© २०२३
बुटवल, ३० भदौ ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोही कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट सीइओ राजेश गिरी र प्यासेन्जर भेइकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो।
बुटवलको बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गर्न पाउँदा निकै उत्साहित रहेको जानकारी सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए। साथै पहिले नेक्सन इभी र गत वर्ष टियागो इभीले बुटवलमा एकदम राम्रो बजार लिएको र अब पन्च इभीले पनि उत्कृष्ट बजार लिनेमा विश्वस्त रहेको जानकारी गराए।
त्यसै गरी अम्बु मार्केटिंगका प्रोपाइटर पर्शुराम पराजुलीले पनि अहिले भैरहवामा टियागो इभी अत्यधिक रुचाइएको गाडी रहेको र अब पन्च इभीलाई पनि ग्राहकहरुले त्यसरी नै रुचाउने कुरामा दुइ मत नरहेको बताए।
टाटा पन्च इभीको शुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सक्नेछन् । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो।