ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
मुख्य समाचार

निर्वाचनमा प्यूठानः तेस्रो पटक दुर्गा, पहिलो सूर्य !

स्थानीय तह निर्वाचनको नतिजा अनुसार राजमो प्यूठानमा चौथो शक्ति हो । एमाले पहिलो शक्ति हो ।
३० आश्विन २०७९, आईतवार
३० आश्विन २०७९, आईतवार

प्यूठान, असोज ।
पहिलोपटक चुनावी प्रतिस्पर्धामा होमिएका एमालेबाट प्रतिनिधिीसभा सदस्य उम्मेदवार सूर्य थापा प्यूठानीहरुमाझ घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । एक साता लगाएर झिमरुक गाउँपालिकाका आठ वटै वडाका बस्तीबस्तीमा पुगेर आफूलाई मतदात गर्न उनले आग्रह गरे । जिल्लामा नौ वटा पालिका र ६४ वटा वडाहरु छन् । ती सवै वडाका बुथहरुमा पुगेर मतदातासँग घरदैलो कार्यक्रम गरी जनताका गुनासाहरु सुन्ने योजना तय भएको एमाले प्यूठानले जनाएको छ ।
शुक्रवारदेखि नौवहिनी गाउँपालिकाका मतदातासँग भेटघाट गर्ने कार्यक्रम शुरु भएको छ । थापा पहिलोपटक प्यूठानीहरुमाझ परिक्षण हुँदैछन् । पत्रकारिता पृष्ठभूमीबाट राजनीतिमा होमिएका थापा एमालेभित्र प्रभावशाली यूवा नेतामध्येमा पर्छन् । हाल उनी पार्टीको पोलिटब्यूरो सदस्य र प्यूठान इन्चार्जको भूमिकामा छन् । झिमरुक गाउँपालिका १ सौतामारे निवासी थापाले आफ्नै जन्मभूमिबाट चुनावी प्रचार र घरदैलोको अभियान थालेका छन् ।
मनका लागेको कुरा प्रष्टसँग जनतालाई भन्ने र निडर नेताको रुपमा उनले आफ्नो छबी बनाएका छन् । उनको उम्मेदवारीले यसपाली प्यूठानमा बेग्लै उत्साह थपेको मतदाताहरु सुनाउँछन् । थापाको विकल्पमा अर्को उम्मेदवार प्यूठानमा नरहेको स्वतन्त्र मतदाताहरु प्रतिक्रिया दिन्छन् ।
तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी दुईपटक प्रेस सल्लाहकारको भूमिकामा रहेर काम गरे । प्रधानमन्त्रीको सल्लाहकार हुँदा प्यूठानको विकासमा गरेको योगदानका बारेमा पनि उनले चुनावी प्रचार प्रसारको क्रममा मतदातालाई जानकारी अभियान थालेका छन् ।
प्यूठानीको प्रतिनिधी बनेर सिँहदरवार छिरेपछि विकास निर्माणमा जिल्लाको अनुहार बदल्ने सपना आफूले बोकेको उनले सुनाए । ‘सिँहदरवार छिर्ने पासको लागि मात्र म निर्वाचन लड्न आएको होइन्’,झिमरुकमा आयोजित चुनावी भेटघाटका क्रममा थापाले भने,‘प्यूठानीहरुको आवाज बुदल्न पार्न सिँहदरवार पुग्ने र जिल्लाबासीको अनुहारमा चमक ल्याउने मेरो लक्ष्य हो ।’ आफूलाई प्यूठानका सवै वडाका बस्तीबस्ती र त्यहाँको विशेषताको बारेमा स्पष्ट जानकारी रहेको समेत जानकारी गराए ।
सूर्य थापासँग प्रतिस्पर्धामा सत्ता गठवन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल छिन् । पौडेलको सांसद् बन्ने यो तेस्रो प्रयास हो । उनी ०७० मा कपिलवस्तुबाट समानुपातिक सांसद् सांसद् थिइन् । ०७४ मा बामगठवन्धन (एमाले, माओवादी) सहितको सहयोगमा प्यूठानबाट चुनाव जितेकी थिइन् । अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनलाई सघाएका छन् । तर, अघिल्लो निर्वाचनमा जस्तो सहजै चुनाव जित्न दुर्गालाई ढुंगा चपाएजस्तै हुने गठवन्धन दलकै नेताहरु प्रतिक्रिया दिन्छन् ।
प्यूठानबाट चुनाव जितेपछि जिल्लाको विकास निर्माणमा ठोस भूमिका निर्वाह गर्न नसकेको उनीमाथी आरोप छ । सरकारले पठाउने नियमित बजेट बाहेक उनले थप बजेट जिल्लामा ल्याउनका लागि उनको पहुँच नपुग्ने मतदाताहरुले गुनासो गरे ।
स्थानीय तह निर्वाचनको नतिजा अनुसार राजमो प्यूठानमा चौथो शक्ति हो । एमाले पहिलो शक्ति हो । एमालेले ३९ हजार ८ सय ७७, कांग्रेसले २१ हजार ५ सय ४६, माओवादीले १७ हजार १ सय ६३, जनमोर्चाले १३ हजार ६ सय १२ र समाजवादीले १ हजार ४ सय १७ मत लिएको छ ।
०७४ मा भएको बामगठवन्धनमा जस्तो एकता अहिलेको सत्तागठवन्धनमा देखिदैन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा गोविन्दाराज पोखरेलले आफ्नो पार्टीका उम्मेदवारलाई मात्र मत माग्न प्यूठान आउने सार्वजनिक रुपमै उद्घोष गरिसकेका छन् । उनै पोखरेल ०७४ मा पौडेलसँग पराजय भएका थिए । आफूलाई हराएको व्यक्तिलाई पूनः जिताउनका लागि मत माग्न गाउँ पुग्नु नैतिक रुपमा पनि समस्या देखिएको कांग्रेसभित्र चर्चा सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?