ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
१२ औं वार्षिकोत्सव विशेष

‘अब्बल’ सामुदायिक विद्यालय

पठनपाठनका दृष्टिकोणले पछिल्लो केही वर्षदेखि यी विद्यालयहरू संस्थागत विद्यालयहरू भन्दा एक कदम अगाडि छन् । जिल्ला तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्म यी विद्यालयहरूले प्रथम र द्वितीय बन्दै आफूलाई देशैभरबाट उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान स्थापित गराउन सफल बनेका छन् ।
१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

गुल्मी जिल्लामा सामुदायिक विद्यालयतर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ । सरकारले माध्यमिक कक्षासम्म गरेको निःशुल्क शिक्षासँगै कतिपय समामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेपछि सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको हो ।
जिल्लामा विद्यालयहरूको कुल संख्या ५ सय ११ रहेको छ । त्यसमध्ये सामुदायिक विद्यालयहरू चार सय ५७ र संस्थागत विद्यालयको संख्या ५४ रहेको छ । सामुदायिक विद्यालयतर्फ एक सय २७ वटा माध्यमिक तह र संस्थागत तर्फ १८ वटा माध्यमिकस्तरका विद्यालयहरू रहेका छन । कुल ६३ हजार नौं सय ८६ विद्यार्थी संख्या रहेको गुल्मी जिल्लामा ३३ हजार एक सय ९६ जना छात्र र ३० हजार सात सय ९० छात्रा रहेका छन । नमूना विद्यालयको संख्या भने छ वटा रहेका छ । यस मध्येदलित विद्यार्थीका संख्या १२ हजार सात सय ९० छ ।
सामुदायिक विद्यालयतर्फ जिल्लामा रहेका छ वटा विद्यालयहरू मध्ये सदरमुकाम तम्घास अन्तर्गत रहेका रेसुंगा मावि, सिद्धबाबा मावि र महेन्द्र मावि अब्बल देखिएका छन । अन्य सामुदायिक विद्यालयहरूले पनि आफूलाई उत्तिकै रूपमा अब्वल बनाउँदै लैजाने प्रयासमा छन । पठनपाठनका दृष्टिकोणले पछिल्लो केही वर्षदेखि यी विद्यालयहरू संस्थागत विद्यालयहरू भन्दा एक कदम अगाडि छन् । जिल्ला तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्म यी विद्यालयहरूले प्रथम र द्वितीय बन्दै आफूलाई देशैभरबाट उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान स्थापित गराउन सफल बनेका छन् ।

२०२५ सालमा स्थापना भएको यो विद्यालय हाल सदरमुकाम तम्घास स्थीत उदिनढुंगामा रहेको छ । यस विद्यालयमा हाल विद्यार्थीको संख्या एक हजार दुई सय ९७ रहेको छ । जस मध्य छात्र छ सय ८७ र छात्रा छ सय १० रहेको छ । २०६१ मा एसईई दिएको यस विद्यालयमा अध्यनरत विद्यार्थीहरूले २०७५ र २०७८ मा फोर जीपिएसम्म ल्याएका थिए भने २०७९ मा ३.९ जीपिए ल्याएका थिए । यस विद्यालयमा २०७३ वाट प्राबिधिकधार तर्फ कक्षा ९–१२ सम्म सिभील ईन्जीनियरिङ र २०७८ देखि कक्षा ११ र १२ मा विज्ञान र ब्यवस्थापन विषयमा पढाइ हुँदै आएको छ । यस विद्यालयले २०७५ मा सामुदायीक विद्यालयतर्फ नेपालमै दोश्रो र प्रदेशमा पहिलो बनेको थियो । जिल्लामा २०७२, ७३ र ७४ मा लगातार जिल्लामा पहिलो विद्यालय बनेको थियो । ५१ जना शिक्षक कर्मचारी रहेको यस विद्यालयमा नेपाल सरकारको स्वीकृत दरबन्दी २४ रहेको छ । विद्यालयले अभिभावकहरूको सहयोगको माध्यमबाट बाँकि शिक्षक र कर्मचारीहरूको आर्थिक व्यवस्थापन गर्दै आईरहेको छ । सदरमुकाम भित्र रहेर पनि ओझेलमा परेको यस विद्यालय २०६० मा शिक्षकको रूपमा प्रवेश गरेका विद्यालयका पूर्व प्रधानाध्यापक प्रेम नारायण भण्डारीले विद्यालयको काँचुली नै फेरेका थिए ।

यो विद्यालय शैक्षिक तथा भौतिक क्षेत्रमा देशकै उत्कृष्ट विद्यालयमा पर्दछ । आफ्नो ५, ६ वर्षको सेवाकालिन अबधि हुँदाहुँदै पनि भण्डारीले सामुदायिक विद्यालयमा नेतृत्व हस्तान्तरणको विकास गर्दै सोही विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारीलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पेर आफू त्यही विद्यालयमा शिक्षकको रूपमा कार्यरत छन ।
जिल्लामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट विद्यालयको सूचिमा सिद्धबाबा माध्यमिक विद्यालय पर्दछ । २०४३ सालमा स्थापना भएको यस विद्यालयमा हाल १५ सय ६६ विद्यार्थीहरू रहेका छन । जसमध्ये आठ सय दश छात्र र सात सय ५६ छात्रा रहेका छन । विद्यार्थी संख्याको तुलनामा यो विद्यालय जिल्लामा सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय अन्तर्गत पर्दछ । २०६१ सालमा राष्ट्रिय रूपमा सामुदायिक विद्यालयतर्फ नेपालमै सर्बोकृष्ट भएको थियो ।

क्षेत्रीय र प्रदेशस्तरमा समेत उत्कृष्ट बनेको यस विद्यालयले ईन्टरनेशनल अवार्ड समेत प्राप्त गरिसकेको छ । यस विद्यालयमा शिक्षक र कर्मचारी गरेर हाल ६० जना कार्यरत छन । ती मध्ये २३ जना राहत तथा दरबन्दीमा कार्यरत छन भने बाँकी सबै अभिभावकको सहयोगबाट आश्रीत छन । यस विद्यालयले एसईइको परीक्षामा ३.९५ जीपिएसम्म ल्याएको छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म कम्प्यूटर ईन्जीनियरीङ् र कक्षा ११ र १२ मा कानुन, विज्ञान, व्यवस्थापन र मानविकी जस्ता विषयमा पढाई हुँदै आएको छ ।
गुणस्तरीय शिक्षा र दक्ष शिक्षकद्वारा अध्ययन अध्यापनका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीस बताउँछन । सदरमुकाम तम्घासस्थित खानीगाउँमा रहेको यस विद्यालयमा सबै भन्दा बढी दलीत र जनजाती समुदायका विद्यार्थीहरू अध्ययनरत रहेको प्रअ श्रीसले बताए । विद्यालयको पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि यो विद्यालय जिल्लामा उत्कृट हुँदै आएको छ ।

शैक्षिक अवस्था सन्तोषजनकः ईकाइका प्रमुख
गुल्मी जिल्लामा सामुदायिक विद्यालयहरूकोे अबस्था सन्तोषजन रहेको शिक्षा विकास समन्वय ईकाइका प्रमुख लोकनाथ मरासिनीले बताएका छन । उनले सदरमुकाम भित्र र सदरमुकाम बाहिर रहेका वामी, मजुवा, सान्तिपुर, रिडी, अश्लेवा, रानीवास, छत्रकोट, गुल्मीदरबार लगायतका विद्यालयहरू राम्रो भएको बताए ।
जिल्लामा छ वटा नमूना विद्यालयहरू रहेका छन । जस अन्र्तगत महेन्द्र माध्यमिक विद्यालय, तम्घास, ज्ञानोदय मावि तुराङ, जनबोध मावि रानीबास, आत्मबोध मावि मानकोट, मालिका मावि सिमलटारी र महेन्द्र आदर्श मावि वामीटक्सार पर्दछन ।
नमूना विद्यालयहरूमा संघिय सरकारले राम्रो लगानी गरेको छ । पाँच वर्षका लागि भौतिक र शैक्षिक सुधारमा करीब दश करोड लगानी गरेको छ । मजुवामा रहेको ज्ञानोदय मावि जिल्लामा पहिलो छात्रवासको व्यवस्था गर्ने विद्यालय अन्तर्गत पर्दछ । प्राविधिक धारका विद्यालयको संख्या जिल्लामा १४ रहेको छ । जसमा १३ वटा सरकारी लगानीमा संचालनमा आएका छन भने सिद्धबाबा माविले भने आफ्नै लगानीमा विद्यालयमा कम्प्यूटर साईन्स संचालन गरेको छ । प्राविधिक धारतर्फ कृषि बाली विज्ञान, इन्जीनियरिङ साईन्स, भेटेनरी साईन्स, कम्प्यूटर साईन्स गरेर चार किसिमका शिक्षाको व्यवस्था छ । जसका कारण स्थानीय तहमै आफ्नै घरमा बसेर प्राविधिक धार पढ्न पाउने व्यवस्थाका कारण विद्यार्थीहरूलाई थप सजिलो भएको छ ।

अंग्रेजी पढ्न बोर्डिङ्ग स्कुलमै जानुपर्छ भन्ने मान्यता हट्यो
जिल्लामा राम्रा विद्यालयहरूले अंग्रेजी माध्यमबाट शिक्षण गर्दै आईरहेका छन । यसका कारण बोर्डिङ् स्कुलमा पढ्नुपर्छ भन्ने भावना विद्यार्थी र अभिभावकमा हटेको छ । सामुदायिक विद्यालयमा पढ्न पाएर अभिभावक र विद्यार्थी खुसी छन ।
एसईइको नतिजामा पनि संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारले सामुदायिक विद्यालयमा सहयोग गरेको छ । अभिभावकहरूले पनि चन्दा दान दिने, अक्षय कोष स्थापना गर्ने जस्ता कार्यले पनि सामुदायिक विद्यालय राम्रो भएको शिक्षा विकास समन्वय ईकाइका प्रमुख मरासिनीले बताए । उनले विद्यार्थी संख्याको आधारमा राज्यले दरबन्दी दिन नसकेको तर समुदाय आफै सक्रिय भएर निजी श्रोतमा शिक्षक व्यवस्थापन गरेर विद्यालयलाई राम्रो बनाएको बताए । विगत वर्षहरूको तुलनामा प्रत्येक वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीहरूको उपस्थिति बाक्लिदै गएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?