© २०२३
काठमाडौँ ।
नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् आयातनिर्यातको लागि बिहीबार सम्झौता भएको छ
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् लैजान बिहीबार त्रिपक्षीय सम्झौता भएको छ।
नेपालका ऊर्जामन्त्री, बंगलादेशका वातावरणमन्त्री र भारतीय राजदूतको उपस्थितिमा काठमाडौंमा विद्युत निर्यातको लागि त्रिपक्षीय सम्झौता भएको हो।
सम्झौतामा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)की प्रमुख कार्यकारी अधिकृत नर्याङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष रिटेल करिम र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्।
यसअघि २ पटक मिति तय भएर पनि सम्झौतामा हस्ताक्षर हुनसकेको थिएन। विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ।
ऊर्जा मन्त्रालयका अनुसार नेपाल र बंगलादेशबीच विद्युत निर्यातको सम्झौता र नेपाल, भारत र बंगलादेशबीच भारतीय प्रसारणलाइनमार्फत विद्युत लैजान हस्ताक्षर भएको छ।
बंगलादेशकी वातावरणमन्त्री (अन्तरिम सरकारको वातावरण सल्लाहकार) सइदा रिजवाना हसन बुधबार नेपाल आएकी थिइन्।
अहिलेको विनिमय दरअनुसार बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने अनुमान छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा साबित भएको बताए।
नेपालले इतिहासमै पहिलोपटक जलविद्युत ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको उनको भनाइ छ।
‘आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो’, मन्त्री खड्काले भने।
उनले सन् १९७२ देखि नेपाल र बंगलादेशबीचको कूटनीतिक सम्बन्ध भएदेखि सम्बन्धहरु सुमधुर र प्रगाढ हुँदै आएको उल्लेख गरे।
ऊर्जामन्त्री खड्काले नेपालमा उत्पादित विद्युत सीमापार प्रसारणलाइनबाट बंगलादेश पुग्नका लागि कसहज बनाउन भारत सरकारको अटल एवं निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे।
मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने प्रतिवद्धता जनाएको र १५ हजार मेगावाट निर्यातका लागि छुट्याएकाले उक्त कार्यलेले नेपालको जलविद्युत क्षमताको उपयोग बढाएको बताए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारमा नयाँ कोशेढुंगा पार गरेको बताए।
उनले भने, ‘भारतीय प्रसारणलाइन हुँदै तेस्रो देशमा बिजुली पुग्नु तीन देशको साझा भिजन हो
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी