ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

इन्जिनियरको डिजाईन ‘फेल’ खोलाको पुल बनाउदा बाँध !

प्राविधिक लापर्वाहीले पुलको डिजाईन नै फेल भएको छ । पुलको उचाई आवश्यक भन्दा करिब ढाई मिटर भन्दा कम छ । यहि डिजाईनमा पुल निर्माण गरिए पुल नै खोलाको लागि बाँध कायम हुने संभावना छ । बाँध बनेको अवस्थामा खोलाले धार परिवर्तन गरि स्थानिय स्तरमा धनजनको क्षति पुर्याउने देखिएको छ ।
३० आश्विन २०७९, आईतवार
३० आश्विन २०७९, आईतवार

नवलपरासी, असोज
जिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र परेको छ । पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण निर्माण कार्य अलपत्र परेको हो ।
सडक पुर्वाधार विकास कार्यालय(आरआईडिओ) मणिग्राम रुपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम÷एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । पुल निर्माणको डिजाईन नै फेल होला भनेर लागेको थिएन् होला । अहिले पुलको डिजाईन नै फेल भएको देखिएको छ,स्थानिय बलिराम कोईरीले भने, स्थानिय स्तरमा नपुगि सम्भवतः इन्जिनियरले उक्त पुलको डिजाईन गरे होलान,त्यही भएर अहिले पुलको डिजाईन फेल भयो,भन्ने कुरा सुनिएको छ । पुलको डिजाईन नै फेल भए पछि अहिले पुलको निर्माण कार्य रोकिएको छ । सम्बन्धित निर्माण कम्पनीले यहिँ २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । तर डिजाईन नै फेल हुदा निर्माण कम्पनीलाई पनि काम ढिलो गर्न बहाना मिलेको छ ।
दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् । तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै चासो हुने गरेको छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो,जनताको सेवा भाडमा जाओस के मतलब ? स्थानियबासीले गुनासो गरेर के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कातिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ । स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियामा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानिय सडक पुल सहयोग ईकाई )एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ । प्राविधिक लापर्वाहीले पुलको डिजाईन नै फेल भएको छ । पुलको उचाई करिब ढाई मिटर अझ अग्लो बनाउनु पर्नेमा कम गरिएको थियो । अहिले पुरानै डिजाईनमा पुल निर्माण गरिए पुल नै खोलाको लागि बाँध कायम हुनेछ । नदीको धार अनयत्र बग्नेछ । जस्ले खोलाको धार परिवर्तन गरि स्थानिय स्तरमा धनजनको क्षति पुर्याउने छ ।
सोही पुल भएर अहिले विश्व बैंकको ६२ करोड लगानीमा प्राचिन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको समेत सर्वेक्षण भई निर्माण प्रकृया पनि अघि बढेको छ । सडक बन्यो तर पुल बनेन भन्ने आर्को समस्या देखिन सक्छ । पुलको डिजाईन फेलले स्थानियबासीलाई निरास बनाएको एक स्थानियले बताए । पुल बन्ने गरि शिलान्यास हुदा स्थानियबासी उत्साही थिए,उनले भने, अहिले पुलको डिजाईन फेल भयो,भनेर सुनिएको छ,पुन नै नबन्ने हो कि भनेर पनि स्थानियबासीमा निरासा छाएको छ । पुलले रामग्राम नगरपाकिलाको घिनहा,पण्डिपुर,पम्पापुर र रुपन्देहीको आधादर्जन गाउलाई परासी सदरमुकामसँग जोड्ने छ । अझ पर्यटकिय स्थल पण्डिपुरको प्रमुख सडक जोड्ने पुल पनि हो,त्यो भएर पनि सो पुलको डिजाईन फेरिएर तत्काल पुल निर्माण कार्य गर्नु पर्ने स्थानियको माग रहेको छ ।
पुलको डिजाइन नै फेल भएर काम रोकिएको रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । उनका अनुसार डिजाईन फेल हुदा केही प्राविधिक कठिनाई भएको छ,तर पनि आयोजना कार्यालयले पुलमा थप उचाई बढाउने गरि पुनःडिजाईन र थप बजेट गर्ने जानकारी आएको छ । चाडै नै सो पुलको उचाई वृद्धि गरि पुल बन्ने उनले बताए । स्थानियबासी निरास हुन पर्दैन्,उनले भने, पुलको पुनःडिजाईन गरि पुल निर्माण कार्यलाई निरन्तरता दिलाउनका लागि नगरपालिकाले पनि निरन्तर फ्लो गरिरहेको उनले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?