ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

वनमा आगो : वन्यजन्तु घरमा

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

पाल्पा , २६ वैशाख ।

वन जंगलमा डढेलोको महामारी फैलिन लागेपछि वनमा रहेका वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्न लागेका छन् ।

वनमा आश्रीत वन्यजन्तुको बासस्थानमै डढेलो लागेपछि मानव बस्तीमा सुरक्षित बासस्थानको लागि खोजीमा त्यसतर्फ लागेको हो । तानसेन नगरपालिका छापाकी कल्पना दर्लामी भन्छिन्, “वनमा डढेलो महामारी सुरु भएपछिका दिनहरुमा बिहान बेलुका चितुवाले सताउन लागेको छ । ”

वन्यजन्तु अन्तर्गत बाँदर, बँदेल, मृगले खाद्यान्न तरकारी बाली जोगाउन कठिन थियो नै त्यसैमाथि दिउँसो चितुवाले सताउन लाग्यो । वनमा डढेलोले सताउन लागेपछि वन्यजन्तु बस्ती नजिक नजिक आउन लागेको स्थानीयको भनाई छ । भैरवस्थानका स्थानीयहरु पनि वन डढेलोले सखापै बनाएपछि वन्यजन्तुले रातिमा दुःख दिन लागेको छ ।

खाद्यान्न तरकारी, फलफुलबाली वन्यजन्तुबाट जोगाउन दिउँसोमा नै पालो बाँधेर बस्ने प्रचलन थियो । त्यसैगरी चलेको थियो । जब चैतको पहिलो साता नराम्रोसंग वनमा आगो लाग्यो, तब दिउँसो गोठमा भएका भैंसी पाडापाडी, बाख्रा, गाई जोगाउन धौ–धौ भएको स्थानीय टेकबहादुर घर्ती बताउँछन् । “हुने खानेहरु गाउँ बस्ती नै छाडेर भागे । हुँदा खानेहरु गाउँको बस्ती कुरेर बसेको त्यही पनि वन्यजन्तु दिउँसो घरभित्र पसेर हैरान छ”– उनले भने ।

रैनादेवी छहरा सत्यवती खुर्सानेकी कल्पना खनाल भन्छिन्–“बस्ती बस्तीमा चितुवा आएको थिएन । छिमेकी जिल्ला आर्घाखाँचीको वनमा आगो लागेपछि गोठका वस्तु जोगाउन कठिन भयो । वन्यजन्तुले गर्दा बाली जोगाउन त कठिनै थियो नै, पछिल्लो समयमा गोठका जनावरसँगै हामी पनि जोगिन कठिन भएको छ ।”

जिल्ला वन कार्यालयका सहायक अधिकृत रामचन्द्र लामा पनि वन्यजन्तु बस्तीमा जानु स्वभाविक भएको बताए । “वनमा बस्ने वन्यजन्तु हो, जब उसैको बासस्थानमा आगो लागेर सखापै भएपछि सुरक्षित स्थान खोजी बस्ती नजिक जानु स्वाभाविक नै हो”–उनले भने ।

विगत वर्षको तुलनामा यसवर्ष वनमा अस्वाभाविक रुपमा आगो लाग्यो । कुल वन क्षेत्र मध्ये ८० प्रतिशत वन डढेलोले सखापै बनायो । झण्डै १ सय घर गोठ वनबाट सल्किएको आगोले खरानी नै भयो । यस्तो अवस्थामा वन्यजन्तुले समस्या निम्त्याउनु पनि स्वभाविक हो । आगोको कारण उनीहरुको घर बास पनि खरानी नै भएको डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराई बताउँछन् ।

एकै दिन जिल्लामा २० वटा सामुदायिक वनमा आगो लाग्यो, यसरी वनमा लागेको आगोको मानव बस्तीमा समेत पसी उठिबास नै लगायो । यसै क्रममा वातावरणीय क्षेत्रमा यसले नराम्रो प्रभाव पा¥यो नै वन्यजन्तुको समेत बासस्थान नै खरानी भयो । आगोबाट जोगिन वन्यजन्तुहरु बस्ती बस्तीमा पुगेको वन कार्यालयका सूचना अधिकृत संयोग बस्नेत बताउँछन् ।

वनमा लाग्ने डढेलोको सवालमा वन कार्यालयले उपलब्ध गराउने सचेतनाको कार्यक्रम यस वर्ष मौसम अनुरुप उपलब्धिमूलक हुन नसकेको वनमा आगो लगाएकै अभियोगमा स्थानीयको पहलमा केही ब्यक्ति प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी संयोग बस्नेतले बताए ।

वनमा डढेलो लगाउँदा वर्षायाममा घाँस, जंगली च्याउ राम्रो हुने, वन्यजन्तु भाग्ने, घर पालुवा पशुमा लाग्ने किरा मर्ने भएका कारण वनमा आगो लगाउने गर्दछन् । व्यक्तिको व्यक्तगत स्वार्थका लागि वर्सेनि अरवौं रुपियाँको नोक्सानी सहित वातावरणीय क्षेत्रमा समेत ठुलो नोक्सानीको सामना गर्दै आएको वन प्राविधिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?