© २०२३
रूपन्देहीको देवदहमा संचालित मिस देवदह २०७५ सिजन २ प्रतियोगिताको उपाधि निस्मा भट्टराईले हात पार्न सफल भएकी छिन् । १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराईले ब्युटिफुल हेयर अवार्ड सहित नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पारेकी हुन् । बर्बरी फेसन हाउसको आयोजना र लियो क्लब अफ लर्ड बुद्धको सह–आयोजनामा भएको प्रतियोगितामा फस्ट रनरपको उपाधि कृष्टिना ज्ञवालीले हात पारेकी छिन् । उनले एक्टिभ अवार्ड सहित नगद ७ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी हुन् । त्यसैगरी सेकेण्ड रनरपको उपाधि प्रकृति के.सीले हात पारेकी छिन् । उनले ¥याम्प वाकको अवार्ड सहित नगद ५ हजार ट्रफी र प्रमाणपत्र हासिल गरेकी छिन् ।
सोही अवसरमा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ५ का सांसद डा. कृष्ण न्यौपानेले देवदहमा भएका यस्ता प्रतियोगिताले देवदहको पहिचानलाई उचाईमा पु¥याउने बताए । उनले यस्ता प्रतियोगिताले महिलाहरूलाई समाजिक क्षेत्रमा सक्रिय रहन मद्दत पु¥याउने हुँदा महिलाको सौन्दर्य अनुहारमा मात्र नझल्की सामाजिक क्षेत्रमा देखिनुपर्ने बताए ।
प्रतियोगिताको अन्य प्रतिष्पर्धिहरूमा मिस ट्यालेन्ट र कन्फिडेन्स अवार्ड मोनिका शर्मा, मोस्ट भिवर च्वाईस र बेस्ट स्किन अवार्ड बिपना घर्ति मगर, मिस मुल्टिमिडिया अवार्ड दिब्या अधिकारी, मिस स्माईल अवार्ड सिम्रन ढकाल, मिस कन्जुवालिटी अवार्ड समिक्षा घर्ती मगर, मिस फोटोजेनिक अवार्ड निरुता गुरुङ्ग र मिस प्रफेक्ट बडि अवार्ड कल्पना शर्मा हात पार्न सफल भएका छन् ।