ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

इम्बोस्ड नम्बर प्लेट : लक्ष्य २५ लाख, हालसम्म जडान ५९ हजारमा मात्र

१८ चैत्र २०८०, आइतबार
१८ चैत्र २०८०, आइतबार

काठमाडौं ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य निकै सुस्त गतिमा मात्र भइरहेको छ ।

इम्बोस्ड नम्बर प्लेट तथा त्यससँग सम्बन्धित प्रणाली खरिदका लागि विभाग र डेकाटुर टाइगर आइटी (जेभी) बीच १७ जेठ ०७३ मा खरिद सम्झौता भएको थियो । सुरु सम्झौताअनुसार पाँच वर्ष अर्थात् १५ जेठ ०७८ सम्म काम सक्ने सहमति भएको थियो । २५ लाख थान इम्बोस्ड नम्बर प्लेट आपूर्ति गर्नुपर्ने सम्झौता भएको थियो । तर, हालसम्म ५९ हजार ६५८ सवारीमा मात्र इम्बोस्ड प्लेट जडान भएको छ ।

त्यसमध्ये १८ लाख ४० हजार दुईपांग्रे, १० हजार तीनपांग्रे, तीन लाख ५० हजार साना तथा मझौला र तीन लाख ठूला सवारीमा इम्बोस्ड जडान गर्नुपथ्र्यो । तर, गत माघ अन्तिमसम्ममा चार लाख १२ हजार ३१८ वटा इम्बोस्ड नम्बर प्लेट मात्र आपूर्ति भएको छ । आपूर्ति भएकामध्ये पनि निकै कम सवारीमा मात्र इम्बोस्ड जडान गरिएको छ । हालसम्म ५९ हजार ६५८ सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । यो लक्ष्यको २.३९ प्रतिशत मात्र हो ।

हालसम्म १८ हजार ९७४ दुईपांग्रे, ४० हजार ३०४ साना तथा मझौला र ३८० ठूला सवारीमा मात्र इम्बोस्ड जडान भएको छ । तीनपांग्रेमा जडान भएकै छैन । त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशले मात्र इम्बोस्ड जडान गरेका छन् । बागमतीले ५० हजार ९३, गण्डकीले दुई हजार ४९० र लुम्बिनीले एक हजार ७५१ सवारीमा इम्बोस्ड जडान गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २२ कात्तिक ०७८ मा राजपत्रमा सूचना प्रकाशित गरी १ मंसिरदेखि लागू हुने गरी १ जेठ ०७९ सम्ममा चरणबद्ध रूपमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली एवं सुदूरपश्चिम प्रदेशमा नयाँ दर्ता हुने, नामसारी हुने र दर्ता प्रमाणपत्र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने व्यवस्था गरेको थियो । त्यस्तै, गत २५ माघमा मन्त्रालयले राजपत्रमा अर्को सूचना जारी गर्दै कोशी र मधेश प्रदेशमा पनि १ फागुन ०८० देखि १ जेठ ०८१ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था लागू गर्ने व्यवस्था गरेको थियो ।

यातायात व्यवस्था विभागसहित अन्तर्गतका २१ कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था गरिएको छ । प्लेट जडानका लागि विभागले एक सय २२ जनशक्ति व्यवस्थापन गरिसकेको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरदत्त पनेरू इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको सिलसिलामा रहेको, तर अपेक्षाअनुसार गति नलिएको बताउँछन् । ‘सातै प्रदेशमा इम्बोस्ड लागू गर्ने व्यवस्था भएको छ,’ उनी भन्छन्, ‘यद्यपि, अपेक्षाअनुरूप गति लिन सकेको छैन ।’

सवारी दर्ता, अभिलेखजस्ता यातायात व्यवस्थापनका काम प्रदेशमा पुगेकाले त्यहाँको मागका आधारमा प्लेट पठाउने काम विभागको भएको र बाँकी सबै प्रक्रिया सम्बन्धित प्रदेश कार्यालयबाटै हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?