ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालनामा दलहरुलाई गरायो सचेत

३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

भैरहवा, ३ कात्तिक ।

मूख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले आचारसंहिता पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई सचेत गराएको छ । बिहीबार भैरहवामा बसेको उम्मेदवार, राजनैतिक दल, पत्रकार, सुरक्षाकर्मी लगायतको संयुक्त बैठकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले विशेषगरी यसमा राजनीतिक दल र उम्मेदवार विशेष चनाखो रहनुपर्ने बताएको हो ।

कार्यालयले तीनै तहका सरकार, सञ्चार क्षेत्र, सुरक्षा निकाय, कर्मचारी सबैलाई आचारसंहिता विपरितका कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । रुपन्देहीमा निर्वाचन प्रचार प्रसारका क्रममा हुन सक्ने आचारसंहिता उल्लंघनलाई लिएर मूख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको हो । बिशेष गरी भारतीय गाडीको प्रयोग र उम्मेदवारले प्रयोग गर्ने सवारीको बिषयलाई लिएर सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन पछि पनि निर्वाचन आयोगले कार्यवाही गर्न सक्ने बताए । आचारसंहिता उल्लंघन भए नभएकोबारे लिखित रुपमा उजुरी दिन पनि उनले सबैलाई आग्रह गरे ।

गृहमन्त्री बालकृष्ण खाणले सुरक्षाकर्मी परिचालन गरी प्रचार प्रसार गरेको गुनासो बारे बोल्दै प्रजिअ पाण्डेले ब्यक्तिलाई नभई पदलाई नियमानुसार सुरक्षा प्रदान गरेको बताए । “उहाँ उम्मेदवार मात्र नभई देशको गृहमन्त्री पनि हो, गृहमन्त्रीलाई नियमानुसार सुरक्षा दिनुपर्ने हुन्छ”–पाण्डेले भने–“अहिले उहाँ उम्मदेवार भएर निजी सवारीमा हिडिरहनुभएको छ । हामी गृहमन्त्रीलाई सुरक्षा दिइरहेका छौं ।”
त्यस अवसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसपटक जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना हुने जानकारी गराएको थियो । २०७४ सालको निर्वाचनको मतगणना भैरहवाको दुईवटा स्थानमा गरिएपनि यसपटक क्षेत्रगत रुपमा गरिने सहायक निर्वाचन अधिकृत शोभाकर खरेलले जानकारी दिए ।

उनका अनुसार यसको लागि मतगणना स्थल समेत तोकिएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को लागि देवदह नगरपालिकाको शितलनगरमा रहेको देवदह बहुमुखी क्याम्पसलाई मतगणना स्थल तोकिएको छ । क्षेत्र नम्बर २ को लागि बुटवल उप–महानगर पालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को लागि भैरहवा नमूना माध्यमिक बिद्यालयलाई मतगणना स्थल तोकिएको छ । यस्तै क्षेत्र नम्बर ४ को लागि कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र क्षेत्र नम्बर ५ को लागि गैडहवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई तोकिएको सहायक निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।

मतगणनामा सहजता ल्याउन अहिले पाँचवटै निर्वाचन क्षेत्रमा गणनाको ब्यवस्था गरिएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले बताए । “एउटै क्षेत्रका मतगणनाको लागि करिब ६ वटा कोठा चाहिन्छ”–उनले भने–“सदरमुकाम ल्याउदा चाप बढने कारणले पनि सम्बन्धित निर्वाचन क्षेत्रमै मतगणनाको ब्यवस्था मिलाईएको छ ””

उनले मतपेटिकको संख्या धेरै हुने र प्रतिनिधि सभा तथा प्रदेश सभाको अलग अलग गणना हुने ब्यवस्था मिलाईएको बताए । कम्तिमा ३ वटा कोठा मतपेटिका राख्न, एक कोठामा प्रतिनिधि सभा, एउटामा प्रदेश सभा १ र अर्कोमा प्रदेश सभा २ गरी कम्तिमा पनि ६ कोठा आवश्यक रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?