ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

१४ वर्षको जागिरे जीवनले लेखबहादुरलाई बनायो करुवा उद्यमी

२६ जेष्ठ २०८१, शनिबार
२६ जेष्ठ २०८१, शनिबार

पाल्पा, २६ जेठ ।

तानसेन नगरको बन्दीपोखराका लेख बहादुर विश्वकर्माको पुख्र्यौली पेशा फलामको काम गर्ने हो । गरिब परिवारमा जन्मिएका उनले फलामको काम गर्न भने पाएनन् । तर पनि उनले पश्चाताप मानेनन् ।

उमेरले दुई दशक पार गरेका लेख बहादुरले पढाइको रहर भने पूरा गर्न पाएनन् । शिक्षाको मुख नदेखेपनि उनी यतिबेला सफल उद्यमी बन्ने बाटोमा छन् । पहिले पहिले पाल्पाको पहिचान भनेको ढाका पछि करुवा थियो । करुवा बनाउने भनेको टक्सार टोलका बाणा समुदायले मात्र भन्ने थियो । अहिले आफुले काशबाट निर्मित तिनै पुराना उद्यमीलाई बिक्री गर्न पाउँदा कताकता मनमा खुसी लागेको अनुभव उनी सुनाउँछन् ।

गरिबीले नराम्रो संग च्यापेको कारण हातमा किताव लिएर स्कुल जाने समयमा आधा पेट खाएर टक्सारको करुवा उद्योगमा मजदुरका रुपमा जानु पर्ने बाध्यता नै थियो । मासिक रुपमा २ हजार रुपैयाँ पारिश्रमिक पाउँदा खुसी र हर्षको सिमा नै हुँदैनथ्यो । त्यही २ हजार रुपैयाँले घर खर्च चलाउन पर्ने बाध्यता भएको लेख बहादुर बताउँछन् । साहुको उद्योगमा १४ वर्ष सम्म काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । करुवाका लागि आवश्यक भनेको काश हो । त्यो काँश कहाँबाट कसरी ल्याउने, रातो माटो कहाँ खोज्ने, डाई कसरी बनाउने, उत्पादित वस्तु कहाँ कसरी, कतिमा बिक्री गर्ने जस्ता विषयमा मिहीन तरिकाले जान्ने अवसर जागिरको रुपमा मिलेको उनले आफ्नो विगत सुनाए ।

साहुको घरमा काम गरेको बखतमा ४ वर्ष अगाडि तानसेन नगरको ग्रामीण आर्थिक बिकास संघको व्यवस्थापनमा तालिमको अवसर आयो । तालिम पछिको समयमा उद्यमी बन्न चाहनेहरुका लागि बिना धितो १० लाख रुपैयाँ ऋण पाउने भनियो । “त्यही लोभमा तालिममा सहभागी भइयो । तालिम त औपचारिक मात्र थियो । हामी ४ जना कामदार मिलेर उद्योग खोल्ने सहमति भयो । बिना धितो कागजी प्रकृयाको ऋण अप्ठेरो भएका कारण बिनाधितो ऋण पाइएन । आफै उद्यमी बन्न लागेपछि साहु मसंग रिसाएर बोल्नै छाडे”–उनले भने । तानसेन नगरमा साक्षी बसेर बिनाधितो १० लाख ऋण पाउने सपना मात्र भयो । अन्त्यमा आफ्नै बारी नेपाल बैंकमा धितो राखेर १० लाख रुपैया झिकेर उद्योग गरेको केही समयमा उनका तीनजना साथीले हात झिके । ऋण उद्योग सबै आफ्नै टाउकामा आयो । “हिम्मत र आत्मबल भएकाले आज यो अवस्थामा आए । तानसेनको गैह्रागाउँमा घर भाडा लिएर उद्योग संचालन त गरियो महङ्गो घर भाडा, कच्चा पदार्थको बजारीकरण जस्ता समस्याले च्याप्दै गयो”–उनले सुनाए । एक वर्ष सम्म तानसेन बजारमा उद्योग संचालन गरेपछि अन्त्यमा आफ्नै घरमा उद्योग सारेको लेख बहादुर बताउँछन् ।

स्थानीय तहबाट कच्चा पदार्थको व्यवस्थापन गर्दै उत्पादित बस्तु झोलामा राखेर बजारमा बिक्री गर्दै बैंकको साबा ब्याज ऋण तिर्र्दै आएको लेख बहादुर बताउँछन्् । बजार मुल्यभन्दा १ हजार ५ सय कम मूल्यमा हप्तामा ४ वटा करुवा बेच्दै आएको उनले बताए । ठुलो परिमाणमा काम गर्न पर्याप्त मात्रमा रकम छैन । लगानी गर्न सकिए मात्र राम्रो कमाई संगै पहिचान पनि हुन्थ्यो । १ सय वर्ष लामो इतिहास बोकेको पाल्पाली करुवा टक्सार भन्दा बाहिरको व्यक्तिले करुवा उद्योग संचालन गरेका थिएनन् । समस्या त पुराना पुराना पुस्ताहरुले सिपको हस्तान्तरण गर्न नसक्दा टक्सार टोलमा करुवा बनाउने उद्योग अब ३ घर मात्र छन् । कुनै समय टक्सारको घर घर उद्योग थिए । पछिल्ला दिनहरुमा काम गर्ने कामदारहरुको अभाव देखाउँदै एक पछि अर्को गरी उद्योग बन्द हुँदै गएको अर्का एक उद्यमीले बताए ।

उद्योग बाणिज्य सघंका शैलेन्द्र भटराई भन्छन्, “यस्ता उद्योग भनेको जिल्लाको पहिचान बनाउने उद्योग हुन । कुटीर उद्योग भित्र पर्ने यस्ता उद्योगप्रति संघीय, प्रदेश सरकार अनभिज्ञ हँुदा उद्योग फस्टाउन नसकेको हो । स्थानीय सरकारको एकल प्रयासले मात्र हुँदो रहेनछ । करुवाको मूल्य बढ्दै गयो । बुटवल–पोखरामा मेसिनबाट कमसल खालको धातु प्रयोग भएका करुवाहरु बजारमा छ्याप छ्याप्ती पाइन लागेपनि ग्राहकहरुले हातले नै निर्माण गरेका करुवा रोजाईमा परेका छन् । उत्पादन गर्न सके मात्र हुँदो रहेछ तर ठुलो परिमाणमा उत्पादन गर्न रकमको आवश्यकता पर्देा रहेछ । सरकारले यस्ता उद्योगहरु संचालन गर्ने उद्यमीलाई सस्तो ब्याजमा ऋणको व्यवस्था गरी दिएको खण्डमा स्थानीय तहमै रोजगारी संगै आम्दानीको बलियो माध्यम बन्न सक्ने लेख बहादुर बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?