ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

देखासिकी बढ्यो बालविवाह

प्रदेशमा बालविवाह न्यूनीकरण सम्बन्धी रणनीति बनेको भएपनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । बालबालिकाहरूले बढ्दो प्रविधिको दुरूपयोग गर्दैै अर्काको देखासिकी गर्दा बालविवाह बढ्दै गएको हो ।
१२ पुष २०८०, बिहीबार
१२ पुष २०८०, बिहीबार

लमही, १२ पुस । दाङ जिल्ला लमही नपा ५ कि नाम परिवर्तन रिता केसी १४ बर्षको उमेरमा बिहे गरिन । पढ्दा पढ्दै सानै उमेरमा मायाजालमा परेर बिहे गरेकी मायालाई अहिले छुट्टिएर बस्नु परेको छ । १४ वर्षमा विहे गरेकी माया १५ बर्षमा बच्चाको आमा बनीन् । विहे भएको वर्ष श्रीमानको माया पाएर बसेकी उनको जीवनमा बच्चाको जन्मपछि श्रीमान र घरपरिवारको मेल हुन नसके पछि उनी २० बर्ष नपुग्दै वैदेशिक रोजगारिको लागि दुबइ लागेकी छिन । अन्ततः छुट्टीएर बस्नुपर्ने बाध्यता आईलाग्यो । पढ्दापढ्दै, हुर्किदा हुर्किदै अहिले पछुताउँदै जीवन विताउँदै छिन् । “पढ्ने समयमा मोबाईल चलाउनु, बाआमाले भनेको नमान्नुले आज जीवन तहसनहस भयो । नत पढाई छ नत कुनै सिप । जिन्दगी चलाउँन मुस्कील भईसक्यो । ” रिताले दुखेसो पोखीन ।

यस्तै लमही ४ कि नाम परिवर्तन सिता वलीको पनि मोवाईल प्रयोग गरेर विवाह भयो । अहिले माईतमै एक्लो जिवन बिताइरहेकी छिन् । मोवाईलबाट फोन सम्पर्क भयो कुरा भयो माया बस्यो अनी बिहे भयो । पढ्दा पढ्दै भागेर बिहे गरेकी सिताको जीवनमा धेरै उतारचढावहरू आए । उनी श्रीमान, घरपरिवारबाट धेरै अपहेलना सहनु परेको बताउँछिन् । पढाई छाडेर सानै उमेरमा बिहे गरेकी सिता उमेर नपुग्दै बच्चाको आमा बनीन् । शारीरिक र मानसीक यातना सहन नसकेपछि अहिले बच्चा आमा माईतीमा बस्छन् । यी पात्र मात्र हुन । उनीहरू जस्तै धेरै बालिकाहरू बालबिवाह गरेका छन ।

अभिभावकहरू भने यसमा अनविज्ञ जस्तो गर्छन् । अभिभावक भएपनि बच्चाहरूको रेखदेख भन्दा घरको कामकाजमा ब्यस्त देखिन्छन् । “पढ्नका लागि विद्यालयमा पठाएपछि बच्चा सुध्रीन्छन् , सहि बाटो लाग्छन् भन्ने लाग्छ । कहिले काहिँ आफूले सम्झाई बुझाई गरिन्छ । स्थानीय पालिकाले पनि सचेतनामुलक कार्यक्रममा अभिभावकहरूलाई सहभागी गराउँदैन । कुनै कार्यक्रममा नबोलाउँदा केही जानकारी हुँदैन । घास दाउरामै आफू ब्यस्त हुन्छौँ ।” अभिभावक कमला वली भन्छिन । बालविवाह न्यूनीकरणका लागि बिभिन्न संघसंस्थाले पनि काम गरिरहेका छन । सिडका कार्यकारी निर्देशक भागिराम चौधरीले भने कार्यक्रम प्रभावकारी भएको र बालबिबाह घट्दै गएको दाबी गरे ।

लमही नगरपालिका कि उपमेयर लक्ष्मी योगि रणनीति अनुशार नै स्थानीय पालिकाले कार्यक्रम संचालन गरिरहेको बताउँछिन । “२०७८ सालमा बालबिबाह न्यूनीकरणका लागि दश वर्षे रणनीति बनेको छ । सोहि अनुशार पालिकामा सचेतनामुलक कार्यक्रम विद्यालयहरूमा, टोलटोलमा र अभिभावक र बालबालिका संगै राखेर कामर्यक्रम गरिरहेको छ । पहिलेको तुलनामा अहिले धेरै बालबालिका अभिभावक सचेत भएका छन् उनले भनिन ।

लुम्बिनी प्रदेशका बालअभियानकर्मी पोमनारायण पौडेलले भने बालविवाह अन्त्य गर्न लुम्बीनी प्रदेशले रणनीतिका साथ कार्यक्रम गरिरहेको र रुकुम, रोल्पा, दाङ, नवलपरासी लगायतका केही जिल्लामा बालबिबाह बढ्दो अवस्थामा रहेको बताउँछन । आर्थिक, सामाजिक, सास्ंकृतिक रूपले पछाडि परेको सुमदायमा बालविवाह अत्यधिक रहेको हुने गरेको बताए । उनले लुम्बिनी प्रदेश बालबिबाह गर्ने नेपालको दोस्रो प्रदेशको रूपमा रहेको बताउँछन ।

बालअभियानकर्मी पौडेलका अनुशार –“२०७८ को जणगनणा अनुसार विभिन्न गैर सस्ंथाहरूको समन्वयमा लुम्बिनी प्रदेशलाई २०३० सम्म बालबिबाह अन्त्य गर्न बालबिबाह अन्त्य सम्बन्धी रणनीति २०७८ अनुमोदन गरेर अगाडि बढाउने काम भएको छ । प्रदेशले मात्र नभएर पालीका तहले पालीका स्तरीय रणनीति तयार गरेर कार्यक्रम गर्दै जाने हो र तर अपेक्षा अनुशार काम नभएको र सम्बोधन भएको छैन । अन्तर्राष्ट्रिय प्रतीवद्धता र प्रदेशको रणनीति अनुसार कार्यान्वयन नभएको पाइएको छ । २०७८ को पछिल्लो जनगणनाको प्रतिवेदन अनुशार लुम्बिनी प्रदेशमा १० देखि १५ वर्ष उमेर समुहका बालबिबाह गर्नेको औसत दर ७.४ प्रतिशत, १५ देखि १७ वर्ष उमेर समूहका २४.४ प्रतिशत र १८ देखि २० वर्ष उमेर समूहका ३६.२ प्रतिशत रहेका छन् । जसमा विवाह गर्ने सरदर उमेर १९ वर्ष छ त्यसमा बालिका १८ वर्ष र बालक २० वर्षको हुनेछ । तर २० वर्ष भन्दा कम उमेरमा धेरैको बिबाह भईसकेको पाइएको छ । ‘लुम्बिनी प्रदेश सामाजिक विकास माहाशाखाका उपसचिव सारदा बेल्वासेले भने लुम्बीनी प्रदेशले भने बालबिबाह बिरुद्ध स्थानीय सरकार र बिभीन्न संघ संगठन संगको सहकार्यका काम गर्दै आएको बताइन ।

उनले बालबिबाह विरुद्ध चेतनामुलक कार्यक्रम, गैर सरकारी संघ सस्ंथाहरूको समन्वयमा प्रदेश स्तरको कमीटि गठन, स्थानीय तहसंग सहजीकरण, साझेदारी गर्ने, जिल्लाका उपाध्यक्षहरूलाई गोष्ठी, तालीम दिईराखेको बताइन । लुम्बीनी प्रदेश प्रहरी कार्यालयमा बालबिबाहको उजुरी विवाह भएको भन्दा कम मात्रामा दर्ता भएको प्रहरीको भनाइ छ । बाल विवाह न्यूनीकरण सम्बन्धि रणनीति बनेको बर्षौ वित्यो तर समस्या हिजो मात्र नभई आज पनि उस्तै देखिन्छ । बालविवाह गर्नु गराउनु दण्डनीय मानिन्छ तर बिभिन्न कारणलेसमाजमा बालविवाह भैरहेको छ । अझै बढ्दो प्रविधिको विकासले बालबिबाह हुने क्रमलाई बढवा दिदै आएको पाइन्छ । बाल बिबाहको असर बहुआयामीक छ अझै त्यसले शारीरीक, मानशिक समस्या लगायत अन्य थुप्रै समस्या निम्त्याउँछ । यी यस्ता विषयहरू जान्दाजान्दै पनि मानिस अवुझ भईदिँदा विभीन्न समस्यामा अल्झीनुपर्ने बाध्यता छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?