ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
१२ औं वार्षिकोत्सव विशेष

‘टुकी पाठशाला’

त्यस बेलाको आधारभूत तहको शिक्षालाई चिठी, तमसुक भनिन्थ्यो । वास्तवमा त्यो बेलाका यी दुई विषय थिए सामाजिक र गणित । चिठी सामाजिक विषयको फेँद थियो भने तमसुक गणित विषयको आधार । सामाजिक विषयको स्नातक राम्रो कथा वाचक भएर टुङ्गिन्थ्यो भने गणित विषय स्नातक ज्योतिषी भएर स्थल बस्थ्यो ।
१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

हाम्रा भोलिका सन्ततिलाई गाउँमा विद्यालय थिएन भन्दा अनौठो लाग्ला । कोही कसैले पठाएको चिठी बाँचेर÷पढेर सुन्नका लागि गाउँ चाहार्नुपथ्र्यो भन्दा उदेक लाग्ला । मसुरे कटुसको पात पकाएर बनाएको मसी, बारीका डोराका निगालाबाट बनाएका कलमले बाँसका सुपला (टपेँस) मा लेख्ने अभ्यास गर्थे भन्दा त्यो अति आधारभूत तहको स्वावलम्बी जीवनको दृश्य सबैको मानसपटलमा अचम्म मान्दै अवश्यै घुम्छ । यहाँ विद्यालयको सहज पहुँच नहुँदाका बखत कसरी पढिन्थ्यो भन्ने सन्दर्भमा अर्घाखाँची र गुल्मी जिल्लाका केही कुरा राखिँदै छ ।
त्यस बेलाको आधारभूत तहको शिक्षालाई चिठी, तमसुक भनिन्थ्यो । वास्तवमा त्यो बेलाका यी दुई विषय थिए सामाजिक र गणित । चिठी सामाजिक विषयको फेँद थियो भने तमसुक गणित विषयको आधार । सामाजिक विषयको स्नातक राम्रो कथा वाचक भएर टुङ्गिन्थ्यो भने गणित विषय स्नातक ज्योतिषी भएर स्थल बस्थ्यो । पुराण कथा वाचक भएर पनि दिन हेर्ने, चिनाचिटा हेरेर फलादेश गनेँ पण्डितलाई पूर्ण पण्डित मान्ने जमाना थियो ।
अर्घाखाँची माझकोटका हर्कु भट्टराई (हरिदास) (१९०५—१९८५) ले पनि आफ्ना घरमा पठनपाठन गर्ने गरेको इतिहास छ । सो दलाने पाठशालामा तुम्कोटका हिमलाल पराजुलीले पनि पढेका थिए । हिमलालले आफ्ना गाउँमा पनि भाइ छोरा भतिजालाई त्यसैगरी पढाएका थिए जसरी आफूले पढे र उनैसँग अक्षर चिन्ने सौभाग्य पाएको थियो यो पङ्तीकारले पनि ।
भगवती काहुले भ्वाँगका गोविन्द मरासिनीको दलाने पाठशाला पनि निकै गर्वगर्ने लायकको बताइन्छ । उनको सङ्गत गरेका डा. टीकाराम पन्थी (१९९३—२०६६) ले यसबारेमा आत्मैदेखि प्रशंसा गरेका छन् ।

अर्घाखाँचीको उत्तरी सीमाको सान्ने गाउँ पनि यस्तै दलाने पाठशाला पद्धतिबाट शिक्षाको ज्योति छर्ने पुरानू ठाउँ मानिन्छ । बाँदिकोट (हाल प्युठान) का कुलानन्द पोखे्रलसँग वेद दिक्षा लिएर आएका मरेङ निवासी देउशर्मा आचार्य (१९०७—१९९२)ले आफ्नै घर र डाँडैपोखरी चौपारीमा स्थानीय बालबालिकाहरूलाई पढाएका थिए । पछि कान्ले ठाँटी (पौवा) मा पढ्ने ठाउँले बढ्ता निरन्तरता पायो । उनीपछि यसलाई वेदवा लिलाधर आचार्य (१९५८—२०३१) ले यस परम्परालाई निरन्तरता दिए ।

अर्घाखाँची झेँडी बराङ्दीमा घरायसी हिसाबले शिक्षित भएका ज्योतिष जीवलाल बसेल (१९४३—१९८७) ले आफ्ना छोरासमेत छरछिमेकका बालबालिकालाई आफ्नै घरमा पढाएका थिए । यही क्रममा शिक्षा लिएका धर्मराज बसेलले वाङ्ला पटुवाथुममा चौपारी, कटेरामा बालबालिका जम्मा गरी पढाउँदै गर्दा २०१६ सालमा स्थापित पार्वती प्रा.वि.(हाल नि.मा.वि.) का संस्थापक अध्यापक बन्ने अवसर प्राप्त गरेका थिए । आफूले पढाएका विद्यार्थी होमनाथ भट्टराई(२०००) जिल्लाको पहिलो विद्यावारिधिक हुनु र राजकुमारदास कक्षपती सहायक अञ्चलाधीशसम्म हुनु उनका लागि गौरवको विषय लाग्थ्यो ।

अर्घा धरम्पानीका टीकाराम आचार्य (१९६३—२०४०) जसलाई पछिल्लो पिँढीले बूढा नानीबा भनेर पनि भन्थे, ले आफ्ना घरमा गाउँघरका केटाकेटी पढाउने काम गर्थे । पठनपाठनको सुरु विशेष गरी सरस्वती पूजाका दिन गरिन्थ्यो । त्यसबाहेकका दिन पढ्न सुरु गर्दा प्रतिपदा, अष्टमी, चतुर्दशी, औँसी र मङ्गल, शनिवार छोडेर विद्यारम्भ गरिन्थ्यो, गराइन्थ्यो । शुक्रवार र आइतवार मध्यम र बुधवार र सोमवार पनि काम चलाउको रूपमा लिने गरिन्थ्यो । पठनपाठन सुरु गर्दा बिहीवार उत्तम वार मानिन्थ्यो गुरुवार भनेर ।
टीकारामले नजिकका केटाकेटीलाई साँझमा र अलि टाढाकालाई बिहानमा पढाउने गर्थे । दिउँसो मसिना झिँजा दाउरा खोजेर तिनैको आगोको उज्यालो सहारामा पढ्ने पढाउने काम हुन्थ्यो । कहिलेकाहीँ मैले मट्टितेलको ढिब्री लिएर जाँदा गुरुसमेत सबै साथीहरू खुसी हुन्थे । ढिब्री नलागेका दिन “आज किम्डाँडेका छोराले ढिब्री ल्याइनस्” भनी गुरुले सोध्नुहुन्थ्यो भन्ने कुरा ओमप्रकाश भुसाल (१९९६—२०६८) ले भन्ने गर्थे । टीकारामले अक्षर चिनाउने, चण्डी, वेद कर्मकाण्डसमेत पढाउने गर्थे । पछि यस कामलाई उनका छोरा लक्ष्मीनारायण (१९९२) ले पनि सघाएका थिए ।

धातिबाङका इन्द्रमणि पौडेल (१९८१—२०७२) ले आफ्नो बाल्यकालको पढाइ व्यवस्थालाई बडो अनौठो खालले सम्झन्छन् । पढाइको यौटा मेलो सिद्धिएपछि गुरुलाई एकमाना चामल, एउटा जनै र आफूसक्दो भेटी दिनुपथ्र्याे । मैले तेह्र माना चामल, तेह्र वटा जनैसमेतको गुरु दक्षिणा दिएको याद छ, इन्द्रमणिले भने । धनचौर पुत्केमा २००७ सालतिर अर्घा कुरका लोकबहादुर रायमाझीलाई गुरुको रूपमा बोलाई स्थानीय बालबालिकालाई अक्षर चिनाउने काम भएको थियो । धनचौरका नारायणप्रसाद भट्टराईका अनुसार टीकाराम भट्टराईका घरमा, मालारानी पाटी, चौरमा स्थानीय बालबालिका जम्मा गरी अक्षर चिनाउने काम स्थानीय गोपालबहादुर रायमाझी, ढालबहादुर रायमाझी, मिठु रायमाझी र कुरका भुसाल थरका एक जना व्यक्तिले गरेका थिए ।

खनका चुडामणि खनाल (२००९) का अनुसार खनमा विद्यालय नभएको अवस्थामा लुङ्गाली टोलाका ठाकुर रिजालका घरमा गई पढ्ने व्यवस्था स्थानीय अभिभावकले मिलाएका थिए । गुरुको घरायसी काममा सघाउनु नै गुरुको गुरु दक्षिणा हुन्थ्यो । काम गर्न मन नपर्नेहरू गुरुको घर नगई अन्तै भाग्ने पनि गर्थे । त्यसबेलाको पढाइ अक्षर चिनाइ, चिठी तमसुक, चण्डी, रुद्रि, वेद जस्ता कुराहरू हुने गर्थे ।
कागजको अत्यन्तै अभाव हुने त्यो समयमा रिडीका शिक्षा प्रेमी कृष्णकुमार श्रेष्ठले रिडी संस्कृत प्रधान पाठशालामा पढ्ने वटुकहरूलाई दिनको आधा ताउ कागज दिने र सो कागजमा राम्रा अक्षर लेखेर बुझाएपछि फेरि त्यत्रै कागज दिने गर्नुहुन्थ्यो भन्ने भनाइ म जागिरको सिलसिलामा रिडीतिर जाने बस्ने क्रममा धेरै जनाबाट सुनेको हुँ ।

थोर्गाका शिक्षाप्रेमी पन्नाराम श्रेष्ठ (१९७६—२०६८) ले आफ्ना घरका र गाउँका बालबालिकाको पठनपाठनको व्यवस्था मिलाएका थिए । यी पढाउने गुरुहरूले सामान्य सिदादक्षिणा लिए पनि महिनामारीको व्यवस्था भएजस्तो लाग्दैन भन्दै निलकण्ठ गौतम र कमल श्रेष्ठ अगाडि भन्नुहुन्छ— २००८ सालतिर गिरिराज ज्ञवाली, गोकर्णराज गौतम शास्त्री, एकदेव ज्ञवालीसमेतको सक्रियतामा थोर्गा कोटमा आदर्श मिडिल स्कुल खुलेपछि दलाने पाठशालाको आवश्यकता हराउँदै गयो ।
बलेटक्सारका नारद गौतम (२००५) का अनुसार– पं. जीवलाल गौतम (१९६३—२०३०) ले आफ्नै घरमा सामान्य अक्षर चिनाउने लेखापढी शिक्षादेखि कर्मकाण्ड, वेद, ज्योतिषसम्म पढाउनुहुन्थ्यो । उहाँले बल्कोट अर्घाखाँची, मानकोट पनि यसैगरी पढाउनु भएको थियो । स्थानीय क्षेत्र धरमपोखरामा पनि दलाने पाठशालाको हैसियतमा पढाउनुभएको थियो । शिक्षाप्रेमी प्रयागलाल श्रेष्ठको विशेष सक्रियतामा २००८ सालमा चौतारामा विद्यालय खुलेपछि दलाने पाठशालाहरू ओझेलिँदै गए ।
ग्वादीका निवृत्त शिक्षक लिलबहादुर मल्ल (१९९८) ले ग्वादीमा विद्यालय नभएको राम्ररी जान्नुभयो । ग्वादी शिक्षाको लागि सचेत ठाउँ हो । सक्नेले काशी पठाएर आफ्ना सन्तान पढाउँथे । भर्ना हुन सक्ने रिडीकै संस्कृत पाठशालामा पनि पढ्थे । घरघरै अक्षर चिनाउने काम त हुन्थ्यो नै तर सार्वजनिक ठाउँमा केटाकेटी जम्मा गरेर बलेटक्सारका श्रेष्ठ थरका एक जना कपडा व्यापारीले पढाएको जानेँ । त्यसपछि गाउँ छिमेकका केटाकेटी जम्मा गरेर ज्योतिषी देवनारायण ज्ञवालीले पढाउनुभयो । आफूखुसी दिने गुरु दक्षिणाबाहेक उहाँहरूले यति लिने उति लिने भन्ने केही थिएन ।

ठूलोलुम्पेक गाउँमा हुने पठनपाठन सम्बन्धमा पूर्व सांसद फटिकबहादुर थापा (२०१८) को भनाइअनुसार– जहाँ अहिले धर्मपुर माध्यमिक विद्यालय छ त्यस ठाउँका काहिँला सिन्जाली, गने राना, दलबहादुर श्रिस, दाङसिन्जाका बैदार रानाले चिठी, तमसुक, हररहिसाब सिकाउने गर्नुहुन्थ्यो । अलिपछि दिलबहादुर राहाडी मगरको गोठमा पनि त्यस्तै प्रकारले पढाइयो । यसैगरी मुखिया तुलाराम राहाडी कहाँ लेखापढीका लागि राखिएकाहरूले गाउँघरका केटाकेटी जम्मा गरी साक्षर गराउने, हरहिसाब सिकाउने गर्थे । यो चलनलाई तुलारामका छोरा गगनसिं राहाडीले आफ्नो मुखेली तालुकदारी जिम्मेवारी लिएपछि पनि निरन्तरता दिए । उता इष्ट इन्डिया कम्पनीका फौजमा भर्ति भएकाहरू नाम काटेर फिर्ता पठाएपछि गाउँघरका केटाकेटीलाई साक्षर गराउने, परेड खेलाउने, सैनिक जागिरका लागि आधारभूत ज्ञान दिने गरेको बताइन्छ ।
शान्तिपुर क्षेत्रमा दलाने पाठशालाबाट आफ्नो पठनपाठन सुरु गरेर उदय उच्च मा.वि शान्तिपुरका प्राचार्यसमेत भई सेवा निवृत्त हुनुभएका बलराम गैरेको दलाने पाठशालासितको हिमचिम यस्तो छ– हरेवा घर हुने शान्तिपुर हुलाकमा काम गर्ने टेकराज शर्माले स्थानीय व्यापारी मथुराप्रसाद श्रेष्ठको घरमा दलाने पाठशाला चलाउनु भएको थियो । हरेवा क्वाङ्दीका गुरुङ थर हुने एक जना गुरुले पनि त्यहाँ पढाउनुभयो ।
रेमीमा होमबहादुर थापा मगरका बुबा परवीर थापाले पढाउँदा दोस्रो विश्व युद्धको बयान गरेर हामी रल्ल पथ्र्याँै । हामी झुलोले आगो पारेको देखेका मान्छेलाई सलाई कोरेर आगो बलेको देखाएर छक्क पार्नुहुन्थ्यो । एकजना गुरुङ थर हुने गुरुले विशुखर्कको धौलद्विप भन्ने ठाउँमा यस्तै दलाने पाठशालामा पढाउनुहुन्थ्यो ।

घरघरमा छोराछोरीलाई पढाउने कुराको सन्दर्भ आउँदा दिगाम रविलाल सुवेदीकी जेठी आमा नरिकला सुवेदी (१९७०—२०७०) को अनुहार झलक्क अगाडि आउँछ । नरिकलाको व्यवहार एक राम्रो पढालेखा जस्तो देखिन्थ्यो । तर उहाँ निरक्षर हुनुहन्थ्यो । एक सन्दर्भमा सानो छँदा माइतिघरमा पढ्ने अवस्था नमिलेर हो ? भनी मैले सोधेको थिएँ । अनि उहाँले बडो गम्भीर हुँदै भन्नुभयो— बाबु, हाम्रो माइति घरमा घरका दाइभाइ र मात्थिरमुन्तिरका केटाकेटीलाई बुबाले पढाउनुहुन्थ्यो । उनीहरूले पढेको देखेर मैले पनि पढ्न खोज्दा बुबाले नानी तिमीले पढ्नुहुँदैन भन्नुभयो । अनि मैले आमासित मैले किन पढ्न नहुने हो र भनी सोधेकी थिएँ ।
अनि आमाले भन्नुभयो— नानी, केटीहरूले पढे भने केटालाई चिठी लेख्छन् । त्यसैले केटीले पढ्न नहुने भनेको हो । आमाका यस्ता कुरा सुनेपछि मैले पनि होला त नि भनेर चित्त बुझाएँ र पढिनँ ।

दिगामका सिमलपाने हिमलाल न्यौपाने (१९७९) ले दिगामकोटमा ज्ञवाका हिरामणि ज्ञवाली (गैरेली गुरु) सित ज्योतिष पढ्न सुरु गरेको कुरा बताउँदै अगाडि भन्नुभयो— मैले घरमै अक्षर चिनेको हुँ । मेरा जेठा बुबाले पाटीमा अक्षर लेखिदिने र हामीले पढ्ने गथ्र्यौँ । वि.सं. १९९० मा एक वर्ष जति गैरेली गुरुसित पढेपछि वि.सं. १९९१ सालमा पाङ गएर ज्योतिष पढ्न लागेँ । वर्षामा काम गर्नुपर्ने भएकोले हिउँदमा मात्रै पढ्ने काम हुने गथ्र्यो । हाम्रो घरमा पढ्न भनी आफ्नै गाउँघर वरपरकादेखि टाढाटाढासम्मका आउने गर्थे । म आफै पनि गुरुकुलमा पढेको हुँ । गुरुकहाँ पढ्दा घरकै जहान जस्तै गरी बस्न पाएको हुँ । त्यसैले मेरो घरमा बस्नेले पनि घरबाट खर्चपर्च ल्याउने गर्दैनथे र ल्याउनुपर्छ भनेर पनि भनिदैनथ्यो । सामान्य काम गर्ने बेग्लै कुरा हो, मेलाको काम गर्नुपर्दैनथ्यो । आफूले खाने खाना पकाउने, भाँडा माझ्ने, दाउरा पानीको जोहो गर्नु ठूलो कुरा भएन । घरमा भएको गोरसपात विद्यार्थीले खान पाउँथे । पढाइ सकेर बिदा हुँदा गुरुलाई गुरुदक्षिणा दिने चलन पुरानै हो । त्यसरी गुरु दक्षिणा हामीले पनि दिइयो र श्रद्धाले दिएको लिइयो पनि ।तर यति चाहिन्छ उति चाहिन्छ भनेर भनिएन ।
तम्घासको पुराना जमानाको पठनपाठनलाई सम्झँदै ताराप्रसाद पाण्डे (कोले) (१९९९) यसो भन्नुहुन्छ— मैले सामान्य अक्षर चिनारी मेरो बुबा शोभाखर पाण्डे र दाजीहरूबाट गरेँ । अक्षर चिनीसकेपछि त्यस बेला विभिन्न स्तोत्रावली, दुर्गाकवच, सप्तशती चण्डी, रुद्रि, वेद, चिठी, तमसुक जस्ता घरायसी लिखतहरू लेख्न, पढ्न सिक्ने परम्परा थियो । यसैका लागि उधिनढुङ्गाका पं. दुर्गाप्रसाद पन्थी (बुढारे) का घरमा जाने व्यवस्था बुबाले मिलाइदिनुभएको थियो ।

पुरानू गुरुकुल परम्पराको पढाइ थियो त्यो । दुर्गाप्रसाद गुरु हामीहरूका पुरोहित पनि हुनुहुन्थ्यो । उहाँकहाँ पढ्न जाने केटाकेटीहरू सबैजसो उहाँका यजमानका लालाबाला थियौँ । त्यसैले होला हामीलाई पढाए बापत भनी उहाँले केही पनि लिनुहुन्नथ्यो । पढाइ बिहानमा हुन्थ्यो । पाठ लिने (सन्था लिने) र पाठ बुझाउने गर्नुपथ्र्यो । लेख्नभन्दा पढ्न

वि.सं. २००८ सालतिरको कुरा हो, भारतको ऋषिकेशबाट धेरै विषयको ज्ञान भएका योगी महाराज तम्घासमा आउनुभएको थियो । उहाँले उधिनढुङ्गाका पौवामा बसेर स्थानीय केटाकेटीलाई आधुनिक शिक्षा दिने विचार गर्नुभयो । अभिभावकको सरसल्लाहले हामीहरू पनि योगी महाराजसँग पढ्न जाने भयौँ । उहाँलाई खाने निर्वाहका लागि आलोपालो खर्च लगिदिने गथ्र्याँै । बसेको ठाउँ र भाँडाकुँडा सफा गरिदिने गरेर गुरुको सेवा गथ्र्यौ । उहाँले हामीलाई अङ्ग्रेजी पनि सिकाउने गर्नुहुन्थ्यो । यसरी सिक्नेमा चन्द्रप्रसाद श्रेष्ठ, मथुराप्रसाद श्रेष्ठ, धर्मराज पाण्डेसमेतका १०, १२ जना थियौँ । जोगीले गाईखाने विद्या (अङ्ग्रेजी) पढाए भन्ने हल्ला छिमेकमा हुन थाल्यो । यो कुरा योगी गुरुलाई पनि थाहा भएछ । अनि गुरुलाई सनक चढेछ, गुरु हिँडिहाल्नुभयो । लगभग चार महिना जति पढेर हाम्रो पढाइ अलपत्रै भएर टुङ्गियो ।
यसैगरी उपल्लो तम्घासमा पं. परशुराम पन्थी (१९७७) र उहाँका बुबाले पनि आफ्नै घर दलानमा स्थानीय बालबालिका पढाउने गर्नुहुन्थ्यो । मरासिनी खलकमा पनि यसरी पढ्ने पढाउने परम्परा थियो । २००९ सालतिर स्थानीय व्यक्तिहरू मिलेर तम्घास चिदिचौरमा छाप्रो बनाई स्कूल खोल्ने काम भयो ।

वि.सं. १९६९(१९५९?) सालमा सरकारी तवरबाट खुलेको रिडी संस्कृत पाठशालाको सुरुआति चरणकै नेतृत्व लिने हेड गुरु ढुण्डिराज पन्थी जन्माउने धुर्कोटमा शिक्षाको ज्योति राम्रोसँग धप्केको कुरा सहजै अनुमान गर्न सकिन्छ । तर पनि स्थानीय स्तरमा औपचारिक शिक्षाको संस्थागत प्रयास हुनु अघिको एक झलक दिँदै खडानन्द भण्डारी (२००० वि.सं.) भन्नुहुन्छ— पढाउन सक्ने, पढ्न चाहनेहरू तम्घास, तानसेन, वाराणसी आदि ठाउँमा जाने गर्थे । ज्योतिष सिक्न पर्वतको पाङ पनि जान्थे । तर स्थानीयस्तरमा आफ्ना नानीहरूलाई हटियाको सुवेदारको पौवामा पढाउने व्यवस्था गरिएको थियो । सुरुमा यहीँकै रिखीराम पन्थी गुरुले पढाउनुहुन्थ्यो भन्ने बूढापाकाबाट भनेको सुनिन्थ्यो ।
हामीले जान्दा यहाँ नयाँगाउँ अरौँदीका प्रह्लाद पोख्रेलले पढाउनुहुन्थ्यो । हामी १५÷२० जना केटाकेटी जम्मा हुन्थ्यौँ । बाँसका सुपलामा बाँसका कलमले लेख्थ्यौँ । सिमीका पात मिचेर आएको रसमा हाँडी वा तावाको कालोमोसो मिसाएर एक नम्बरको मसी बनाइन्थ्यो । भेटिएमा सिसाका भाँडाको मसिनी बनाइन्थ्यो । त्यस्ता सिसी पाइएनन् भने माटाका साना भुर्कामा सो मसी राखिन्थ्यो । केराका पातलाई आगामा सेकाएपछि नच्यातिने र कागज जस्तै नरम पनि हुने रहेछ । आज जस्तो कागज प्रशस्त नभएको अवस्थामा हामीलाई कागजमै लेखेजस्तो आनन्द लाग्थ्यो ।
बाँझकटेरीको विद्यालयविहीन शिक्षाको बारेमा आफ्नो जन्मस्थान र बाल्यावस्था सम्झँदै अर्जुन बोर्डिङ स्कुल तम्घासका प्रिन्सिपल दानबहादुर के.सी.(२००७) यसरी भन्नुहुन्छ— पढ्ने काम हिँउँदमा मात्र हुन्थ्यो । त्यसबेला पढ्नका लागि जम्मा हुने ठाउँ निपाने डाँडा, बिष्टका बारी, पञ्चमी पोखरी र खोला खेत थिए । धेरैजसो केटाकेटीलाई यीमध्ये जहाँ पायक पर्छ त्यही जम्मा भइन्थ्यो । नाङ्गो चउर, चौपारी, ढिक, कान्ला यस्तै हुन्थे हामी बस्ने ठाउँ । भिरकटेराका टीकाबहादुर सेन वली (१९७०—२०४९) र भीमबहादुर झाँव्रmीमगर हाम्रा गुरु हुनुहुन्थ्यो । भीमबहादुरका हातमा सधै मुरली हुन्थ्यो । अटेरी केटाकेटीलाई मुरलीको ढुङ्ग्रो गालामा जोडेर गाला निमोठ्ने गर्नुहुन्थ्यो । त्यसो गर्दा एकैछिन रहने गरी गालामा मुरलीको बाटुलो डाम बस्थ्यो । हामीले अक्षरको राम्रो आकार बनाउन नजान्दा त्यही मुरलीले हाम्रा पाटीमा डाम लगाइदिनुहुन्थ्यो । अहिलेका अभ्यास पुस्तिकामा हुने थोप्ले अक्षर “डट लेटर” को त्यो प्रारूप थियो क्यारे । यो मेरो टेक्ने, यो मेरो छेक्ने, परिआउँदाखेरि पुर्पुरो सेक्ने भने जस्तै थियो हाम्रो गुरुको मुरली ।

हामी राम्ररी अङ्क अक्षर चिन्ने, शब्द वाक्य लेख्न जान्ने भइसकेपछि मरभुङतिरबाट रेश्मीराज गुरु आउनुभयो ।उहाँले संस्कृत पढाउनुभयो । विभिन्न स्तोत्र, चण्डी, कौमुदी पढाउनुभयो । यसपछि स्कुले शिक्षाका लागि तम्घास, पाल्पाजस्ता ठाउँतिर लागियो । उहाँहरूलाई के दिइयो भन्ने कुरा बुबाहरू मिलाउनुभयो होला । हामीलाई उति ख्याल रहेन । पूर्व अञ्चलाधीश सूर्यबहादुर सेन ओली (१९९६) लाई मैले भनेको थिएँ–हजुर सानो छँदा स्थानीय स्तरमा विद्यालय नहुँदा अक्षर चिन्ने, पढ्ने काम कसरी भए होला ?
हामीले पढ्दा हिउँदमा मात्रै पढ्ने चलन थियो । मेरो बुबा घनबहादुर सेन ओली (१९६९—२०४९) भारतमा सुवासचन्द्र बोसको अङ्ग्रेज हटाऊ फौजमा लाग्नुभएको रहेछ । त्यहाँ हुँदा पढालेखाको मानमनितो देखेर सन्तान पढाउनुपर्ने रहेछ भन्ने लागेको रहेछ । उहाँ घर फर्की आएपछि अरू छिमेकलाई समेत सो कुरा बुझाई कान्छोबुबा टीकाबहादुर सेन ओली पढाउनको लागि तयार हुनुभयो । उहाँले (कान्छोबुबा) आफ्नो गोठमा पढाउन लाग्नुभयो । पढाउनेलाई मासिक डेढरुप्पे दाम, २÷४ माना चामल, चामल नहुनेले मकैको आटो, १०÷१२ दाना आलु, १÷२ मुठी घिउ लगिन्थ्यो ।
मङ्सीरदेखि चैतसम्म हाम्रा पढ्ने दिन हुन्थे । मकै छरेपछि पढाइ सकिन्थ्यो । कान्छाबुबाले ऐन स्रेस्ता, गणित (जोड, घटाउ, गुणन, भागा) नेपाली स्रेस्ता, चिठी, तमसुक, बन्धक (दृष्टि, भोग, लख) फार्से राजीनामा आदि पढाउनुभयो । पुनाराम भुुसालले आफ्नै घरमा ज्योतिष पढाउनुहुन्थ्यो ।

त्यस बेला अङ्ग्रेजी पढ्नुपर्छ भन्ने सोच अभिभावकमा आएको थियो । अग्लुङका एक जना बिष्टकी छोरीले प्रेम विवाह गरी एक जना भारतीय श्रीमान् ल्याएकी थिइन् । उनीहरू अग्लुङ हिराबहादुर बोहोराका घरमा डेरा गरी बस्थे । ती भारतीयसित अङ्ग्रेजी पढ्न भनी केटाकेटी जम्मा हुने रहेछन् । मेरो बुबाले मलाई ओख्लेदह बस्ने र अग्लुङ हिराबहादुरका घर गई तीनै भारतीयसित पढ्ने व्यवस्था मिलाइदिनुभयो । ती भारतीय भागेर भारततीर लागेपछि घरतिर फर्कियो ।
यसपछि बुबाहरूले बाग्लुङ रजबाराका बेगमबहादुर शाहीलाई अङ्ग्रेजी पढाउन भनी ल्याउनुभयो । शाही गुरुले १५÷१६ जना केटाकेटी जम्मा गरेर अङ्ग्रेजी पढाउन लाग्नुभयो । भारतीय गुरुबाट रोमन लेखाइ पढाइ सिकिएको थियो । बेगम गुरुले स्पेलिङविना अङ्ग्रजीका शब्दार्थ घोकाउनुहुन्थ्यो । एक सय शब्द जानेपछि कक्षा १ पास भएको मानिन्थ्यो ।मैले एक हजार शब्द जानेँ र दस कक्षा पास गरेको भएँ विना प्रमाण पत्रको मौखिक योग्यता ! तीन महिनापछि बेगम गुरु फिर्ता हुनुभयो र स्थानीय मिजबहादुर सेन ओलीले (१९७४—२०३६) पढाउन लाग्नुभयो । म भने तम्घासको स्कूलमा पढ्ने भनी घरबाट हिडेँ ।

तम्घास स्कूलमा मलाई कक्षा तीनमा राख्ने भए । साना भुरासँग बसेर पढ्न मन परेन र पढिनँ । बरु कान्छा बुबाले पढाएको ऐन श्रेस्ता, नेपाली श्रेस्ताको सीप बेच्न लागेँ लेखन्दास बनेर । त्यसबेला (२०१०÷११ साल) महिनाको २० देखि ६० रुप्पेसम्म कमाउँथेँ ।
केही समयपछि तानसेन गएर पढ्ने भनी तानसेनतिर लागेँ । त्यहाँको एउटा स्कुलमा भर्ना हुन लाग्दा अङ्ग्रेजी जाने नजानेको सोधपुछ हुँदा एक हजार शब्द जानेको कुरा गर्वकासाथ भनेँ । अनि मलाई “मदरल्यान्ड”भन्ने निबन्ध पढ्न दिए । स्पेलिङ नदेखी नेपालीमा शब्द घोकेकोले मलाई अङ्ग्रजी पढ्न निकै गाह्रो प¥यो । मैले “मोथर लान्ड” उच्चारण गरेँ । यो सुनेर एकजना तरुनी मरीमरी हाँसिन् । मलाई निकै लाज लाग्यो । किनकी म पनि तन्नेरी भैसकेको थिएँ । अनि प्राइभेट रूपमा २ वर्ष पढेर तेस्रो वर्ष ९ कक्षामा भर्ना भएँ ।
हाल नेपालकै शिक्षित जिल्लाको रूपमा चिनिने अर्घाखाँची गुल्मी जिल्लाको विद्यालय शिक्षापूर्वको कहानी कति तपस्यामय देखिन्छ । यी र यस्तै शैक्षिक इतिहास पढेर आफ्ना पूर्वजप्रति गौरव गर्नुपर्छ । अन्धकारमा बत्ती बाल्नु साँच्चै ठूलो कुरा हो । हार्दिक नमन ती अनवरत शैक्षिक उत्थानका लागि लाग्ने पूर्वजप्रति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?