ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

थबाङ यात्राः एक ऐतिहासिक अनुभव

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

आज म सदाको दिनभन्दा अलि फुरुङ्ग, दंग र हर्षित छु । बर्षौदेखिको चाहना, योजना र सपना पूरा हुँदै थियो । जो कोही पनि यस्तो बेलामा खुशी हुनु स्वभाविकै हो । किनकि सुनेर भन्दा देखेर, देखेर भन्दा भेटेर अर्थात छोएर वा घुमेर त्यसको गहिराइमा पुग्न सकिन्छ । त्यसैले म त्यहाँको वास्तविक यथार्थमा आफै पुगेर रमाउन चाहन्थे । भौतिक रूपमै उपस्थित जनाएर अनुभूति लिन चाहन्थे । कुरा २०८१ साल जेठ १० गते बिहिवारको हो । हामी रोल्पाको थवाङ भ्रमणमा जाँदै थियौँ । त्यो अवसर हामीलाई लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जुराइदिएको थियो । मन्त्रालयको आयोजना र जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा ११ गते शुक्रबार रोल्पाको लिवाङमा हुने “राजपत्र सम्पादन तथा प्रकाशन सम्बन्धी स्थानीय तहका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम” को लागि हामी प्रस्थान गर्दै थियौ । यात्रामा मन्त्रालयका सचिव लालबाबु कवारी, प्रदेश सभाका उपसचिव ईश्वरी प्रसाद आचार्य, मन्त्रालयका कानुन अधिकृत अस्मिता अर्याल, प्रहरी हवल्दार बुद्धि बुढाथोकी, चालक दलका सदस्यहरू गोविन्द सापकोटा, श्री खनाल, मनिषा खत्री मेम र म (स्वयं) गरी ८ जना थियौं । करिव २ बजेतिर भालुवाङबाट हामी बसन्त ऋतुको खडेरी बिदाइसँगै गृष्म ऋतुको स्वागतमा तम्तयार पालुवासँगै नजर जुधाउँदै राप्ती नदीको तिरैतिर लाग्यौं रोल्पा । ईश्वरी सर र अस्मिता मेमको कुराकानीले यात्रालाई थप रमाइलो बनाएको थियो । कुराकानीको साथमा प्रकृतिलाई नियाल्नमा म व्यस्त थिएँ । यात्रा पार गर्दै गर्दा बाटोमा थाकल बेच्दै गरेका नानी÷बाबुहरू देख्यौं । उनीहरूलाई कापी किताब किन्न सहयोग हुने र हामीले अर्गानिक स्वाद पनि लिन पाउने भएपछि २÷३ किलो किन्यौं र मजाले खायौँ । पहिलो पटक खाएकोले मलाई फरक अनुभूति भएको थियो । ३ः३० बजे चकचकेमा पुगी सबै जनाले नास्ता खायौं र उसैगरी झिमरुक खोलाको चीसो बहावसँगै रमाउँदै खुङग्री, सुलिचौर, मिझुल हुँदै अगाडि बढ्यौ । करिब ४ः३० बजे हामी सातदोबाटोमा रहेको रक गार्डेन र शहिद स्मृति भ्यू टावर अवलोकन गरी ५ बजे सदरमुकाम लिवाङ पुग्यौं ।

रोल्पा आफैमा एक युद्ध पर्यटकीय स्थल हो । यहाँका हरेक नागरिकसँग युद्धका तीतामीठा भोगाइ छन् । युद्धमा यही जिल्लाका ९ सय ६९ जना मारिए, ३३ जना बेपत्ता भए, धेरै संख्यामा अङ्गभङ्ग र घाइते भए र ३ सय भन्दा बढी महिला, एकल भएको कुरा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्यले कार्यक्रमको दौरानमा बताउनुभयो । यातना, कुटपिट र धम्कीका बग्रेल्ती अनुभव छन् सबैसँग । युद्धबारे बुझ्न चाहनेका लागि रोल्पा उचित गन्तव्य हो । रोल्पाको सदरमुकाम लिबाङ आइपुग्ने जोकोहीले युद्धमा मारिएका र बेपत्ता पारिएकाको सम्झनामा टुँडिखेलको किनारमा निर्मित शान्ति स्मारक देख्न सक्छन् । २०५२ साल फागुन १ गतेका दिन तत्कालीन नेकपा (माओवादी) ले पहिलोपटक प्रहरी चौकी आक्रमण गरी नेपालमा सशस्त्र विद्रोह अर्थात् जनयुद्ध आरम्भ गरेको कारण रोल्पाको होलेरी निकै चर्चित छ भने थबाङ युद्धको ऐनाका रूपमा परिचित । शायदै सुनिने जिल्ला र निकै कम व्यक्ति पुगेको रोल्पामा युद्ध शुरु भएपछि धेरै अध्येता पुगे । २०५८ असार २८ गते रोल्पाको होलेरीमा दोस्रोपटक आक्रमण गरेर ७५ जना प्रहरीलाई माओवादीले नियन्त्रणमा लिँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा समेत दिनुपर्ने अवस्था आएको कुरा जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारले बताउनुभयो । विगतको युद्धबारे चासो राख्ने विदेशी हुन् वा नेपाली, सबैको मानसपटलमा रोल्पा जिल्ला युद्धभूमिका रूपमा चित्रित हुन्छ । युद्धको औपचारिक अन्त्यसँगै अहिले भने रोल्पा शान्तियात्रामा छ । त्यसैले पनि विगतको युद्धभूमिको विरासत बोकेकाले यहाँ, अनुसन्धान, घुमफिर र यात्रा गर्न जो कोहीका लागि खुल्ला पुस्तक हो । युद्धकालीन अवस्थामै यहाँ शहिदमार्ग जनताको श्रमबाट निर्माण भएको रहेछ । अहिले होलेरी हुँदै थबाङ शहिदमार्ग जोडिएको छ । जो कोहीका लागि पनि रोल्पा, थवाङ, जलजला र जेलबाङ निकै सुनिएका नाम र ठाउँ हुन् । लिबाङमा कार्यक्रम सम्पन्न गरी सचिव ज्यूको टिम दाङ फर्कियो भने हामी होटल सनराइज एण्ड लजका मालिकसँग बिदाइका हात हल्लाउँदै घर्तिगाउँमा बास बस्न पुग्यौ । अर्कोदिन बिहानै घर्तीगाउँबाट रोल्पाको चर्चित ठाउँ थबाङ यात्रामा लाग्यौं । दायाँ र बायाँ ठूला–ठूला अग्ला पहाडको बिचबाट माडीखोला बगेको । खोलाको तिरैतिर डाँडाकाँडाहरूलाई नयनमा कैद गर्दै यात्रा गर्नुको आनन्द थियो नै, जसले मलाई मुस्ताङ मुक्तिनाथ यात्राको सम्झना दिलायो । आहा ! ठाउँ–ठाउँमा न्याउली, कोइली, ढुकुर, काफल पाक्यो चरा लगायतको मनै बहकाउने सुमधुर आवाजको त के बयान गरु । अगाडि जाँदै गर्दा एक्कासी परिवर्तन गाउँपालिकाको मुकाम देखि ७÷८ किलोमिटर बाटोमा हाम्रो गाडी दुर्घटना हुँदा ठुलो कालले बाँचियो । गाडीबाट हतपत ओर्ली हेर्दा हामी सबैको होस हवास नै उड्यो । त्यो अनाकान्टर ठाउँमा कुनैपनि सिमले काम गर्दैन, मोबाइलमा नेटवर्क छैन, न त पानी, नत खानेकुरा हामीलाई साह्रै समस्या प¥यो । सबैजना रातोपिरो भएका छौ, भोक र तिर्खाले । गाउँपालिका कार्यालयको नजिकै आएपछि एनसेलले हल्का काम ग¥यो तर कुरा बुझिदैन तनाव भयो । करिब ४ बजे बल्ल परिवर्तन गाउँपालिकाको नजिकै पुगेर सबैजनाले खाना खायौँ । लिबाङबाट मिस्त्री बोलाई गाडी मर्मत कार्य पनि जारी छ । समयमा गाडी बन्न सकेन । त्यसैले मिस्त्री र गुरुजीलाई सोही स्थानमा छोडेर रुकुम पूर्वको कार्यक्रमको लागि भाडामा अर्को गाडी खोजेर थबाङतिर लाग्यौं । बाटोमा एक्कासी फेरि मुसलधारे पानी प¥यो । शायद त्यहाँबाट थबाङ पुग्न आधा घण्टा लाग्थ्यो होला । बेलुकाको यात्रा अन्धा धुन्दा छ, कसैलाई चिनिएको छैन । गुरुजी रोल्पाकै भएपनि स्थानीय परेनन् । पुरै खाम भाषा बोल्ने, हामीलाई केही आउँदैन । त्यहिपनि सोध्दै र अनुमानको भरमा हामी बेलुका ७ बजेतिर थबाङ पुग्यौ ।

थवाङ मगर जातिको बाहुल्य रहेको गाउँ हो । यहाँ बहुसंख्यक मगरको बसोवास रहेको छ भने दोस्रो जनसंख्या दलितको छ । खाम भाषी रहेका उनीहरूको थुप्रै मौलिक संस्कार, संस्कृति र परम्परा छन् । यो एउटा कम्युनिष्ट गाउँ, जहाँ अहिले उवा र मिरुल साविक छिमेकी गाविसलाई गाभेर थबाङ गाउँपालिका निर्माण गरिएको रहेछ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा सानो पालिका थबाङ रहेछ । २ हजार मिटरको उचाइमा रहेको थबाङ गाउँ १० वर्षे जनयुद्धको उद्गमस्थल मानिन्छ । मगर संस्कृति, सुन्दर अनि गुजुमुज्ज गाउँ प्रायः एकै शैली र प्रकृतिको घर थबाङको विशेषता हो । ढुंगा, माटो र काठका छानाले बनेका करिब ३/४ सय घर एकै ठाउँमा लस्करै मिलेका देखिन्छन् । जसले एकीकृत बस्तिको झल्को दिन्छ । थबाङ, गाउँपालिकाको केन्द्र पनि हो । ठूलो गाउँ नै असली थबाङका रूपमा परिचित छ । पर्यटकीय स्थलको प्रचुर सम्भावना र मखमलीको चोलीले सिंगारिएसरी यस गाउँपालिकालाई विभिन्न कालखण्डमा कोरिएको सुनौलो इतिहास तथा यहाँको भौगोलिक अवस्थितिको आधारमा थबाङ गाउँपालिकाको नामाकरण गरिएको थबाङका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताउनुभयो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशकै उच्च पर्यटकीय स्थलको रूपमा रहेको जलजला क्षेत्रलाई शिरमा सजाएर राखेको छ । २०७८ सालको जनगणना अनुसार थबाङ गाउँपालिकाको जनसंख्या १० हजार ८ सय ५१ रहेको छ । थबाङको इतिहास पनि बडो बिचित्रको रहेछ । २०४८ सालसम्म जनमोर्चाको पकड मानिएको थबाङ २०५२ सालपछि माओवादीमय भएको, स्थानीय बासिन्दा बताउँछन् । २०६४ को चुनावमा ३ हजार ६ सय मत सहित प्रचण्डलाई एक छापे रूपमा दिए थबाङ्गीले । २०७० को चुनावमा थबाङमा प्रचण्डलाई सुन्य मत दिएर चर्चामै सुनिन्थ्यो । गुरिल्ला ट्रेलका लागि छुटाउनै नमिल्ने स्थान रहेछ थबाङ । थबाङमा कम्युनिष्टको जग मसालका महामन्त्री मोहनविक्रम सिंहले बसालेका थिए भने नेकपा (माओवादी) का मोहन बैद्य (किरण), प्रचण्ड र रामबहादुर थापा (बादल) ले जनयुद्धको योजना बनाएको कुरा थबाङका पुराना कम्युनिष्ट नेता सन्तोष बुढा मगरले बताउनुभयो । युद्धताका थबाङमा “मगरात स्वायत्त प्रदेश” को मन्त्रिपरिषद् कार्यालयको बोर्ड समेत झुन्ड्याएको रहेछ तत्कालीन नेकपा (माओवादी) ले । हिजो थबाङमा ३३ घरपरिवार एकै जनकम्युनमा आबद्ध भएका रहेछन्, गाउँ नजिकै जनवादी विद्यालय सञ्चालनमा रहेछ र जिल्लाभर जनसहकारी रहेछन् । जननमूना अस्पताल, शहिद गेट, तालिम केन्द्र, हेडक्वार्टर बस्ने बंकरका अवशेष पनि यात्राको क्रममा भेटिए । थबाङकै फुन्टिबाङमा तत्कालीन बिद्रोही माओवादीको चर्चित केन्द्रिय बैठक बसेको घर भेटिन्छ । संकटकालमा प्रचण्ड, किरण र बाबुरामको थबाङ अखडा नै रहेछ । उनीहरूले त्यहीबाट युद्ध रणनीति समेत बनाउने कुरा हिजोका दिनमा तपाई हामीले सुनेको कुरा हो । प्रचण्ड र मोहन बैद्य विभाजनपछि भने थबाङमा माओवादी छिन्नभिन्न अवस्थामा पुगेको स्थानीय बासिन्दा बताउँछन् । अहिले जनकम्युन विघटन भइसकेका छन् र जनवादी विद्यालय सरकारीकरण गरिएको रहेछ । युद्ध पर्यटनका लागि ती संरचना आवश्यक हुन्छन् । विगतका कहानी मात्र सुन्न पर्यटक आउँदैनन्, विगतका युद्ध संरचना हेर्न अझ बढी लालायित हुन्छन् । यिनै विषयवस्तुलाई बुझेर युद्ध पर्यटन प्रबर्धनमा सरोकारवाला लाग्नु आवश्यक छ । अहिले बहुसंख्यक आन्तरिक र बाह्य पर्यटक थबाङ पुग्ने गरेको कुराकानीको सन्दर्भमा गाउँपालिकाका अध्यक्ष बुढा मगरले बताउनुभयो । १० वर्षे जनक्रान्तिका बेला भिषण अपरेसनका नाममा सरकारी सेना र प्रहरी थबाङ पुगेका रहेछन् । संकटकालमा राज्य पक्षबाट ३२ र माओवादीबाट ४ गरि ३६ जनाको मृत्यु भएको रहेछ । युद्धकै क्रममा तत्कालीन शाही सेनाले सिङ्गै गाउँ जलाएको रहेछ । पञ्चायतकालमा पनि थबाङमा बारम्बार सेना परिचालन भएको, राज्य उत्पीडन र जनजाति बाहुल्य हुनुले पहिलेदेखि थबाङ्गीमा एन्टी स्टेट अर्थात विद्रोही मनोविज्ञानको विकास भएको कुरा पालिका उपाध्यक्ष शर्मिला बुढा मगरले बताउनुभयो । राज्य विकास र समृद्धि लिएर गएको देखिदैन, जहिल्यै पनि उत्पीडनका रूपमा सरकार पुगेको थबाङ्गी गुनासो गर्छन् । पहिलोपटक आक्रमणमा परेको होलेरी चौकीको भगनावशेष अवलोकन गर्दै, शान्तिकालमा लडाकुको पाचौं डिभिजन रहेको दहवन, तिला हेर्दै थबाङ पुग्न सकिन्छ । त्यस्तैगरि पूर्वी रोल्पाको सुलिचौरबाट पोबाङ, उवा हुँदै पनि थबाङ पुग्न सकिन्छ ।
लुम्बिनी प्रदेशमा पर्ने रोल्पाको सबैभन्दा अग्लो भूभाग जलजलाको नाम सुन्दा जति आनन्द लाग्छ, त्यहाँ पुग्दा धेरै गुणा सुन्दर र मनमोहक अनुभव हुन्छ । जीवनमा एकपटक घुम्नै पर्ने ठाउँ हो जलजला । जलजला रोल्पाको धार्मिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । समुद्री सतहबाट ३ हजार २ सय ९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । जेठ पूर्णिमाका दिन ठूलो मेला लाग्दोरहेछ । रोल्पाको मात्र नभई रुकुम, सल्यान, दाङ, प्युठान र सुर्खेत लगायतका जिल्लावासीहरूको आस्थाको केन्द्र मानिन्छ । यो क्षेत्रमा उपोष्णदेखि ठण्डा, समशीतोष्ण क्षेत्रसम्मको हावापानी र सोही अनुसारका वनस्पतिहरू पाइन्छन् । यस क्षेत्रमा करिब १४ प्रजातिका गुराँस फुल्दछन् साथै विभिन्न प्रकारका जडीबुटी पाइन्छ । त्यसैले राष्ट्रिय प्रकृति संरक्षण कोषले जलजला क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरेको छ ।

त्यतिमात्र नभएर तत्कालीन सरकार र माओवादी विद्रोहीबीच १० वर्षे सशस्त्र युद्धमा सम्भवतः सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको बस्ती शायद रोल्पा जिल्लाको जेलवाङ नै हो । रोल्पाको सुनछहरी गाउँपालिका ७ मा पर्ने जेलवाङ रोल्पाको मात्र नभएर सशस्त्र द्वन्द्वका क्रममा धेरै जनताले बलिदानी गर्ने नेपालकै ऐतिहासिक स्थान रहेछ । तर जनयुद्धको ऐतिहासिक गाउँलाई नेताहरूले भुलेको स्थानीयको गुनासो छ । प्रायः मगर खाम बोलीचाली हुने यो गाउँमा २ सय भन्दा बढी अपाङ्ग रहेछन् । युद्धको पीडामा जलेको जेलबाङ सदरमुकाम लिबाङबाट दर्जनौं पहाड काटेपछि २० कोष टाढा एक दिनको यात्रामा पुग्न सकिन्छ । सशस्त्र द्वन्द्वमा सबैभन्दा मानवीय क्षति भएको गाउँ, मगर र दलित समुदायको बस्ति, फलाम खानीको गाउँ, सरकार र विद्रोही पक्षहरू लडेका र हिडेको गुरिल्ला ट्रयाकसँगै जेलबाङका धेरै आफ्नै मौलिक तथा सांस्कृतिक विशेषताहरू रहेका छन् । जलजलासँगै थबाङ, रुकुमको तकसेरा र बाग्लुङको ढोरपाटन पुग्ने आधारशिविरका रूपमा समेत जेलबाङलाई विकास गर्न सकिने सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन (किर्तिमान) ले बताउनुभयो । परिवर्तनका निम्ति सबैभन्दा धेरै क्षति व्यहोरेको गाउँलाई परिवर्तनका लागि लड्नेहरूले नै भुलेको उहाँ बताउनुहुन्छ । जेलनेल र यातना नभोगेका, गोली नलागेका र मान्छे नमारिएका घरै छैनन् भन्दा पनि हुने रहेछ । माओवादी तर्फबाट १० जना र राज्य पक्षबाट ६३ जना गरी जेलबाङमा ७३ जनाले ज्यान गुमाएका कुरा पुन मगरले बताउनुभयो । ज्यान गुमाउनेमा ४ वर्षिय बालक, बोल्न नसक्ने अपाङ्ग, सुत्केरी महिला, वृद्ध–वृद्धा सहित निर्दोष नागरिक समेत परेछन् । जेलबाङ गाउँको विकाससँगै परिवर्तनका लागि ज्यान गुमाउनेहरूको संझनामा गाउँमा केही देखिने काम गरिदिए हुन्थ्यो भन्ने स्थानीयले माग गर्दै आएपनि सुनुवाई नभएको बताउछन् । उहाँहरूको गुनासो र प्रश्नमा अनुत्तरित छु, टाउको हल्लाउनु बाहेक मेरो कुनै विकल्प छैन । युद्धताका प्रायः केन्द्रियदेखि तल्लो स्तरसम्मका नेताले टाउको लुकाएको जेलबाङ गहभरी आशा बोकेर विकासको प्रतिक्षामा छ तर त्यसमा सहभागी हुन कसैले चाहेन । युद्धको समय घरघरमा हँसिया हथौडा अंकित रातो झण्डा हल्लिने यो गाउँमा आजभोलि कतै–कतै खुइलिएर च्यातिएका झण्डा देख्न सकिन्छ । त्यही खुइलिएका झण्डा जस्तै अहिले जेलवाङको मन पनि खुइलिएको छ, माओवादीसँग । हिजो आफ्नो गाँस काटेर उनीहरूलाई पेटभरि खाना खुवाएको जेलवाङ अहिले दीर्घरोगी जस्तै भएर थलिएको छ तर फर्किहेर्ने फुर्सद कसैलाई नभएको स्थानीय समाजसेवी चन्द्रबहादुर बुढा बताउँछन् ।

रुकुम पूर्व जिल्लाको रुकुमकोटमा १३ गतेको कार्यक्रम सकेर त्यहाँका विभिन्न पर्यटकीय स्थानहरूको भ्रमण गरी हामी १५ गते दाङ भालुवाङ सकुशल फर्कियौं । ईश्वरी सर र अस्मिता मेम साह्रै प्रगतिशिल सोच भएको मान्छे हुनुहुँदोरहेछ । समस्यामा ढाडस दिनुहुन्थ्यो भने बेला–बेलामा जीवन जीउने कला बताउनुहुन्थ्यो । दिन दुःखीहरूलाई सहयोग गर्न सधै आतुर हुने, माथिल्लो बर्गका मान्छे भन्दा भुई मान्छेको हित र अधिकारको वकालत गर्न रुचाउने । निजामति सेवामा नमूना पात्र हुनुहुन्छ, उहाँहरू । यात्रामा समस्या थिए तरपनि कुनै खल्लोपन महसुस हुन पाएन । अफ्ठेरो परेको बेला दाङ भालुवाङमा रहेरपनि फोन सम्पर्क गरी समस्या र समाधानको बाटो देखाइदिनुहुने सचिव लालबाबु कवारी ज्यू, रोल्पा लिबाङबाट मिस्त्री पठाई सहयोग गर्नुहुने गोविन्द सापकोटालाई विशेष धन्यवाद दिन चाहन्छु । त्यस्तैगरी सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगर, परिवर्तन गाउँपालिकाका पूर्व उपाध्यक्ष हितकुमारी बुढा, मेरो गुरु चोलप्रसाद ज्ञवाली सर, पत्रकार मानसिंह विश्वकर्मा, चालक हिराबहादुर डांगी, परिवर्तन गाउँपालिकाका प्रहरी चौकी प्रमुख किरण चौधरी, त्रिवेणी ७ रोल्पाका कमल डाँगी लगायत प्रत्यक्ष र अप्रत्यक्षरूपमा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?