ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
१२ औं वार्षिकोत्सव विशेष

जनवादी विद्यालयः द्वन्द्वमा उदाए, शान्तिमा अस्ताए

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

स्कुलको बन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ खोलिएका जनवादी विद्यालयहरू अहिले एकादेशको कथा बनेका छन । सामन्ती सत्ताले शिक्षालाई हुने खाने वर्गको पेवा बनाएको, धनी र गरिबका छोरा छोरीले पढ्ने विद्यालय नै फरक फरक बनाएको भन्दै समान एवं वैज्ञानिक शिक्षा दिने भन्दै खोलिएका त्यस्ता विद्यालय अहिले ईतिहासको पानामा कैद भएका छन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको विशेष संरचनाको रूपमा रहेको केन्द्रीय आधार ईलाका भित्र रोल्पा, रुकुम र सल्यानमा एक/एक वटा जनवादी विद्यालय स्थापना गरिएका थिए । केन्द्रीय आधार ईलाकामा मात्रै ३ वटा जनवादी विद्यालय र ३१ वटा जनशिक्षालय संचालन गरिएका थिए । जनवादी विद्यालयमा कक्षा ४ सम्म र जनशिक्षालयमा कक्षा ३ सम्म पढाइ हुने गर्दथे । स्थानीय जनसत्ता मार्फत संचालन गरिएका ती जनवादी विद्यालयमध्ये एक हो शहीद स्मृती जनवादी नमूना विद्यालय थवाङ । माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिनको संझनामा सो जनवादी विद्यालय २०६१ साल फाल्गुन १ गते स्थापना भएको थियो ।

सरकार र माओवादी बीच भएको वृहत शान्ति संझौता संगै माओवादी सशस्त्र युद्धमा स्थापना भएका सवै संरचना विघटन गर्ने सहमति अनुसार सो विद्यालय समेत छिमेकी विद्यालयमा समायोजन भएको थियो । समायोजन पूर्व कक्षा ४ सम्म संचालनमा रहेको उक्त विद्यालयमा ३३ छात्रा र ५४ छात्रसहित ८७ जना विद्यार्थीले अध्ययन गर्दथे । आवासीय रूपमा ५० जना, अजम्वरी जनकम्युनबाट २४ जना र जनस्तरबाट १३ जनाले पढ्ने गरि कोटा निर्धारण गरिएको थियो । विद्यालयमा पार्टी सेल कमिटी,पार्टी शाखा,अखिल क्रान्तिकारी वाल ईकाइ, शिसु स्याहार, निर्माण र मेस गरि ७ वटा विभागको गठन गरिएको थियो । अध्यापनका लागि ५ जना शिक्षकको व्यवस्था गरिएको थियो । विद्यालयमा शहिद परिवारका ३४, जनमुक्ती सेनाका १७, कार्यकर्ताका ३२ र घाईते परिवारका ४ विद्यार्थीले अध्ययन गर्ने व्यवस्था मिलाइएको थियो ।

विद्यालयमा भाषा शिक्षा अन्तर्गत नेपाली भाषा, मातृ भाषा र अंग्रेजी भाषाको पढाइ हुन्थ्यो । यसैगरि समाज अन्तर्गत दर्शन, राजनीति, ईतिहास, अर्थशास्त्र, साहित्य र संस्कृती पढाई हुनुको साथै विज्ञान, स्वास्थ्य र वातावरण अन्तर्गत विज्ञान, स्वास्थ्य, वातावरण, सैन्य विज्ञान र शारीरिक शिक्षाको पढाइ हुने गरेको बताईन्छ । यसैगरि अन्य विषयका रूपमा गणित र ललितकलाको अध्ययन गराइन्थ्यो । नमूना गाउँका लागि जनशिक्षा र जनसाक्षरता अभियान संचालन गरेको तत्कालिन जनसत्ताको जनशिक्षा विभागबाट पाठ्यक्रम तयार हुने गर्दथे ।
उक्त विद्यालय हाल थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयमा समायोजन गरिएको वलभद्र मावि थवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिए । जनवादी विद्यालय रहेको सो स्थानमा हाल अर्काे विद्यालय संचालन भईरहेको छ घर्तीमगरले भने । प्रदेश सरकारको सामान्य आर्थिक सहयोगमा भवन मर्मत संभार गरि कक्षा ३ सम्म पठनपाठन गर्ने गरि अर्काे विद्यालय संचालन गरिएको छ घर्तीमगरले भने । युद्धकालिन सम्पत्तीको रूपमा उक्त विद्यालयलाई संग्राहलयको रूपमा सुरक्षित गर्नु पर्नेमा राज्यले वेवास्ता गरेको घर्तीमगरको भनाइ छ ।
सो समयमा जनवादी विद्यालयमा रहेका ५ जना शिक्षक मध्ये सवै आ–आफ्नो तरिकाले व्यवस्थापन भए पनि तत्कालिन व्यवस्थापक लालचन्द्र रोकालाई मावि थवाङमा निजि श्रोत शिक्षकको रूपमा व्यवस्थापन गरिएको घर्तीमगरले वताए ।
२०५७ साल अघिसम्म ध्वंस प्रधान थियो, २०५७ पछि ध्वंस र निर्माणको द्वन्द्वात्मक पद्धती अनुसार जनवादी विद्यालयको सुरुवात गरिएको हो घर्तीमगरले भने । महवपूर्ण ईतिहास बोकेको सो विद्यालयलाई संग्राहलयको रूपमा विकास गर्नुपर्नेमा सरकारको ध्यान पुगेको देखिदैन घर्तीमगरले भने ।

जनवादी स्कुलका हेडसर वडा कार्यालयका कर्मचारी

रोल्पा नगरपालिका वडा नं. १ धारपानीका जुमवहादुर महरा । उमेर ४९ वर्ष पारगरिसकेका महरा माओवादी सशस्त्र युद्धमा प्रत्यक्ष सहभागी भई लामो भूमिगत जीवन विताएका व्यक्ति हुन । माओवादी युद्धमा उनले करिव ६ वर्ष पूर्णकालिन कार्यकर्ताको रूपमा भूमिगत जीवन विताएका थिए । माओवादीको शिक्षा विभागले संचालन गरेको जनवादी विद्यालयका शिक्षक रहेका उनी जनयुद्धकालिन समयमा तुफान नामले परिचित थिए ।
माओवादी जनयुद्धको प्रभाव संगै सुरक्षाकर्मीले सामान्य समर्थक शुभचिन्तकलाई समेत गिरप्तार गर्ने कार्यलाई तिव्रता दिईरहेको थियो । गाउँकै एक आफन्तले प्रहरीको गिरप्तार लिस्टमा आफ्नो नाम पनि भएको सुनाएपछि जुमवहादुर प्रहरीको संभावित यातनावाट बच्नका लागि घरबाट निस्कने निष्कर्षमा पुगे । सोही अनुरूप २०५६ साल भदौ १ गते घरवाट निस्किए उनी । माओवादी कार्यकर्तासंग नियमित सम्पर्कमा भैरहने उनलाई भूमिगतपछि कसको सम्पर्कमा जाने भन्ने समस्या नै भएन । उनी माओवादीको सम्पर्कमा गएसंगै जनयुद्धमा पूर्णकालिन भएर लाग्ने निष्कर्षमा पुगे ।

होचो कद भएका कारण उनलाई हिँडडुल गर्न निकै मुस्किल हुन्थ्यो । सुरक्षाका कारण दिनभरी सेल्टरमा वस्ने र रातीको समयमा हिँड्नु पथ्र्यो । उनले पनि त्यसै गर्नु पर्ने भयो । रातमा हिँड्दा निकै मुस्किल भयो । लाईट वाल्न नपाईने भएका कारण हिँड्दा उनलाई कयौं पटक लडेर चोटपटक पनि लाग्यो । पूर्णकालिन माओवादी कार्यकर्तासँग हिँडेको देख्दा गाउँलेहरू उनलाई हेरेको हे¥यै हुन्थे । होचो कद भएकाले उनलाई माओवादी नेता कार्यकर्ता र गाउँलेहरूको माया गर्थे ।

अन्य माओवादी कार्यकर्तालाई भन्दा उनलाई बढीमात्रामा सुरक्षा चूनौती थियो । राम्रोसंग हिडडुल गर्न नसक्ने तथा स्पष्ट चिनिने शारीरिक संरचनाका कारण उनलाई थप सुरक्षित वातारणमा राख्ने चूनौती पार्टीलाई थियो । सोही अनुरूप उनलाई धेरै हिँडडुल नगर्ने गरि व्यवस्थापन गर्न पार्टीले जनवादी विद्यालयमा पढाउने जिम्मेवारी दियो ।

माओवादीको अति प्रभावित गाउँहरूमा खोलिएका त्यस्ता जनवादी विद्यालयमा माओवादी कार्यकर्ता र युद्धमा मारिएका शहिदका सन्तानले पढ्ने गर्दथे । उनले १ वर्ष रोल्पाको तेवाङमा रहेको लिस्ने जनवादी विद्यालयमा पढाए । नेपाली सेना र माओवादी सेनाको सोही ठाउँमा भिडन्त भएपछि उनलाई रोल्पाको फगाममा संचालनमा रहेको अर्को विद्यालयमा स्थानान्तरण गरियो । उनले त्यहाँ करिब १ वर्ष पढाए । फगाममा रहेको सो विद्यालयमा साँझ २ घण्टा पढाइ हुन्थ्यो ।

पार्टीको शिक्षा विभागले रोल्पा जैमाकसलामा संचालन गरेको नव चेतना जनवादी विद्यालयमा पढाउने गरि उनी २०५९ सालमा पुनः स्थानान्तरण गरिए । कक्षा ३ सम्म पढाई हुने सो जनवादी विद्यालयमा १ सय वढी विद्यार्थी थिए । उनी त्यहाँ प्रधानाध्यापकको रूपमा काम गर्ने गरि खटिए । उनी संगै अन्य स्टाफ पनि थिए । विद्यालयको प्रशासनिक र व्यवस्थापकिय कामका साथै पठनपाठन समेत उनको जिम्मेवारीमा प¥यो । माओवादीले संचालन गरेको विद्यालय भएका कारण सरकारी पक्षले जुनसुकै वेला पनि आक्रमण गर्न सक्ने खतरा थियो ।

त्यस्तो वेला साना वालवालिकालाई कसरी सुरक्षित गर्ने भन्ने उनी संगै चूनौती थियो । प्रहरीको उपस्थिति नभए पनि गाउँमा कहिले काँही सेना जाने गर्दथ्यो । सेना अप्रेशनमा जाँदा पढाई नै रोकेर उनी लगायतका अन्य शिक्षकहरू सेल्टर तिर जान्थे । उनले सो जनवादी विद्यालयमा २०६५ साल सम्म पढाइ । शान्ति प्रकृयाको करिब २ वर्ष सम्म उनले सोही विद्यालयमा अध्यापन गरे । दिउँसो विद्यालयमा पढाउने र साँझ विहान पार्टीको सांगठनिक काममा उनको समय बित्ने गथ्र्यो । युद्धकालिन अवस्थामा बनेका सवै संरचनाहरू सरकारले व्यवस्थापन गर्ने भनिए पनि अहिले जनवादी विद्यालयहरू अस्तव्यस्त भएकोमा उनी चिन्तित छन । आफूहरूले ज्यानको वाजी राखेर वैज्ञानिक शिक्षा दिने उद्देश्यले त्यस्ता विद्यालय संचालन गरेको भए पनि अहिले अधिकांश विद्यालय अस्तव्यस्त भएकोमा उनलाई दुःख लागेको छ ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर साम्यवादी समाज निर्माण गर्ने सपना सहित माओवादी आन्दोलनमा लागेका उनी जस्ता लाखांै युवाहरू विदेशी भूमिमा पसिना बगाई रहेका छन । उनलाई भने विदेश जान शारीरिक अवस्थाले साथ नदिँदा यतिवेला वडा कार्यालयको कर्मचारी भएका छन । स्थानीय तहको निर्वाचन पछि गठित स्थानीय सरकारले उनलाई रोल्पा नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्ने अवसर दिएको छ । कार्यालय गएर जनताको काममा सहयोग गर्ने उनको दैनिकी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?