© २०२३
बुटवल, १८ चैत । बुटवलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको यो जनता माध्यमिक विद्यालय (साधारण तथा प्राविधिक) ले प्रगतिका पाईलाहरू पछ्याइरहेको छ । जिल्लाको तिलोत्तमा नगरपालिकाको १३ मा रहेको यो विद्यालय २०३८ सालमा स्थापना भएको हो । तत्कालिन अवस्थामा जंगल फाडेरे जमिन हडप्न खोज्नेहरूलाई किनारा लगाउँदै विद्यालय स्थापना भएको अग्रज शिक्षा प्रेमीहरूले बताउँदै आएका छन् । विद्यालयले शिक्षा प्रदान गर्ने निकै संघर्षका पाटाहरूलाई अगाडि बढाइरहेको छ । करिब ७५ प्रतिशत चौधरी समुदायका बालबालिकाहरू विद्यालयमा अध्ययन गरिरहेका छन् ।
२०७१ सालबाट विद्यालयमा प्रधानाध्यापकको रूपमा विद्यालयमा रहेका शिक्षक प्रचण्ड जिसीले विद्यालयलाई सिस्टममा लैजान मै समय लागेको बताए । विद्यालय बलियो हुनका लागि आर्थिक अवस्था बलियो हुन जरुरी देख्छन् । प्रअ जि सी जबसम्म आर्थिक रूपमा सबल बनाउन सकिदै तबसम्म विद्यालयलाई एउटा शिक्षकले चाहेर पनि राम्रो बनाउन सक्दैन ।
विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी ५ सय विद्यालयलाई पनि राम्रो र गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण सृजना गर्न धौ–धौ छ । तर पनि गरिबका छोराछोरी अध्ययन गरेका छन् त्यसैमा सन्तुष्टी मिलेको उनको भनाइ छ । उनी भन्छिन्–सरकार निःशुल्क शिक्षा, नत शिक्षकको दरबन्दी दिन्छ नत अभिभावकले न्यूनतम शुल्क तिर्ने वातावरण सिर्जना गन सकिएको छ । यसको प्रत्यक्ष मारमा साना विद्यालयहरूको परिरहेका छन् । यसको विषयमा गम्भिर भएर बहस चल्नु पर्ने अवस्था छ ।
हामीले विद्यालयलाई समय अनुसार अगाडि लैजाने उद्देश्यका साथ २०६७ सालमा महायज्ञ संचालन गरी प्राविधिक शिक्षासँग जोडिएको हो । अर्थ संकलनसँगै २०७५ मा सम्बन्धन प्राप्त गरी सिभिल सभ ओभरसियर तर्फ चौंथो व्याज र २०७६ सालमा सम्बधन प्राप्त गरी ३ वर्षे सिभिल ओभरसियर १ सय १९ जना अध्ययन गरिरहेका छन् । प्राविधिक शिक्षाको नतिजाले हामीलाई हौसाईरहेको छ । यहाँ विभिन्न जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरू आएका छन् । नतिजा पनि उत्साहजनक छ ।
विद्यालयले प्राविधिक शिक्षालाई जोडेर आर्थिक अवस्था कमजोर भएकाहरूलाई अवसर प्रदान गरिरहेको छ । यसका लागि विद्यालय व्यवस्थापन समितिको सहकार्य र सहयोग महŒवपूर्ण रहेको छ प्र अ जिसी भन्छन् हाम्रो विद्यालयमा ईन्जिनियरहरू अहिले देवदह, बालिङ्ग, सियारी, लुम्बिनी सांस्कृतिक नगरपािलका काम गरिरहेका छन् यो देख्दा मनमा शान्ति मिल्छ । यो नै जीवनको अत्यन्त खुशीको पल बनिरहेको छ । हामीले कम आर्थिक जोहोका कारण पनि विद्यालयलाई राम्रो बनाउने योजना तर्फ अगाडि बढेका छौं । यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले पनि गम्भिर भएर सहयोग गनुपर्ने अवस्था छ ।
हाम्रो प्रदेशमा नाम चलेका केही विद्यालयको उदाहरण दिएर शिक्षामा धेरै अगाडि छ भनेर मूल्यांकन भइरहेको छ तर कमजोर विद्यालयका बारेका कसैलाई जानकारी पनि छैन । जुन विद्यालय राम्रो छ सरकारले त्यहि लगानी गरेको छ । जहाँ उच्च वर्ग सन्तान पढ्छन् लगानी त्यहि छ । शिक्षक त्यहि, गाडी सुविधा, त्यहि कमजोर विद्यालयलाई माथि उठाउने भन्ने विषयमा बहस नै हुन सकेको छ । अब शिक्षाको सामानान्तरण विकास गर्ने हो भने कमजोर विद्यालयलाई बलियो बनाउने खालका नीति बनाउन जरुरी छ । त्यहि नीतिमा टेकेर काम गर्ने हो भने केही समय पछि राम्रो बनाउन सकिन्छ ।
अहिलेको समयलाई हेर्ने हो भने हामीले विद्यालयलाई भौतिक रूपमा सबल बनाउँदै छौ । भवनहरू निर्माण कार्य भईरहेका छन् । केही सटरहरूलाई पनि आयआर्जनको माध्यमका रूपमा प्रयोग गर्न खोजेका छौं । तर पनि हामी आर्थिक रूपमा सबल हुन सकेका छैनन । शिक्षकले जानेका सीपहरू पनि प्रयोग गर्न सक्ने अवस्था छैन । अतिरिक्त क्रियाकलापको कुरा गर्दा विद्यालयमा अर्थको बलियो माध्यम छैन । अभिभावकले थोरै रकम पनि दिन सक्नेले परम्परा छैन अनि कसरी शिक्षकले सोचे जस्तो अवसरहरू सिर्जना गर्न सक्छ ।
अब विद्यार्थी संख्याको कुरा गर्ने हो भने नजिकै थुप्रै विद्यालय छन् सरकारी त्योसगै निजि पनि यसको कारणले पनि संख्या बढाउन सकिएको छैन । हाम्रो विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी धेरै छन् उनीहरू कमसेकम विद्यालय आएका त छन् भन्ने वातावरण हामीसँग छ यस्तो अवस्थामा बाहिरबाट हेर्नेले खाली विद्यार्थी संख्या र रिर्जल्ट मात्रै हेर्ने गर्दछन् । हामीले शिक्षाको महव बुझेको अभिभावकलाई विद्यालयमा ल्याउन सकिरहेका छैनन त्यस तर्फ पनि हाम्रो अभियान जारी छ । तर पनि हामीकहाँ थुप्रै समस्या र चुनौतीहरूलाई छन् ति सबैलाई पार लगाउँदै हामीले विद्यालयलाई नमुना बनाउन लागि परेका छौ । यो अभियानमा हामीलाई स्थानिय बासीको साथ र सहयोग जरुरी छ उहाँहरूले हामीलाई विश्वास गर्ने वातावरण हामीले निर्माण गर्ने लागि परेका छौ शिक्षालाई गम्भिरतापूर्वक लिने अभिभावकको कमी छ । घर आँगनमा रहेको विद्यालयलाई राम्रो बनाउन स्थानीयको साथ रह्यो भने हामी विद्यालयलाई राम्रो बनाउने वातावरण सृजना गर्न सक्छांै ।