© २०२३
एक महिनाअघि घोषणा भएको कार्यक्रम लगातारको झरीका कारण स्थगित हुने हो की भन्ने पिरलो धेरै दर्शकलाई थियो । झरीको प्रवाह नगरि नायक अनमोल केसीलाई हेर्नकै लागि दिउँसोबाट नै बुटवल मण्डपमा भिड थियो । प्रतिकुल मौसमका कारण स्थगन गर्ने तयारी भैरहेको कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । नमस्ते नेपाल, सप्तक ब्याण्डका बाल कलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूले ¥याम्पमा क्याटवाक समेत गरेका थिए ।
अनमोल केसीले चर्चित ‘यतीयती पानी गंगै रानी’ गितमा दमदार प्रस्तुती दिए । कार्यक्रममा नायक भुवन केसीले प्रतिकुल मौसमका कारण पनि कार्यक्रम संचालन भएकोमा खुशी ब्यक्त गरे । यसअघि डिजे सस्पेन्सन, डिजे अमितले दर्शकलाई आफनो डिजेईङ्गमा झुमाए भने ¥यापर भिटेनले समेत दर्शकलाई आफनो गितमा मन्त्रमुग्घ पारेका थिए । कार्यक्रमको अर्को आकर्षणका रूपमा रहेकी चर्चित नायिका प्रियंका कार्कीले स्टेजमा १५ मिनेटको लामो नृत्यमा दर्शकलाई नचाए । यसैगरि ए मेरो हजुरको तेस्रो सिक्वान्स तयार पारेकी अभिनेत्री झरना थापाले समेत आफनो फिल्मको जानकारी दर्शकलाई दिइन । ए मेरो हजुर ३ को सुहाना थापाले अनमोल केसीसंग डेब्यु गर्दैछिन ।
नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा कार्यक्रमको गरिने मोनिका इन्टरनेसनल गु्रपका कमल जीसीले बताए । बुद्धभुमिबाट शुरुवात भब्य भैसकेको भन्दै अब पोखरेली दर्शकलाई तताउने तयारीमा लागेको उनले बताए । भदौ १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ ।