ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
मुख्य समाचार

बुटवललाई नमुना सहर बनाउनेछुः श्रेष्ठ

३० आश्विन २०७९, आईतवार
३० आश्विन २०७९, आईतवार

बुटवल, असोज  । नेकपा एमाले रूपन्देही प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले जनतासँग प्रत्यक्ष जोडिएका योजना ल्याएर बुटवल क्षेत्रलाई नमूना बनाउने बताएका छन् । रूपन्देही–२ (२) का एमाले उम्मेदवार श्रेष्ठले यस अगाडि बुटवल नगरको नेतृत्व र सरकारमा रहँदा पनि दीर्घकालीन महत्वका काम गरेको बताउँदै जनताको आवश्यकताका आधारमा सन्तुलित र समानुपातिक विकासको मोडल तयार गरी बुटवलको समृद्धिको सारथि बनेर काम गर्ने आफ्नो योजना रहेको बताए ।
आइतबार बुटवलमा पत्रकारहरूसँगको छलफलमा निर्वतमान लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगार सृजना र गरिवी निवारण अहिलको आवश्यकता रहेको बताउँदै भौतिकसँगै सामाजिक विकासमा पूर्ण रूपमा ध्यान दिएर काम गर्ने उनको भनाइ थियो ।
‘प्रदेश सरकारको मन्त्री म ९९ दिन मात्र बने’ श्रेष्ठले भने, ‘त्यो बेला कोभिड–१९ को महामारीमा हामी अस्पतालमा अक्सिजनको दिगो व्यवस्थापन गरियो । विरामीलाई निःशुल्क रगत, अस्पताल विकास समितिलाई पूर्णता काम गरियो । ति सबै काम अहिले पूर्ण रूपमा लागू भएका छन’ उम्मेदवार श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार, औद्योगिक, पर्यटकीय क्षेत्र, कृषि उत्पादकत्वमा वृद्धि, शिक्षा, स्वास्थ्य तथा यूवाहरूको रोजगारी वृद्धिको लागि एमाले नेतृत्व केन्द्रित त्यसैमा मेरो ध्यान छ ।’
यस क्षेत्रमा भौतिकसँगै मानवीय विकास पनि आवश्यक रहेको नेता श्रेष्ठको भनाइ छ । ‘प्रदेश भनेको योजना कार्यान्वन गर्ने थलो रहेको हो’ श्रेष्ठले भने, ‘संघीयतालाई बलियो बनाउँदै भ्रष्टचारमुक्त प्रदेश, ‘एन्टी क्रप्सन मुभमेन्ट’ तर्फ हामी अगाडि बढनुपर्छ ।’ बुटवल आर्थिक राजधानी भएकोले यसलाई बलियो बनाउतर्फ सबैको ध्यान जान आवश्यक रहेको श्रेष्ठले बताए ।
एमालेलाई हराउन गठबन्धन गरिएको भन्दै उनले गठबन्धनभन्दा एमाले बलियो रहेको श्रेष्ठको दावी छ । ‘गठबन्धनले अनेक भ्रम फैलाएर मतदाता प्रभावित पार्न खोज्दैछ । जनताको अभिमत एमालेतर्फ छ । एमालेले विजय हाँसिल गर्छ ।’ प्रदेश उपाध्यक्ष समेत रहेको उम्मेदवार श्रेष्ठले भने । प्रदेशसभाको विधान समितिले बसेर प्रदेशले बनाएका कानून निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाएको अनुभव छ ।
बुटवलका कर्णेल उजिरसिंह अटो भिलेज, मणिमुकुन्द सेन उद्यान (फूलबारी) स्थापना, तत्कालिन ज्योतिनगर पहिरोको रोकथाप र प्रभावितलाई उचित व्यवस्थापनको काम पनि आफ्नो पालामा भएको श्रेष्ठको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?