ट्रेंडिंग:

>> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

अनेरास्ववियुले ८ सय विद्यार्थीलाई सम्मान गर्दै

२७ श्रावण २०८१, आईतवार
२७ श्रावण २०८१, आईतवार

भैरहवा, २७ साउन ।

विद्यार्थी र अभिभावकमा सकारात्मक सोंचका लागि अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीले सिद्धार्थनगर क्षेत्रका शैक्षिक संस्थाबाट १२ कक्षा उत्तीर्ण गरेका करिव ८ सय जना विद्यार्थीलाई सम्मान गर्ने भएको छ । अनेरास्ववियुले यही साउन ३२ गते भैरहवामा विद्यार्थीलाई सम्मान गर्ने तयारी गरिएको जनाएको छ । यो सम्मान कार्यक्रम अभिभावकमा सकारात्मक सोंच र विद्यार्थीमा मनोबल र आत्मविश्वास बढाउनका लागि आयोजना गरिएको भनाइ आयोजकको छ ।

अनेरास्ववियु लुम्बिनी प्रदेशका उपाध्यक्ष सरोज ठकुरीले बिगतमा ३ दशमलव २ जिपीए देखि उच्च अंक ल्याएर १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गर्ने गरिँदा सामान्य उत्तीर्ण गरेका आम विद्यार्थीमा नैराश्यता आउने गरेकाले यसपटक उत्कृष्ट अंक ल्याउनेसहित सामान्य रुपमा उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई सम्मान गर्न लागिएको बताए ।

‘यसरी सम्मान गर्दा सबै विद्यार्थीमा हौसला र आत्मबल बढ्ने भएकाले भविष्यमा असल मार्गमा हिँड्न अभिप्रेरित गर्ने गर्छ’, ठकुरीले भने, ‘अभिभावकको दवावमा विद्यार्थीले आफू अनिच्छुक विषय पढ्नु पर्ने बाध्यताको अन्त्य हुन जरुरी छ ।’ ठकुरीका अनुसार, अभिभावकको दवावका कारण कतिपय विद्यार्थी उच्च शिक्षा अध्ययनमा आफूलाई मन नपरेको विषय बाध्यताले पढ्नु पर्दा असफल हुने गरेका छन् । भने, कतिपय विद्यार्थीले परीक्षामा असफल भएको र उत्कृष्ट अंक नआएका कारणले आत्महत्याको बाटो समेत रोज्ने गरेका छन् ।

‘सम्मान कार्यक्रममा सवै विद्यार्थीलाई हौसला हुने र सही बाटोमा हिँड्न अभिप्रेरित गर्ने खालको प्रशिक्षण समेत दिइने छ’, उनले भने । अनेरास्ववियु सिद्धार्थनगर कमिटिका अध्यक्ष केएल पाण्डेले विद्यार्थी संगठन भन्नासाथ आन्दोलन गर्ने भन्ने आममानिसको मानसपटलमा पर्ने गरेको छविलाई मेटाएर शैक्षिक परिवर्तनको संवाहकको रुपमा स्थापित गर्न अनेरास्ववियु सिद्धार्थनगर कमिटीले नयाँ पहलकदमी गरेको बताए ।

कतिपय विद्यालय तथा शैक्षिक संस्थाले आफ्नो बिद्यालयको बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अन्यत्र लैजाने डरले सम्मानका लागि १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीको विवरण माग गर्दा उपलब्ध नगराउने गरेको गुनासो उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?