© २०२३
बुटवल, २६ बैशाख । भुमा थापा बर्मा २०३१ सालमा गुल्मीको हरचौरमा जन्मिएकी हुन् । स्व. बुवा पूर्ण बहादुर थापा र आमा मनकुमारी थापाकी सात सन्तान मध्ये भुमा माईली छोरी हुन् । बाल्यकाल राम्रो थियो भारतीय सेनामा कार्यरत बुवा आर्थिक अवस्था बलियो थियो । तर पनि त्यसबेलाको समयमा पढ्नपर्छ भन्ने चलन कम । अनि म भन्दा साना भाई बहिनी भए पनि उनीहरूलाई हेर्न स्याहारसुसार गर्दैमा दिन बित्दथियो । उनी भन्छिन् त्यसबेला पढ्ने भए पनि छोरीले पढ्नुपर्छ भन्ने लहर थिएन । त्यसैले मैले पनि पढ्ने अवसर भएन ।
२०५१ सालमा बाग्लुङ्गका देवबहादुर बर्मासँग प्रेम विवाह गरेपछि उनको दैनिकी फेरिएको हो । आफै विहे गरि भनेर बुवा आमाले मन दुखाउनु भयो । छिटो माइती आउन पाएन । अहिले जस्तो फोन सामाजिक सञ्जाल थिएन खबरपर्ने अवस्था थियो । विहे पछिको घर सामान्य परिवार त्यस बेला मेला पात र गाईबस्तुको स्यारसुसार नगरिकन खान नपाइने समय । खेतीपाती नै आर्थिक जोहोको मुख्य आर्यस्रोत । दैनिकको मेलापात गाईबस्तुसँग रमाउदै दिनहरू बित्दै थिए । त्यसै समयमा भारतमा रोजगारी गर्ने श्रीमानसँगै भुमालाई पनि भारत जाने अवसर आयो । उनी भन्छिन् म श्रीमानसँग भारत नगएको भए आज जे मैले पाएकी छु सायद त्यो नपाउन पनि सक्थें ।
श्रीमानसँगै भारत पुगेकी भुमाले त्यहि छोरी ईन्दुलाई सात महिनामा नै जन्मिाएकी हुन् । छोरी जन्मिदाको पल सम्झदै भुमा भन्छिन् कम समयमै जन्मेको भनेर सबैले छोरी बाँच्दिन भन्थे । त्यो समयमा पहिलो सन्तान तै पनि नबाँच्ने भनेको सुन्दा मन अमिलो हुन्थ्यो तर पनि समय मेरो पक्ष उभियो । छोरीलाई अरूले भने जस्तो भएन । उनी हुँइकिदै गइन हामी गाउँको घर बाग्लुङ्ग आएर दिनहरू कटाउन थाल्यो । सामान्य दिनहरू बित्दै थिए फेरि दोस्रो सन्तान छोरा जन्मियो । हामीलाई उनीहरूको भविष्यप्रति चिन्ता लाग्न थाल्यो । राम्रो शिक्षा दिन पाए उनीहरूले हामीले जस्तो दुख गर्न पर्देनथ्यो कि भन्ने लागेर हामी परिवारको सहमति विना नै बुटवलको शंकरनगरमा आएका हौ । यहाँ आउनु भनेको नै हाम्रा सन्तानलाई राम्रा पढाउने मात्रै थियो ।
यो २०६१ सालको कुरा हो त्यसबेला ईन्दु ७ वर्षकी थिई । हामीले शंकरनगरको एपेक्स बोडिङ्ग स्कुल अगाडि सानो सटरमा चिया, समोसा बेच्न शुरु गयौं । त्यो समय यति सुन्दर थियो कि होटलहरू कम यति धेरै ग्रहाक आउने कि सानी ईन्दु पनि काममा लाग्नुपर्ने । बजार गएर सामान किन्नु पर्ने । हामी बुढा बुढी पकाउने र बेच्ने, भाडा माझने काममा व्यस्त । कमाई राम्रो भए पनि आर्थिक अवस्था सामान्य थियो हाम्रो त्यसैले ईन्दुलाई शारदा स्कुल अहिलेको दुर्गादत्त माध्यमिक विद्यलायमा पढाएकी थिए । छोरालाई जेनतेन एपेक्समा पठाएका थियौ । त्यो समयमा ईन्दुले आफनो र भाई स्कुल पोसाक किन फरक भनेर प्रश्न सोध्दा मन यति धेरै दुखेको थियो कि शब्दमा भन्न पनि सक्दिन । मैले विभेद गरेको होईन आर्थिक अवस्था त्यस्तै थियो । पैसा नभएका कारण स्कुल पठाए । छोरो सानो थियो कम पैसा तिर्न पने नजिकको स्कुलमा पठाएको थियो । त्यसबेल ाशारदा स्कुलमा विहानको पढाई हुनी सानी छोरी इन्दु स्कुलबाट आए पछि मसँगै मम चाउमिन समसा पोको पारेर एपेक्स स्कुल भित्र लगेर टिफिन टाइममा बेच्ने गरेको अहिले जस्तो । यो श्रृखला ईन्दु चार कक्षा पढ्दासम्म चल्यो । तयस पछि एपेक्स स्कुलका सरहरूले नै कर गरेर यहाँ ५ कक्षाबाट पढेकी हो । यहाँ आउनु भन्दा अगाडी नै छोरीले खाली जमिनमा मोजाका बल बनाएर डन्डा बोकेर क्रिकेट खेल्न जान्थी । काम सकेर गएको बच्चा हो भनेर मैले केहि भनिन । अरू छिमेकीे बरु आमा नसघाएर खेलेकी छ यो भन्थे । भुमा भन्छिन् म केहि समय भारतमा बस्दा त्यहाँ क्रिकेटको माहोल बुझेको थिए त्यसैले पनि म ईन्दुले क्रिकेट खेल्न जादा कहिले दुखी भइन तर कहिले पनि खेलेर नै पैसा कमाउली भन्ने पनि थिएन । तर आज यस्तै भएको छ ।
सात वर्ष सम्म होटल गरेका बर्मा दम्पत्ती पछि धेरै होटल खुले, आम्दानी कम हुन थाल्यो त्योसँगै छोराछोरी खर्च बढ्न थालेपछि देबहादुर विदेश लागे । भुमाले घर छोराछोरीसँगै परिवारको दायित्व पुरा गर्न थालिन । सामान्य दिनहरू चल्दै थिए । सन२०११ म राष्ट्रिय टिम छनोटका लागि नेपालगञ्ज जानुपर्ने भयो प्रसस्त पैसा थिएन जुत्ता किन्न नसकेर सरका जुत्ता लगाए पहिलो पटक राष्ट्रिय टिमा छानेट भएकी हो ईन्दु ।
कुरा गर्दे गर्दा भावुक भए की भुमाका आखा रसाए । उनले भनिन छोरी नाम कमाउली , यति धेरै माया र सम्मानसँगै पैसा कमाउली भन्ने थिएन तर पढ्न टाठी छ केहि गर्ल भन्ने थियो मलाई तर मेरो सोच भन्दा छोरी अहिलेको अवस्था भेरै माथि छ । उनी थप्छिन् सन् २०१३मा सिङ्गापुरमा भएको खेल जितेर आउदा जम्मा १३ वर्षकी थिई । सानी छोरी सानो लगेन लतारेर नाईट बसबाट आको आज जस्तो लाग्छ । त्यसबेला लिन जाने सम्मान गर्ने केहि थिएन । त्यो समयमा छोरी एक लाख रुपिया दिदाको क्षण कहिल्यै भुल्दिन त्यो समय त्यो पैसा मेरा लागि करोड भन्दा पनि धेरै लागेको थियो । उनी भन्छिन् म जति पटक विगत सम्झन्छुत्यसको चौगुना रुन्छु यो आशु र खुशी मेरो छोरीको प्रगतीको खुशीमा बगेका हुन् । आजभोली जता गए पनि सबैले सोध्दा गुनगान गाउदा त्यो भन्दा खुशी अरू के चाहियो ।
यो प्रगतीमा एपेक्स बोडिङ्ग स्कुल पनि हकदार छ उनी भन्छिन् सहि समय सहि शिक्षक र सहि वातावरणले नै मेरो छोरीको यो प्रगती संभव भएको हो । अहिले पनि ईन्दु लिग खेल्नका लागि मलेसियामा छिन् । आमा भुमालाई कतै लड्छेकी , चोटपटक लाग्छ कि भन्ने डर लाग्छ । त्यति मात्र नभएर जब ईन्दु मैदानमा पुछिन यता आमालाई असाध्यै डर लाग्छ के गरौ के गरौ हुन्छ । मन आतिएर कता जाम कता हुन्टछ । जो लडे पनि असाध्यै पिडा बोध हुन्छ । तर पनि छोरीले राष्ट्रका लडिरहेकी छ भनेर मन शितलो बनाउँछिन् ।
खेलमा राम्रो गर्न नसकेको दिन सुझाव दिन्छु , मायाले प्रोत्साहन गर्छु किनभने त्यो दिन उसलाई पनि पिडा भएको हुन्छ मैले उसको पिडालाई कम गराउने प्रयास गर्छु तर पनि सबैले आशा गरेका हुन्छन् कसैलाई निरासा बनाउने छुट छैन भन्दै प्रेरित पनि गर्छु ।
छोरी ईन्दु बर्माले स्थानिय, क्षेत्रीय,हुदै राष्ट्रिय टिममा परेर खेल्दा नै आफुलाई भाग्यमानी ठानेकी भुमाले पछिल्लो समयमा नेपाल क्रिकेट संघ क्यानले उपकप्तान हुदै कप्तानको जिम्मेवारी दिँदा अब उ मेरो मात्रै छोरी नभएर राष्ट्रको छोरी हो र उ माथि ठुलो जिम्मेवारी थपिएको छ भन्ने लाग्छ उनलाई । नामसँगै छोरी राष्ट्र गहना हो त्यसैमा आत्मसन्तुन्टी छ भुमालाई । अहिले विदेशी भुमी ७ वर्ष बिताए ईन्दुका बुवा पनि घरमै छन् । छोरा र छोरीले आफनै खुट्टामा उभिए पछि आर्थिक अवस्था सबल छ । त्यसैले देवबाहादुर पनि श्रीमतीसँगै छोरीको प्रगतीमा मख्ख छन् । भित्तामा झुन्डाईएको टिभीमा क्रिकेट हेर्नु नेपाली क्रिकेट महिला टिमकी कप्तान ईन्दु बर्माका बाबा र आमाको दैनिकी बनिरहेको छ ।