ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान
१२ औं वार्षिकोत्सव विशेष

साख फर्काउदै आयुर्वेद

वि.सं २०४८ सालमा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीको आयुर्वेद चिकित्सालय हाल ३० शैया सुबिधा सहितको प्रादेशिक आयुर्वेद अस्पताल ५० शैयामा संचालन गर्ने योजना बनाएको छ । यहाँ चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवाहरू प्रभावकारी रूपमा संचालन भइरहेका छन् । चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायतका रोग निदान गर्दै आएको छ ।
११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

प्युठानका शेरचन्द्र गिरिले पाचन सम्बन्धी समस्याको उपचारको लागि बुटवलमा नाम चलेका क्लिनिक चहारे । नाम चलेका डाक्टरसँग परामर्श लिएर उपचार गराए । औषधि खाँदा मात्रै निको भएजस्तो हुने समस्यामा कसैबाट उनले आयुर्वेदिक अस्पतालको बारेमा जानकारी पाए । उनी अस्पताल खोज्दै बुटवल देवीनगरमा रहेको लुम्बिनी आयुर्वेदिक चिकित्सालय पुगेर आयुर्वेद डाक्टरसँग परामर्श गरे । डाक्टरले सिफारिस गरे अनुसारको आयुर्वेदिक औषधि चिकित्सालयले निःशुल्क उपलब्ध गरायो । केही दिनको औषधि सेवनपछि गिरीले स्वास्थ्यमा प्राकृतिक रूपमै सुधार भएको महसुस गरेका छन् । अचेल कसैले उनलाई स्वास्थ्य समस्याको बारेमा परामर्श माग्दा उक्त अस्पतालको बारेमा बताईदिन्छन् । गिरि मात्र हैन, कोरोना महामारिपछि धेरै मानिसहरू आयुर्वेदिक स्वास्थ्य सेवातर्फ आकर्षित भएका छन् र विगतमा गुमनाम रहेका आयुर्वेदिक स्वास्थ्य संस्थाहरूमा अचेल बिरामीको चहलपहल देखिन थालेको छ ।

वि.सं २०१७ सालमा पाल्पाको रामपुरमा स्थापना भएको रामपुर आयुर्वेधिक औषधालय २०४३ सालमा लुम्बिनी अंचल आयुर्वेदिक औषधालयको रूपमा बुटवलमा सरेको थियो । बुटवलको देवीनगरमा लामो समयदेखि आयुर्वेदिक औषधालय संचालन भएपनि बुटवलकै वासिन्दालाई पनि त्यसको जानकारी थिएन । जानकारी पाएकाहरूपनि आयुर्वेद चिकित्सामा विस्वास नगरेर आधुनिक चिकित्सा सेवाको खोजीमा अन्यत्र जाने गर्दथे । एक दशक अघिसम्म गुमनाम जस्तै रहेको लुम्बिनी आयुर्वेदिक औषधालय अहिले आयुर्वेदिक चिकित्सालयको रूपमा रूपान्तरण भएको छ । भौतिक संरचना मात्र बदलिएको छैन, चिकित्सालयले सेवा प्रवाहमा समेत गुणस्तरीय फड्को मारेको छ । चिकित्सालयमा दैनिक १०० जनासम्मले ओपिडि सेवा लिन थालेका छन् । चिकित्सालयमा प्रयोगशाला, स्नेह स्वेदन (पुर्वकर्म) द्वारा उपचार सेवा, योग कक्षा संचालन समेत प्रदान गर्दै आएको छ । चिकित्सालयले १५ बेडको अन्तरंग सेवा संचालन गरि बिरामी भर्ना गरेर उपचार गर्न शुरु गरिसकेको छ । चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तव भन्छन, “ हाम्रो आफ्नै पारम्परिक उपचार पद्धति भएपनि आयुर्वेदिक चिकित्साको प्रचारप्रसार र सेवा विस्तार नहुँदा आयुर्वेदिक उपचार लिन खोज्नेहरू थोरै थिए । अहिले मानिसले आयुर्वेदिक उपचारको सेवा बुझ्न थालेका छन् र आयुर्वेदिक उपचारले रोग निको हुन्छ भन्ने बुझेका छन्, चिकित्सालयमा सेवा सुबिधा थपिएकोले सेवा प्रदान गर्न सहज भएको छ । त्यसैले अहिले आयुर्वेदिक उपचारमा मानिसको आकर्षण देखिएको छ । आयुर्वेदिक औषधालय र चिकित्सालयमा आवस्यक पूर्वाधार र औषधि उपलब्धतामा वृद्धि गर्न सकियो भने आयुर्वेदिक सेवाबाट देशकै स्वास्थ क्षेत्रले फड्को मार्न सक्छ ।”

अहिले लुम्बिनी आयुर्वेदिक चिकित्सालय अन्तर्गत रूपन्देही जिल्ला करहिया, मानपकड़ी, हाटीवनगाई, मझगावा, रुद्रपुर, सुरजपुरा आयुर्वेदिक औषधालयहरूले सेवा दिइरहेका छन् । यसैगरी जिल्लाका ३ स्थानमा नागरिक आरोग्य केन्द्रहरू संचालित छन् ।

वि.सं २०४८ सालमा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा स्थापना भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय हाल ३० शैया सुविधा सहितको प्रादेशिक आयुर्वेद अस्पतालको रूपमा संचालन भैरहेको छ र लुम्बिनी प्रदेश सरकारले चालु आ.ब.मा ५० शैयामा सन्चालन गर्ने योजना बनाएको छ । यहाँ पनि दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवाहरू प्रभावकारी रूपमा संचालन भइरहेका छन् । चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायतका रोग निदान गर्दै आएको छ । चिकित्सालयमा क्षारसूत्र सेवा शुरु भएपछि पायल्स, फिस्टुला, फिसररोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । चिकित्सालयमा दाङ लगायत डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्यूठान, सुर्खेत, बाँकेबाट समेत उपचारका लागि आउने गरेका छन् ।

लामो समय साबिकको लुम्बिनी अंचल स्तरीय आयुर्वेदिक औषधालयको रूपमा संचालन भएपनि साढे ३ दशक यता स्थानीय आयुर्वेदिक औषधालयको रूपमा संचालन भैरहेको रामपुरको आयुर्वेदिक औषधालय अहिले सुविधायुक्त आयुर्वेदिक अस्पतालको रूपमा संचालनमा आएको छ । रामपुरको १५ बेडको आयुर्वेदिक तथा प्राकृतिक चिकित्सालयले पाल्पाको पूर्वी भाग लगायत स्यांङ्जा, तनहँु र पूर्वी नवलपरासीका विरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

पाल्पाकै सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र २ वटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा १/१ आयुर्वेद औषधालय छन् । रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिइएको छ ।

लुम्बिनी प्रदेशको कान्छो जिल्ला रुकुम पूर्वमा आयुर्वेदिक केन्द्रको रूपमा रुकुमकोटमा औषधालय स्थापना भएको अढाई वर्ष पुगेको छ । लुम्बिनी प्रदेशको जडिबुटीको खानि भनेर चिनिने रुकुम पूर्वमा आयुर्वेदिक उपचार सेवालाई विस्तार गर्ने र आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई जिल्लाभरी फैलाउने अभियानमा आयुर्वेदिक केन्द्र लागिरहेको केन्द्रका प्रमुख विष्णुराज आचार्य बताउँछन् । बुटवलको लुम्बिनी आयुर्वेदिक चिकित्सालयलाई वर्तमान अवस्थामा ल्याई पु¥याउन महŒवपूर्ण भूमिका खेलेका आचार्यले रुकुमकोटको आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई हिमाली जिल्लाको अब्बल स्वास्थ्य केन्द्र बनाउने मात्र नभई जिल्लाको महŒवपूर्ण जडिबुटीको संरक्षण र प्रयोगको बारेमा जनचेतना वृद्धि गर्ने अभियानमा समेत लगाएको बताउँछन् ।

गुल्मी जिल्लामा एक आयुर्वेद स्वास्थ्य केन्द्र, पाँच औषधालय, चार नागरिक आरोग्य सेवा केन्द्र र एउटा विस्तारित सेवा छन् । गुल्मीको धुर्कोट गाउँपालिकामा वस्तुघाट तथा पिपलधारा, रुरु गाउँपालिकाको रिडी र बलेटक्सार तथा कालिगण्डकी गाउँपालिकाको पूर्तिघाटमा आयुर्वेदिक औषधालय रहेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीको तथ्यांकअनुसार जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरूबाट आर्थिक वर्ष ०७९÷८० मा ४१ हजार तीन सय ५० बिरामीले उपचार तथा औषधि सेवा लिएका छन् ।

२०५३ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको रूपमा सेवा प्रदान गर्न थालेको संस्थाले हाल अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको रूपमा उपचारात्मक, प्रबर्धनात्मक तथा सम्बर्धनात्मक आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अर्घाखाँचीमा एउटा आयुर्वेदिक स्वास्थ्य केन्द्र, २ वटा आयुर्वेदिक औषधालय र ४ वटा आरोग्य केन्द्रहरू रहेका संचालित छन् । पहाडी जिल्ला प्युठानमा एउटा आयुर्वेदिक स्वास्थ्य केन्द्र, ३ वटा आयुर्वेदिक औषधालय र ४ वटा नागरिक आरोग्य केन्द्रहरू रहेका छन् भने रोल्पामा एउटा केन्द्र, दुईवटा औषधालय र ४ वटा आरोग्य केन्द्रले आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

कपिलवस्तु जिल्लाको तौलिहवामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पटकपटक लुम्बिनी प्रदेशको उत्कृष्ट स्वास्थ्य सस्थाको रूपमा प्रदेश सरकारबाट सम्मानित भैसकेको छ । केन्द्रबाट २०७९/०८० मा ७९ हजार तीन सय ३६ जनाले सेवा लिएका थिए । कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा केन्द्रको आफ्नै भवन निर्माण भैरहेको छ । यो भवनको निर्माण पुरा भएपनि जिल्लाबासीले स्तरीय आयुर्वेदिक स्वास्थ्य सेवा पाउनेछन् । तौलिहवाको केन्द्र बाहेक कपिलवस्तु जिल्लामा ४ वटा आयुर्वेदिक औषधालय र ५ वटा नागरिक आरोग्य केन्द्रहरू संचालित छन् ।
बाँके जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जको रानी तलाउस्थित आफ्नै भवनमा संचालनमा रहेको छ । जिल्लाको जयसपुर्, भवनियापुर्, कोहलपुर्, परसपुर र टिटीहिरियामा आयुर्वेदिक औषधालय संचालित छन् भने राप्ति सोनारी, नरैनापुर तथा खजुरामा नागरिक आरोग्य केन्द्रहरू संचालनमा रहेका छन् । बर्दिया जिल्लामा एउटा आयुर्वेद केन्द्र, ५ वटा आयुर्वेदिक औषधालय र ४ वटा नागरिक आरोग्य केन्द्र रहेका छन् । ठूलो जनसंख्या क्षेत्रफल ओगटेको भएपनि नवलपरासी पश्चिममा एउटा आयुर्वेदिक केन्द्र र २ वटा आयुर्वेदिक औषधालयले मात्र सेवा दिइरहेका छन् ।

लुम्बिनी प्रदेशमा रहेका एउटा प्रादेशिक आयुर्वेदिक अस्पताल, २ वटा आयुर्वेदिक चिकित्सालय, १० वटा आयुर्वेदिक स्वास्थ्य केन्द्र, ४५ वटा आयुर्वेदिक औषधालय, ४२ वटा नागरिक आरोग्य केन्द्र र २ वटा बिस्तारित सेवा केन्द्र संचालित छन् । यी स्वास्थ्य सस्थाबाट आ.ब.२०७९/८० मा ५ लाख ६ हजार १३ जनाले आयुर्वेदिक तथा वैकल्पिक स्वास्थ्य सेवा लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य उपचारका बैकल्पिक उपायहरू अवलम्बन र प्रवर्द्धन गर्ने नीतिलाई प्रदेशको प्रथम आवधिक योजनामा समावेश गरेको छ । यो नीतिलाई सम्बोधन गर्न आयुर्वेद पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि उपयुक्त संरचनाको विकास र आयुर्वेदिक औषधि उत्पादन वृद्धि गरिनुका साथै आयुर्वेद तथा जडीबुटीका नाममा हुने अनुचित गतिविधिहरूलाई नियमन र नियन्त्रण गर्ने रणनीति निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको चालु वर्षको नीति कार्यक्रममा राप्ति प्रादेशिक आयुर्वेदिक चिकित्सालयलाई ५० शैयाको अस्पतानामा स्तरवृद्धि गर्ने, बुटवलको लुम्बिनी आयुर्वेदिक चिकित्सालयको १५ शैयाको अन्तरंग सेवालाई निरन्तरता दिने, राप्तीमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र बनाउने तथा सबै आयुर्वेदिक सस्थाहरूमा पञ्चकर्म सेवा शुरु गर्ने कार्यक्रम अघि सारिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आयुर्वेदिक तथा वैकल्पिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विकास तथा विस्तार गरि सबै नागरिकको पहुँचमा पु¥याउने कुरा आफ्ना नीति तथा कार्यक्रमहरूमा समेटेको भएपनि पूर्वाधार विस्तार, प्रचारप्रसार निकै सुस्त छ । कोरोनाकालका आयुर्वेदिक स्वास्थ्य सेवातर्फ प्रदेश सरकारको विशेष ध्यान पुगेको देखिएपनि वर्षौदेखि आयुर्वेदिक स्वास्थ्य सेवा दिने सस्थाहरूको संख्या वृद्धि हुन सकेको छैन भने आयुर्वेदिक स्वास्थ्य संस्थाहरूमा आवश्यकता अनुसारको जनशक्ति उपलब्ध नहँुदा स्वास्थ्य सेवा प्रभावित भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?