© २०२३
एन्जोए लेडिज एण्ड जेन्स लांघाली व्युटी पार्लरको आयोजनामा बुटवलमा मिस एण्ड मिसेज तीज–२०७५ प्रतियोगीता को उपाधि बविता न्यौपाने र सिता कुँवरले जितेका छन् महिलाहरूमा रहेको विभिन्न कलालाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्थाकी सञ्चालक रेखा थापाले जानकारी दिईन् । प्रतियोगीतमा रूपन्देही जिल्लाका विभिन्न स्थानबाट करिव दुई दर्जन भन्दा बढि मिस र मिसेजहरूले सहभागीता जनाएका थिए ।
सोमबार बुटवलमा भएको फाईनल प्रतियोगितमा अन्तिम प्रतिष्पर्धीहरूलाई पछाडी पार्दै मिस तर्फ बविता न्यौपानेले टाईटल उपाधि कब्जा गरेकी हुन । मिस तर्फ उपाधि संगै उनले नगद १० हजारसहित आर्कषक गिफ्ट हयाम्पर समेत प्राप्त गरिन् । यस्तै फष्ट रनरअपमा विपना अधिकारी र सकेण्ड रनरअपमा खिम कुमारी थापा बिजयी भईन् । यस्तै मिसेजतर्फ सिता कुँवरले उपाधि कब्जा गरिन् । मिसेजतर्फ फष्ट रनर अपमा धन माया राना, सकेण्डमा कविता शर्मा न्यौपाने बिजेता बनिन् । अर्गनाईजर च्वाईस मिस तर्फ तिर्सना थापा, मिसेज तर्फ अस्मिना काफ्ले, भ्युअर च्वाईसमा खेम कुमारी थापा (मिस), विपना अधिकारी (मिसेज) र ग्रुप नृत्यमा स्मृती परियार विजेता बनिन् ।
प्रतियोगिताको निर्णयकमा बुलबुल श्रेष्ठ, पवन आचार्य, अर्जुन गाहा मगर, रिमा विसी, डा. मौसमी थापामगर लगायतले प्रतिष्पर्धीहरूलाई प्रश्न गरेका थिए । उपाधि विजेता सबैलाई प्रदेश सभा सदस्य थान कुमारी थापा, कमला देवी विश्वकर्मा र बरिष्ठ गायिका देविका बन्दनाले पुरस्कार प्रदान गरेको संयोजक आनिक राना मगरले जानकारी दिइन । कार्यक्रमको सहजीकरण रवि राना र गणेश रानाले गरेका थिए । à