छन् । गत बर्ष पनि केही पालिकाहरूले ‘प्लाष्टिकको कृत्रिम माला’ बिक्रीमा प्रतिबन्ध लगाएका थिए । सोही अनुसार यो बर्ष पनि केही पालिकाहरूले यसको अभ्यास गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाले गत असोज महिनामा नै प्लाष्टिकको माला बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।
पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको हो । गत असोज २१ गते सूचना प्रकाशित गरी स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।
प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने भएकाले प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न नगर कार्यपालिकाले निर्णय गरी सर्वसाधारणमा सुसूचित गराएको छ । “नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत, छठ पर्वलगायत विभिन्न महोत्सव तथा अन्य सभा–समारोहमा प्लास्टिकजन्य फूलगुच्छा, मालालगायत सामग्रीको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न÷नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ”, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । साथै सूचनामार्फत नगर क्षेत्रभित्र उत्पादन भइरहेको सयपत्री, गोदावरी, मखमलीलगायत फूलहरू एवं सोबाट बनेका मालाहरू मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । र रामपुरमा पछिल्ला वर्षमा व्यवसायिक रूपमा फूल उत्पादन हुन थालेकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्ने चलन हटाउन थालिएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । नगर प्रमुख खेलराज पाण्डेय द्वारा जारी विज्ञप्ती अनुसार बुटवल उप–महानगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको हो । उप महानगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगर प्रमुख खेलराज पाण्डेका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो ।
नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघ, ब्यापार संघलाई अनुरोध समेत गरिएको छ । उनले उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेका छन ।
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास समेत नगरपालिकाले लिएको छ । यद्यपी यसको पूर्ण कार्यान्वयन भने भएको पाइएको छैन । बजारमा विभिन्न पसलमा अहिले पनि प्लाष्टिक जन्य माला बिक्रीको लागि प्रदर्शन गरिएको छ । यसमा नगरपालिकाले अनुगमन गरी उक्त कार्य बन्द गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।
अर्घाखाँचीको सितगंगा नगरपालिकाले प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घलाई अनुरोध गरेको नगरप्रमुख छविलाल पौडेलले राससलाई बताए । उनले उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
कपिलवस्तुको शिवराज नगरपालिकाले तिहारमा प्लास्टिकजन्य मालाको बिक्री वितरण तथा प्रयोग रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय फूल मालाको प्रयोगमा जोड दिएको हो । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ प्लास्टिकजन्य फूल मालाको प्रयोगले वातावरण प्रदूषणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने र यहाँका स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएकाले प्लास्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाइएको हो ।
वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उप दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्लास्टिक जन्य सामानका फूलगुच्छा, मालाको भण्डारण, बिक्री वितरण, आयात र प्रयोगमा रोक लगाइएको मेयर अजय थापाले बताए । साथै सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रूपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्दै ठूलो धनराशि बाहिरिन रोक्नुपर्नेमा जोड दिइएको छ । नगरपालिकाको सूचनाको बेवास्ता गरी प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा बिक्री वितरण गरेको पाइएमा उक्त सामान जफत गरी कानुन बमोजिम जरिवाना हुने चेतावनी दिएको छ । वातावरणमैत्री र स्थानीय उत्पादनलाई समेत प्रवर्द्धन हुने भएकाले प्राकृतिक रूपमा उत्पादित पुष्पगुच्छाको प्रयोग गर्न मेयर अजय थापाले सबैमा आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको जनाएको हो ।
प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ । महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?