ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रुपन्देही १ (ख) मा एमाले–राप्रपा र जसपाको संयुक्त भेला

१५१५ सदस्यीय चुनाव परिचालन कमिटी गठन
१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

तिलोत्तमा, १ कार्तिक । रुपन्देही क्षेत्र नंं १ का प्रतिनिधि सभा उम्मेदवार एवं पुर्व मन्त्री छविलाल विश्वकर्माले विकास,समृद्धि र राष्ट्रियताको रक्षाका लागि एमाले–राप्रपा–जसपा तालमेल भएको बताएका छन् ।
सत्तामा रहेका दलहरु एमालेसंग एक्लै लड्न डराएर गठबन्धन गरेर देशलाई दिशाहीन बनाएपछि मुलुकलाई सही मार्गमा डो¥याउन एमालेले पनि तालमेल गरेको विश्वकर्माको भनाई छ । रुपन्देही क्षेत्र नं १ (२) मा नेकपा एमाले–राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रसार प्रसार कार्यालय तथा भेला उद्घाटन गर्दै एमाले सचिव समेत रहेका विश्वकर्माले घनश्याम भुसालतर्फ संकेत गर्दै एकपटक टिकट नपाउंदैमा पार्टी छाड्ने र आफनै पार्टीको सरकारलाई गिराउनेसंग सांठगांठ गर्न जानेलाई जनताले चुनावमा उचित जवाफ दिने बताए । सत्ता स्वार्थका लागि आफनै पार्टीको सरकारलाई ढालेर २३ सिटको कांग्रेसलाई सत्ता सुम्पनेहरुबाट देश विकासको आशा गर्न नहुने बताए । उनले रुपन्देही १ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै क्षेत्रमा सत्ता गठबन्धन भन्दा करिब १५ हजार मतले एमाले–राप्रपा र जसपा गठबन्धन अगाडि रहेकाले शानदार जित निकाल्ने बताए ।
रुपन्देही १ (२) का प्रदेशसभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले जनताको माग अनुसार आफूले अघि सारेका विकासका योजनाहरु पुरा गर्न उम्मेदवार बनेको बताए ।
नेता न्यौपानेले टोलटोलमा पुगेर मतदातालाई सचेत बनाउनुपर्ने बताए । कार्यक्रममा प्रदेश १(१) का उम्मेदवार आशिषकुमार चौधरी, एमालेकी समानुपातिक उम्मेदवार जानकी न्यौपाने,जसपाका ब्यासमुन चौधरी लगायतले सत्ता गठबन्धनलाई चुनावमा परास्त नगरे देश बर्बादीको बाटोमा जाने बताए ।
१५१५ सदस्यीय चुनाव परिचालन कमिटी गठन
तीन दलको संयुक्त भेलाले नेकपा एमाले क्षेत्रीय संयोजक हिमाल पाण्डे संयोजक र राप्रपाका टोफेल पठान सहसंयोजक र सुरेन्द्र श्री सचिव रहेको रहेको १५सय १५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यस्तै दुर्गाप्रसाद पाण्डेको संयोजकत्वमा आर्थिक,खेमराज गुरुङको संयोजकत्वमा युवा परिचालन,धनेश्वरी चौधरीको संयोजकत्वमा महिला,योगश पराजुलीको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी गठन भएको छ । रुपन्देही १ (२) को निर्वाचन प्रचार प्रसार कार्यालय कोटिहवास्थित एमाले पार्टी कार्यालयमा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?