© २०२३
बुटवल, कार्तिक । नेपाल प्रहरी प्रदेश नम्बर १ प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक पुरस्कृत भएका छन् । सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी निरीक्षक सञ्जय बुचालाई प्रदेश नं. १ बाट उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षकको रुपमा सम्मानित गरेका हुन् ।
प्रदेश कार्यालय शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको र अपराधिक घटनाहरुको सफल अनुसन्धान, समुदाय प्रहरी साझेदारी, स्थानीय तहको निर्वाचनमा गरेको महत्पूर्ण योगदानलाई आधार मानेर उनलाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रदेश नं. १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजि ) सुदिप गिरी, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपि) जयराज सापकोटाले प्रदान गरेका थिए । प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका बुचा बुटवलका स्थायी बासिन्दा समेत हुन् ।