ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
वजेटको प्रभावः

भन्सार र अन्तशुल्क दर परिवर्तनपछि रुपन्देहीका बन्द भएका पांच स्टिल उद्योग सञ्चालन हुने

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

बुटवल, १७ जेठ ।    कच्चा पदार्थ आयात र अन्तशुल्कमा असमान कर व्यवस्थाका कारण डेढ वर्षदेखि बन्द भएका रुपन्देहीका पांचवटा फलामे डण्डी बनाउने उद्योगहरु नयां वजेटबाट राहतको महसुस गर्दै पुनः सञ्चालनमा आउने भएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८–७९को वजेट र २०७८ भदौ २५ गते ल्याएकोे प्रतिस्थापन विधेयकमार्फत फलामे डण्डी बनाउने उद्योगहरुलाई गरिएको असमान कर व्यवस्थाका कारण बिलेट आयातबाट डण्डी बनाउने ५ वटा उद्योगहरु स्पन्ज आइरनबाट डण्डी बनाउने उद्योगसंग मूल्यमा प्रतिस्पर्धा गर्न नसकी बन्द भएका थिए । केही उद्योग ६० प्रतिशत उत्पादन घटाएर आंशिक क्षमतामा मात्रै चलेका थिए ।

तत्कालीन अर्थमन्त्री शर्माले सीमित ठूला औद्योगिक घरानाका उद्योगीलाई मात्र फाइदा हुने गरी असमान कर व्यवस्था गरेको भन्दै बिलेट आयात गर्ने उद्योगीहरुले उतिबेलै विरोध गरेका थिए । तर माग सुनुवाई नभएपछि प्रतिस्पर्धा गर्न नसकी एभरेष्ट रोलिङ मिल, गोयनका स्टिल,फेरो स्टिल, एसआर स्टिल र काठमाडौं स्टिल डेढवर्ष देखि बन्द भएका थिए । यीमध्ये फेरो स्टिल बिक्री भएर विनायक स्पातका रुपमा दर्ता भएपनि बन्द छ । पञ्चकन्या स्टिल भने ४० प्रतिशत क्षमतामा सञ्चालनमा थियो ।

आर्थिक विधेयक २०८१ ले उक्त असमान व्यवस्थालाई परिवर्तन गर्दै बिलेट्सको आयातमा ५ प्रतिशत यथावत राखेको र स्पञ्ज आइरनको आयातमा २.५ प्रतिशत भन्सार तथा पिग आइरन र स्क्रापमा १ प्रतिशत भन्सार महसुल कायम गरेको छ । तयारी वस्तुमा मात्रै अन्तशुल्क लाग्ने विश्वव्यापी मान्यताविपरित बिलेट्सको आयातमा भन्सार बिन्दुमा नै लाग्ने अन्तशुल्क हटाउदै सबै तयारी फलामे छडमा एक हजार रुपैयां प्रति मेट्रिक टनका दरले अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ ।

‘तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भन्सार र अन्तशुल्क करमा गरेको विभेदकारी व्यवस्था हालका अर्थमन्त्री वर्षमान पुनले उल्टाएर सच्याएपछि थोरै राहतको महसुस गरेका छौं, अब डेढ वर्षदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने तयारीमा छौं’–गोयनका स्टिलका सञ्चालक अरुण गोयनकाले भने–‘तर अझै पनि सबै उद्योगीलाई समान न्याय हुने गरी कर र अन्तशुल्कमा एकरुपता भएको छैन, यसलाई अझै सच्याउन आवश्यक छ ।’
२०७८–७९ को वजेट अघि बिलेट आयात र स्पन्ज आइरन आयात गरी डण्डी बनाउने दुवै प्रकारका उद्योगहरुको कच्चा पदार्थ आयातमा समान ५ प्रतिशत भन्सार महसुल र तयारी फलामे छडमा १६५० रुपैयां प्रति मेट्रिक टनका दरले अन्तशुल्क लाग्ने गरेको थियो । सो वजेट, प्रतिस्थापन विधेयक र आर्थिक ऐन २०८० ले बिलेट्सको आयातमा ५ प्रतिशत भन्सार तथा भन्सार बिन्दुमा नै रु. २५०० प्रति प्रति मेट्रिक टनका दरले लाग्ने अन्तशुल्क हटाएका थिएनन् ।

‘कच्चा पदार्थमा अन्तशुल्क लगाउने प्रचलन अन्य देशहरुमा कतै नभएपनि केही सीमित ठूला स्टिल उद्योगीको स्वार्थमा बिलेट आयात गर्दा अन्तशुल्क लगाएर हामीलाई प्रतिस्पर्धा गर्न नसक्ने बनाइएको थियो,त्यसमा अहिलेको वजेटले सच्चाएको छ’–पञ्चकन्या समूहका महाप्रबन्धक देबेन्द्र साहूले भने–‘हिजोको दिनमा असमान कर व्यवस्थाका कारण बन्द उद्योगहरु सञ्चालनमा आउने वातावरण बनेको छ, उद्योग बन्द हुंदा झण्डै एक हजार जनाले रोजगारी गुमाएका थिए, उनीहरुले फेरि रोजगारी पाउंछन् ।

समान भन्सार महसुल लाग्नुपर्नेमा अझैपनि स्पन्ज आइरनबाट डण्डी बनाउने (ईण्डक्सन फर्नेस) उद्योगको कच्चा पदार्थमा कम्तिमा २.५ प्रतिशत भन्सार महसुल कम हुदा बिलेट आायत गरेर डण्डी बनाउने उद्योगको लागत प्रति किलोग्राम १० रुपैयां बढी हुन गई प्रतिस्पर्धा गर्न कठीन हुने महाप्रवन्धक साहूले बताए ।
स्पन्ज, पिग आइरन र स्क्राप पगालेर डण्डी बनाउने उद्योगहरुबाट उत्पादन हुने डण्डीको गुणस्तर बिलेटबाट बन्ने डण्डीको तुलनामा कमसल हुने भएकाले ठूला निर्माण परियोजनामा अस्वीकृत हुने गरेको निर्माण क्षेत्रका जानकारहरुको भनाई छ ।

अर्कोतिर स्पन्ज, पिग आइरन र स्क्राप पगालेर डण्डी बनाउने उद्योगहरुबाट निस्कने धुंंवा र प्रदुषण मानव स्वास्थ्य र वातावरणलाई गम्भीर प्रतिकूल असर पार्ने र पटक पटक आजगजनी (विष्फोट) हुंदा कामदारहरुको ज्यान जाने भएकाले चीन, फिलिपिन्स,मलेशिया लगायत मुलुकहरुले यस्ता उद्योगलाई प्रतिबन्ध लगाएका छन् भने भारतमा कडा निगरानीमा जंगल क्षेत्रमा मात्र सञ्चालन गर्न दिइएको छ । तर नेपालमा राज्य संयन्त्रलाई प्रभावमा पारेर आर्थिक स्वार्थका कारण त्यस्ता उद्योगलाई उल्टै प्रोत्साहन हुने गरी कर र अन्तशुल्क छुट दिएर प्रवद्र्धन गर्नु गम्भीर अपराध भएको वातावरण बचाउ आन्दोलन रुपन्देहीका संस्थापक अध्यक्ष नारायणप्रसाद सापकोटा बताउंछन् ।

‘वातावरणलाई असर नपार्ने, गुणस्तर पनि राम्रो हुने उद्योगलाई प्रवद्र्धन गर्नु राज्यको दायित्व हो’–सापकोटा भन्छन्–‘वातारणमाथि भइरहेको बलमिच्याई रोकेर वातावरण संरक्षण गर्नु विश्वव्यापीरुपमा प्रमुख मुद्दा भइरहेका बेला नेपाल सरकारको पनि यसमा ध्यान जानुपर्छ ।’
अहिलेको वजेटले स्पन्ज आइरनमा करका दरहरू परिमार्जन गरिएकोप्रति फलामे डण्डी उत्पादक उद्योगहरुले विरोध जनाएपनि उक्त विरोध औचित्यहीन र स्वार्थप्रेरित एकतर्फी मात्र भएको बिलेटबाट डण्डी बनाउने उद्योगीहरुको तर्क छ । ‘कर र अन्तशुल्क परिमार्जनले कसैलाई अन्याय गरेको छैन, बरु विगतको गल्ती सच्चाएर अन्यायमा परेर बन्द भएका उद्योगलाई सञ्चालन हुने वातावरण बनाएको छ’–एसआर स्टिलका सञ्चालक सुरज उप्रेतीले भने ।

अर्थमन्त्री वर्षमान पुनले समेत बजेट वक्तव्यबारे बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कच्चा पदार्थअनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको बताएका थिए ।
तीनवटा स्ल्याब बनाएर स्पन्ज आइरन र बिलेटमा भन्सार लगाइएको र स्पन्ज आइरनमा विचलन नहोस् भनेर सिद्धान्त अनुसार नै काम गरेका दाबी अर्थमन्त्रीको थियो । ‘कच्चा पदार्थभन्दा तयारी सामानमा एक तह बढी कर हुनुपर्छ, सबै कच्चा पदार्थ नेपालमा ल्याएर प्रयोग गर्ने भएकाले स्क्राब, स्पन्ज र बिलेटलाई तीन भागमा छुट्याएर हेर्नुपर्ने निष्कर्ष सहित करका दर तय भएको उनको प्रष्टोक्ति थियो । पहिलो स्ल्याबका रूपमा स्क्रयापलाई १, स्पन्जलाई २.५ र बिलेटलाई ५ प्रतिशतको भन्सार लगाएको अर्थमन्त्री पुनले प्रस्ट पारेका थिए ।

हाल नेपालमा नौ वटा उद्योगहरु पन्चकन्या, एसआर, काठमाडौं स्टिल, एभरोल, विनायक स्पात, शाख, हामा, कमला र गोयन्काले विलेट्सबाट मात्र फलामे डण्डी उत्पादन गरिरहेका छन् भने बाँकी २४ उद्योगहरुले स्पञ्ज साथै विलेट्स दुवै कच्चा पदार्थहरुबाट डण्डी उत्पादन गरिरहेका छन् ।
स्पञ्जमा भन्सार छुटको प्रावधानले १२ वटा रहेका उद्योगहरु थपिएर २४ वटा भएका छन् ।
समान भन्सार दर हुँदा बिलेट्सको आयात ८५ प्रतिशत र स्पञ्जको आयात १५ प्रतिशत रहेकोमा अहिले भने स्पञ्ज आयात ७५ प्रतिशत र र बिलेट्स आयात २५ प्रतिशतमा सीमित भएको छ । स्पञ्ज आयातमा सरकारले १ प्रतिशत मात्र भन्सार महशुल लगाउँदा राज्यलाई वार्षिक २ अर्ब रुपैयाँको राजश्व नोक्सानी भएको अर्थतन्त्रका जानकार सगुण खनालले बताए ।

‘निश्चित उद्योगलाई मात्र फाइदा हुने गरी सरकारले नीति ल्याउँदा राज्यले अर्बौंको नोक्सानी खेप्नु परेको छ’–उनले भने, ‘अहिलेको वजेटले त्यो गल्तीलाई केही सच्चाएको छ,अझै सच्चाउन जरुरी छ ।’
२०७९ असार ९ गते संसदको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले समेत एकपक्षीय भन्सार नीतिको व्यवस्था सीमित उद्योगलाई मात्र संरक्षण भएको र अन्य उद्योग धरासायी हुँदा ठूलो मात्रामा राजश्व नोक्सानी र रोजगारी गुम्न गएको भन्दै विभेदकारी ब्यवस्थालाई न्यायोचित बनाउन सरकारलाई निर्देशन दिएको थियो ।
‘७५ प्रतिशत आयात हुने स्पञ्जबाट राजश्वको रुपमा केवल १ प्रतिशत भन्सार महसुल मात्र प्राप्त हुन्छ भने अन्तशुल्क पूर्ण छुट हुंदा राज्यलाई के फाइदा भयो’–एभरेष्ट रोलिङ मिलका सञ्चालक अरुण गोयनकाले भने–‘राज्यको विभेदकारी नीतिका कारण अर्बौंको सामान आयात गर्दा ठूलो राजश्व गुमेको छ ।’
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्पन्ज, क्ताप र पिग आइरन पगालेर बन्ने फलामे छडको गुणस्तरमा चौतर्फी प्रश्नहरु उठिरहेको बताए । बिलेट्सबाट उत्पादन भएका फलामे छड गुणस्तरिय हुने तर ईण्डक्सन फर्नेस प्रविधिका मिलमा स्पञ्ज आईरन, स्क्राप तथा पिग आईरनलाई उचित रसायनिक शुद्धिकरण प्रक्रिया बिना नै पगालेर उत्पादन हुने हुदा त्यस्ता उद्योगबाट उत्पादन हुने फलामे छडको गुणस्तरमा निरन्तर रुपमा चौतर्फी प्रश्नहरु उठिरहेको महर्जनको दावी छ ।

प्रतिनिधिसभाको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तत्कालीन अर्थमन्त्री शर्माको पालामा आएको भन्सार र अन्तशुल्कको व्यवस्था विभेदकारी भएको भन्दै सच्याउन अर्थमन्त्री वर्षमान पुनलाई अध्ययन प्रतिवेदनसहित सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?