ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

भवन हस्तान्तरण नहुँदा सेवा बिस्तारमा समस्या

६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

नवलपरासी, ०६ भदौ ।
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नयाँ भवन ६ महिना पहिलै निर्माण सकिए पनि हस्तान्तरण हुन नसक्दा अपेक्षित सेवा सञ्चालनमा समस्या देखिएको छ । भवन हस्तान्तरण पश्चात अस्पतालले धेरै प्रकारका नयाँ सेवा विस्तार गर्न लक्ष्य राखेको भए पनि भवन हस्तान्तरणमा ढिलाई हुँदा सुचारु हुन नसकेको हो ।

लुम्बिनी प्रदेश सरकारले अस्पतालको सेवा विस्तार तथा ब्यवस्थित स्वास्थ्य तथा चिकित्सा सेवा दिनका लागि भवन निर्माणका लागि बजेट विनियोजन गरि भवन निर्माण गर्न लगाएको थियो । तर भवन निर्माण भएर ६ महिना बित्दा पनि अस्पताल हस्तानान्तर हुन सकेको छैन । भवन हस्तान्तरणका लागि पटक पटक आग्रह गरिएको अस्पतालका सुचना आधिकार गोविन्द बहादुर ज्ञवालीले भने, तर अस्पताल भवन निर्माणको जिम्मेवारी पुरै शहरी विकास तथा भवन कार्यालयले लिए पनि हस्तानान्तरण गराउन सकेको छैन । निर्माण गर्ने कम्पनीलाई कार्यालयले पुरै भुत्तानी दिई सकेको जानकारी गराएको छ, उनले थपे,अहिले कम्पनीका प्रतिनिधि सम्पर्क नभएको भनि हस्तान्तरणमा ढिलाई भइरहेको छ ।

यसका लागि निरन्तर सरकार र भवन कार्यालयसँग भइरहेको अस्पताल विकास समितिले जनाएको छ । अस्पताल ब्यवस्थापनले भवन प्राप्तिका लागि लिखित तथा मौखिक निरन्तर पहल गरि रहेको छ, अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले भने, आफूले निरन्तर अस्पतालको नयाँ भवन प्राप्तीसँगै अस्पतालका आवश्यक उपकरणहरू उपलब्ध गराउनका लागि लबिड्डमा छु । अस्पताल भवन भित्र भएका विद्युत वाइरिड्ड तथा पानी सप्लाईको पलम्बिगँ जाँच गर्नु पर्ने आवश्यकता देखाउँदै उनले अस्पतालका लेखा प्रमुख लल्लन कुर्मीलाई आग्रह समेत गरेका थिए ।

भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै अस्पताल भित्र डायलसिस सेवा पनि सुचारु गर्ने, बालबालिकाका लागि एनआईसियु सेवा लगायतका क्याविनहरू निर्माण गराई तत्काल ती सेवा सञ्चालन गर्ने योजना बनाएको थियो । तर भवन अहिलेसम्म अस्पताल प्रशासनलाई हस्तानान्तरण नभएका कारण डायलसिस सेवा लगायतका अन्य सेवा पनि सञ्चालन गर्न नसक्दा जिल्लाबासीलाई समस्या देखिएको अस्पतालले जनाएको छ । यसका लागि जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिहरूले पनि पहल गरिदिनु पर्ने हो, तर आपेक्षित काम हुन सकेको छैन् । सेवा सबैलाई चाहिएकै हो,तर कुन सेवा कसरी प्राप्तीका लागि जिल्लाका प्रबुद्ध बर्गले पनि आ–आफ्नो स्थानबाट पहल गर्नु पर्ने अस्पताल प्रशासनको गुनासो रहेको थियो ।

अस्पताल भित्र जनस्तरबाट निर्माण भएको पिसिआर भवनमा अहिले प्रयोशशाला सञ्चालनमा आई सकेको सुनाउँदै सूचना अधिकारी ज्ञवालीले नयाँ भवन हस्तान्तरण हुने बित्तिकै अन्य सेवा विस्तारमा सहज हुने दाबी गरेका थिए ।
५० सैयाको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । लुम्बिनी प्रदेश सरकारको तत्कालिन भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको पहलमा उतm भवनको बजेट परेको थियो । भवनको शिलान्यास समेत चौधरीले नै गरेका थिए । कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिए पछि म्याद थप गरिएको निर्माण कम्पनीले ढिलो गरि भवनको निर्माण सम्पन्न गरेको थियो । तर सम्पन्न हुँदा अहिले हस्तान्तरणमा ढिलाई भइरहेको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले रु. १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो । अनुमानित लागत भन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रु. १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । भवन निर्माण भई निर्माण कम्पनीले सबै भुतmानी लगि सकेको छ । जिल्लामा सुबिधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका छन् । यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच बिस्तार हुनुका साथै समयमा नै उपचार सुबिधा पाउने अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले बताए ।

नयाँ र पुरानो भवनमा आवश्यकता अनुरूपका सेवा कक्षहरू बनाईने छ, अध्यक्ष गुप्ताले भने, ’पुरानो भवनमा भएका उपकरण सार्नु पर्ने हुन्छ । नयाँ भवनमा सर्दा केही संरचना निर्माण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता परेको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।’ प्रादेशिक अस्पतालका रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि थप जनशक्तिको आवश्कता पर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको उनले बताएका थिए ।

अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, विरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग,कुष्टरोग क्लिनिक, जीन स्पट सेवा, संस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक, २ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?