ट्रेंडिंग:

>> नेपाल सम्वत ११४५ को पूर्वसन्ध्यामा मोटरसाईकल रयाली >> ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु >> जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय >> एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन >> कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी >> नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा >> बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोडपछि आगजनी >> दुखाई कम गर्ने पेनकिलरले बढाउदैछन् दुख ! >> स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो >> भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा >> किन मनाइन्छ तिहार ? >> लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, २५३ मेगावाट भारतर्फ निर्यात >> हङकङ सिक्सेसमा आज नेपालले इङल्याण्डविरुद्ध खेल्दै >> माैसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति >> प्रजापति र कुमाल समुदायलाई माटाका सामग्री बनाउन र बेच्न भ्याईनभ्याई >> शिक्षण पेसासँगै फूल खेतीमा रमाउँदै >> सर्भरमा समस्या आउँदा डिस्चार्ज भएका बिरामी अस्पतालमै  >> देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम >> फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली >> नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ- प्रचण्ड >> आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ? >> कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त >> नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम हुने >> अवैध लागूऔषध सहित पाँच जना पक्राउ >> मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी >> बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप >> तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ? >> साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ >> विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुदै >> रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने >> साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा >> उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण >> स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो >> अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि >> सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ अपांगतासहित चार स्वास्थ्य परीक्षण अनिवार्य >> निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई >> उज्यालो र झिलिमिली बत्तीको चाड तिहार >> प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला >> सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार >> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै

बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

२२ आश्विन २०८१, मंगलवार
२२ आश्विन २०८१, मंगलवार

भैरहवा, २२ असोज ।
रूपन्देही जिल्लाको गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मीएका बालीकाहरुको बालिका बिमा गर्ने भएको छ ।

छोरी बचाउ छोरी पढाउ अभियान अन्तर्गत गैंडहवा गाउँपालिकामा जन्मीएका बालीकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बाल विवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका २०८१ मा उल्लेख भए बमोजिम गैंडहवा गाउँपालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिचमा सम्झौता भएको छ ।

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बालिका बिमा इटेण्डरबाट खोलेर सम्झौता गरिएको बताउँदै बालिकाका लागि बालिका बिमा गैँडहवा गाउँपालिकामा नयाँ आयाम थपिएको बताए । अध्यक्ष पौडेलले बालिका जन्मीएपछि बालिकालाई प्रोत्साहन होस् भनेर बीमा गरिएको बताए । उनले बालिकालाई शिक्षित बनाउन र बाल विवाह रोक्नका लागि भूमिका खेल्ने बताए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उप–प्रमुख कृष्ण प्रसाद पोख्रेलले गैँडहवा गाउँपालिकामा जन्मीएका बालिकाका लागि सरकारको नीतिगत ब्यवस्था तथा यस गाउँपालिका दीर्घकालिन साँेचका लागि बालिका बिमा गाउँपालिका र हाम्रो बिमा कम्पनीका बिचमा सम्झौता भएको बताए ।

बालिका बिमाले यस पालिकामा जन्मीएका बालिकाको अभिभावक वुवा वा आमाको जाखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बिमा भएको बताउँदै २० वर्ष भित्र बालिकाको वुवा वा आमा दुर्घटना वा कालगतिबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिस अनुसार बालिकालाई एक मुष्ठ भुक्तानी गरिने बताए ।

सम्झौता पत्रमा गैँडहवा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा र निजहरुले रिफर गरेकाहरु मध्ये छोरी जन्मीएकालाई मात्र यस बिमा योजनामा आबद्ध गराउनुपर्ने छ । यस कार्यक्रम अन्तर्गत गैँडहवा गाउँपालिका भित्रका बासिन्दालाई मात्र समाबेश गराउनुपर्ने छ । रु २० हजार रुपैयाँ मात्र एक मुष्ठ एक पटकको लागि मात्र बिमा शुल्क दिइने छ । बालिकाको उमेर २० वर्षसम्म पुग्दा अविवाहित रहेको सम्बन्धीत वडा कार्यालयको प्रमाण सहित गाउँपालिकाको सिफारिसको आधारमा मात्र बिमितलाई भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

कम्पनी र पालिका बिचमा भएको सम्झौता अनुसार बालिकाको एक मुष्ठ २० वर्षका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.मा गैँडहवा गाउँपालिकाले बिमा गरेको छ । यदि बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा सर्त राखिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१।८२ को बजेटमा बालिका बिमाका लागि जम्मा २५ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?