ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

‘ढुवानीग्राम’ को संसार

दैनिक साना ठूला गरी ३ सय सवारी साधन र २ सय ९५ जनाले रोजागारी पाएका छन् । यहाँबाट दैनिक उपभोग्य औषधी, विकास निर्माण, उद्योग कलकारखानाका सामानहरू पूर्व मेचिदेखि पश्चिमसम्म पुग्ने गरेको छ । करिब ३ विगाह क्षेत्रफलमा फैलिएको ढुवानीग्राम बुटवल उपमहानगरपालिका र रूपन्देही परिवहन प्रालिले करिब २० करोड लगानीमा निर्माण गरेको हो ।
१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

बुटवल, १८ चैत । बुटवल–१२ को ढवाहामा विगत तिन वर्षदेखि सञ्चालनमा रहेको ढुवानीग्राम (ट्रान्सपोर्ट) ले स्थानीयस्तरमा चहल पहल बढाएको छ । उपमहानगरको ढवाह नजिकको भित्री गाउँमा रहेको ट्रान्स्पोर्टले स्थानीयस्तरको रोजगारी र व्यवसायमा थोरै भए पनि राहत पुगेको महसुस स्थानीयवासीले क्रमश गर्न थालेका छन् । उनीहरूमा ढुवानीग्रामले बिस्तारै यो ठाउँको विकासमा सहयोग गर्ने विश्वास छ । २०७८ सालमा स्थापना भएको ढुवानीग्रामबाट अहिले विभिन्न स्थानमा छरिएर रहेको ढुवानी व्यवसायीले एउटै छानाबाट सेवा दिइरहेका छन् ।
उपमहानगरले व्यवसायीलाई एकै स्थान राखेर व्यवसाय गर्ने वातावरण सृजना गर्नु सहनिय पक्ष रहेको दुवानी व्यवसायी संघका अध्यक्ष जीतबहादुर भाटले बताउँछन् । उनले विगतमा सबै व्यापारीहरू चर्को भाडादर तिर्न बाध्य हुँदा पनि आफूले चाहेको स्थानमा व्यवसाय सञ्चालन गर्न नपाउने बाध्यताबाट छुटकारा मिलेको बताए । उनले भने, एउटा व्यापारीको पसल एक ठाउँमा गोदाम अर्को स्थानमा राख्नुपर्ने लगायतको धेरै समस्या थियो, अहिले त्यो छैन् । नगर र रूपन्देही परिवहन प्रालिको सहकार्यमा ढुवानीग्राम बनेपछि धेरै व्यवसायीका समस्या समाधान भएका छन् । यहाँ रहेका ४९ सटरमा ४५ जना व्यवसायीले आफ्नो व्यवसाय गरिरहेका छन् । उनीहरूले जम्मा मासिक ३५ सय रुपियाँमा सटर भाड दिएर व्यवसाय गरिरहेका छन् ।

एकै स्थानबाट देशका विभिन्न स्थानमा सामान पठाउन सहज र लिन आउनेले पनि एकै स्थानमा आएपछि धेरै सामानहरू पाउन सक्छन् । त्यति मात्रै बुटवल बजारमा हुने ट्राफिक जाम समेत कम भएको छ । ठूला सामानको लोड अनलोडका गाडीका कारण हुने समस्या समाधान भएको भाटको तर्क छ । यहाँ विभिन्न देशहरूबाट पनि सामानहरू आउने विभिन्न स्थानमा पुग्ने गन्तव्य बनेको छ । भोलीको देशमै मध्ये भाग पर्ने भएकाले पनि व्यापारीहरूका लागि राम्रो केन्द्र विन्दु बन्न सक्ने अनुमान छ ।

करिव एक वर्षदेखि होटल सञ्चालन गरिरहेकी बुटवलकी कमला घर्तीले ट्रान्सपोर्ट बने पछि नै त्यसलाई केन्द्रमा राखेर आफूले होटल सञ्चालन गरेको बताईन । उनले अरू स्थानको तुलनामा यहाँ आफ्नो सुखद व्यापार छ । दैनि २५ देखि ३० जनालाई खाना खुवाउँछु । नास्ताको खासै तथाङ्ग छैन कति हुन्छन् । भित्रकासँगै स्थानीय पनि छन् । राम्रै छ । घर भाडा पनि अरू स्थानको तुलनामा कम छ तर हिजो खाली रहेका सटरहरू अहिले महङ्गो पैसामा भाडामा जाँदा स्थानीयलाई पनि रामै भएको छ । यति भित्र पनि मैले एउटा सटरको ५ हजार एक महिनामा बुझाउँछु धर्ती भन्छिन् ।

स्थानिय विमला सुवेदी भन्छिन्, रोजगारीका लागि स्थानयलाई प्राथमिकतामा राख्नुपर्ने हाम्रो सहमति हो तर सोचे जस्तो भएको छैन । उनीहरूले आ—आफ्ना कर्मचारी लिएर आएका छन्, छाडेका एक दुई जनाले मात्रै रोजगारी पाएका छन् । हुन त ट्रान्सपोर्ट बने पछि हाम्रो बाटो बनेको छ, चहलपहल पनि छ, मान्छे आवत जावत गर्दा भीड जस्तै देखिएको छ । यहाँ वरिपरि व्यापार गर्नेहरू स्थानीयभन्दा बाहिरका हुनुहुन्छ तरपनि हामीले भोलीका दिनमा राम्रो हुन्छ भन्ने सोचेका छौ । नगरपालिका र हामीहरूले पनि ट्रान्सपोर्टलाई यहाँ भौतिक र आर्थिक विकास सँगै जोडेका छौ । खै भोलिको दिनमा के हुन्छ ।

नाम नभन्ने शर्तमा एक जना भारतिय पुर्व सैनिकले ढुवानीग्राममा आउनेहरूले भित्रका सबै गल्ली प्रगोग गर्दा दुवानी प्रदुषणका साथै धुलोले स्थानिय मारमा परेको बताए । उनले स्थानिय सरकारले ट्रान्सपोर्टसम्म पुग्ने सबै भित्री बाटाहरूलाई पनि संरक्षण गर्नुेमा जोड दिए । त्यसैगरी यहाँ सम्म आउने सबै गाडीहरूले यो बाक्लो बस्ती हो भन्ने कुरा पनि बुझन जरुरी छ । यहाँ बाटोमा अत्यधिक मात्रामा गाडी चलाउदा दुर्घटना हुन सक्ने जोखिम छ । यो विषयमा पनि गम्भिर छलफल गर्नुपर्छ ।

स्थानिय थम्मन रानाले ढुवानीग्राममा विकास र रोजगारी सँगै विकृति पनि आउन थालेको बताए । उनले ढुवानीग्राममा रोजगारीका लागि आउनेहरू धेरै जसो बाहिरका र केहि कम अध्यन्न र लेवर काम गर्नेहरू भएकाले पनि रातीको समयमा मदिरा पिएर होहल्ला गर्दा समस्या सृजना भएके बताए । कहिले काही त छोरी बुहारी र आफन्तसँग बसेर सुन्न पनि नसकिने शब्दहरू बोल्दा समाजमा नकारात्मक सन्देश जानी डर छ । त्यसैले स्थानिय र व्यवसायी र होटल सञ्चालकले यो विषयमा सोच्नुपर्छ हामी निर्माण गरेको सभ्य समाजलाई व्यवसाय गर्ने नाममा यस्तो विकृति स्थानिय बासीलाई पच्दैनन । राना भन्छिन् यहाँ धेरै जसो बाहिरका होटल सञ्चालक छन् उनीहरूले स्थानियबासी भन्दा पनि बढी आफनो नाफा हेर्दा पनि समस्या भएके छ । कुरा गर्न जादा होटल व्यवसायीले आफुहरूको सम्बन्ध व्यापार र ट्रस्पोर्टसँग मात्रै भएको जस्तो जवाफ दिनु हुन्छ त्यसैले समस्या थपेको छ । यदि हुदा पनि केहि राम्रा पक्ष छन् स्थानियबासीका घरहरू भाडामा गएका छन् यसले आर्थिक संक्लन भएको छ । थोरैले भए पनि आफनो क्षमता अनुसार रोजगारी पाएका छन् ।

आर्दशनगर टोल विकास संस्थाका अध्यक्ष भरत खत्रीले ढुवानीग्राम बनेसगै राम्रा र नराम्रा दुबै पक्ष रहेको बताए । उनले जे भए पनि स्थानिय जनताले राम्रा धेरै पक्षको आसा गरेको बताउछन् । बाटो बन्नु मानिसको चहल पहल हुनु यहाँका व्यवसायीके व्यापार हुनु यहाँका घरहरू भाडामा जानु राम्रा पक्ष हुन् तर पनि यहाँ गुड्ने बढी स्पीडक गाडीले हुने दुर्घटना डर लाग्दो छ । यहाँ विभिन्न स्थानका फरक फरक खालका मानिसहरू छन् । रातीमा मदिरा पिएर गर्ने होहल्लाले पर्ने असरबारे पनि स्थानिय र व्यवसायी सबै जिम्मेवार बन्न’ पर्छ । बुटवल उपमहानगर पालिका र रूपन्देही परिवहन प्रालिले करिव २० करोड लगानीमा निर्माण गरेको हो । यहाँ दैनिक साना ठुला गरी ३ सय सवारी साधन र २ सय ९५ जनाले रोजागारी पाएका छन् । यहाँबाट दैनिक उपभोग्य औषधी, विकास निर्माण, उद्योग कलकारखानाका सामानहरू पुर्व मेचिदेखि पश्चिमसम्म पुग्ने गरेको छ । ट्रान्सपोर्ट करिव ३ विगाह क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?