ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

सीमा क्षेत्रका वासिन्दासँग परिवारमैत्री वातवरण बनाउँदै सशस्त्र प्रहरी

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

नेपालगञ्ज, २८ चैत

सीमा क्षेत्रका वासिन्दालाई सीमा रक्षाको अशली पहरेदारका रुपमा हेरिन्छ । सीमा रक्षाका लागि खटिएका सशस्त्र प्रहरी वल नपुगेकका कतिपय स्थानमा सीमावासीले पहरा दिइइरहेका थुप्रै उदाहरण पनि देख्न सकिन्छ । तर त्यही सीमावासीहरुको अवस्था नाजुक पाईएको सशस्त्र प्रहरीले जनाएको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत लुम्विनी प्रदेशमा गत साता बाँकेबाट गरिएको सीमा पैदल गस्तीका क्रममा सीमावासीहरुको वालवालिकाको स्वास्थ्य र शिक्षाको अवस्था नाजुक रहेको पाईएको सशस्त्र प्रहरी वल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले जानकारी दिए । सीमा क्षेत्रका वालवालिकाहरुमा स्वाथ्य अवस्था राम्रो देखिएन, उनले भने –‘कुपोषण भएको जस्तो देखिने अधिकाँस वालवालिकाहरु विद्यालय नजाने गरेको पाईयो ।’ सीमा क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सशस्त्र प्रहरीले सञ्चालन गरेको एपी एफ स्कूलमा पढाउने कार्यक्रम पनि रहेको जानकारी दिँदै सशस्त्र प्रहरी उपरिक्षक डाँगीले बाँकेमा त्यस्ता वालवालिकाको लगत संकलन कार्य अब छिट्टै गरिने बताए । सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ भन्ने अभियान देशभरी चलाएको छ । सोही अभियानका क्रममा सशस्त्र प्रहरीले नाकामा रहेका स्थानीयसँग घुलमिल गर्नुका साथै परिवारमैत्री वातावरण बनाउने र उनीहरुको समस्यादेखि विकास निर्माणका काममा हातेमालो गर्ने रणनीति बनाएको छ । नाकामा रहेका बासिन्दाका जेहेन्दार छोराछोरीलाई सशस्त्र प्रहरीको स्कूलमा पढाईदिने, सीमा क्षेत्रमा स्वाथ्य शिविर गर्ने, खाने पानी, बिजुली नपुगेको ठाउँमा आफ्नो जनशक्ति लगाएर पु¥याइदिनेजस्ता गतिविधि गर्ने सशस्त्र प्रहरी उपरिक्षक डाँगीले बताए । अभियानका क्रममा सशस्त्र प्रहरीले बाँकेका सीमा क्षेत्रमा पर्ने १४ वटा वडाका वडाअध्यक्ष र त्याहाका अगुवाहरुसँग छलफल गरिसकेको जनाएको छ । नेपालतर्फका स्थानीय जनप्रतिनीधिलाई भारतीय ग्राम पञ्चायतका प्रतिनीधिसँग निरन्तर बैठक बस्ने वातावरण पनि मिलाईरहेको सशस्त्र प्रहरी उपरिक्षक डाँगीलले जानकारी दिए ।

सीमा पैदल गस्तीका क्रममा सीमा नाका अनुसार फरक फरक प्रकृतिका सामानहरु चोरी पैठारी भैरहेको पाईएको उनले जानकारी दिए । चोरी प्रठारीमा सीमा क्षेत्रका बासिन्दा भन्दा अन्य क्षेत्रका मानिसहरु सक्रिय रहेको पाईएको उनको भनाई छ । तस्करी गरेर जीवीकोपाजर्नन गर्नेको पहिचान स्थानीय तहसँग मिलेर गर्ने र उनीहरुलाई त्यो कामबाट विस्थापीत गरेर अन्य बैकल्पीक पेशा ब्यावसायमा स्थापीत गर्ने योजना रहेको उनले बताए ।

बाँकेको डुडुवा गाउँपालिका २ का वडाअध्यक्ष दूर्गा प्रसाद वर्माले सशस्त्र प्रहरीको पछिल्लो कार्यक्रम निकै प्रभावकारी भईरहेको दावी गरे । सशस्त्र प्रहरीको समन्वयमा गरिने नेपालका स्थानीय जनप्रतिनीधि र भारतीय ग्राम पञ्चायतका प्रतिनीधिसँगको निरन्तर बैठकले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न तथा मस्ट वान्टेड यताका उता र उताका यता लुकेर बसेकाहरुलाई समात्न सहज हुने विश्वास ब्यक्त गरे ।

सशस्त्र प्रहरीले देशभरी सीमा स्तम्भदेखि अपराधिक गतीविधि रोक्ने काम गर्दै आएको छ । बाँकेको ६५ किलोमिटर दुरी भारतसँग जोडिएको छ । सीमा क्षेत्रमा रहेका जम्मा ३ सय ११ वटा पिलरमध्ये १६ वटा पिलर राप्ती नदीले बगाएको अवस्था छ । होलिया नजिकै अर्को एउटा पिलर पनि बगाउने जोखिममा रहेको सशस्त्र प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार र जनशक्तिको कमीले गर्दा सीमामा सशस्त्र प्रहरीको उपस्थिति भारतीय सीमा सुरक्षा बल एसएसबीको तुलनामा नेपाल तर्फ निकै पातलो छ । बाँकेको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १० वटा विओपी छ भने उता भारत तर्फ एसएसबीको २३ वटा पोष्ट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?