© २०२३
काठमाडौं,२ कार्तिक । बलात्कारको आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ। यसअघि पहिलो चोटी सात पटक र दोस्रो चोटी पाँच पटक म्याद थप गरिएको थियो।
अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अदालत स्रोतले जनाएको छ ।
‘प्रहरीले ७ दिनको म्याद मागेपनि न्यायाधीशले ४ दिनको मात्रै म्याद थपेको अनुमति दिएका हुन् ।
उनलाई गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।