ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन
१२ औ वार्षिकोत्सव विशेष

जनता सुसार्दै प्रदेशका राणाकालिन अस्पताल

अस्पतालमा १२ शैया एनसियू र १३ शैया एसएनसियूको सुबिधा छ । बार्षिक ३ लाख बढिले उपचार सेवा लिने अस्पतालमा अहिले ५ सय शैया भएपनि अस्पतालमा अझै पनि पर्याप्त चिकित्सकको अभाव छ ।
८ पुष २०८०, आईतवार
८ पुष २०८०, आईतवार

लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा राणाकालमै सञ्चालनमा आएका अस्पतालहरूमा अझै पनि स्थायी जनशक्ति र पूर्वाधारकै समस्या देखिएको छ । बि.सं. २००० साल र त्यसअघि स्थापित अस्पतालहरू बिभिन्न समयमा स्तारोन्नतिको निर्णय भएको भएपनि कतिपयको पूर्वाधार अझै पनि जीर्ण छ भने कतिपयमा सरकारले तोकेका स्थायी जनशक्तिको अभाव देखिएको छ । अहिले अस्पतालमा तोकिएको चिकित्सकको स्थायी दरबन्दी भएपनि प्रदेशको स्वास्थ्य ऐन आउन बर्षौं लागे सँगै अस्पतालमा पर्याप्त स्थायी दरबन्दी नभएको भेटिएको हो ।
पाल्पा अस्पताल बि.सं. १९९० ताका स्थापना भएको हो । अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको भएपनि अहिले अस्पताल २५ शैयामा मात्रै सञ्चालनमा छ । अस्पतालमा २६ जनाको स्थायी दरबन्दीसहित अहिले ८१ जना कार्यरत छन् । अस्पतालमा अहिले १ जना छाला रोग बिशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन् । मेडिकल अधिकृततर्फ ४ जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा ३ जना मेडिकल अधिकृत अध्ययन बिदामा भएकाले करार र छात्रबृतिका मेडिकल अधिकृतको भरमा अस्पताल चल्दै आएको छ । बार्षिक ८० हजार बढि बिरामीले सेवा लिने अस्पतालमा १ जना डेन्टल सर्जन भएकाले दैनिक ३० जना बिरामीले उपचार गराउँदै आएका छन् । अप्रेशन थिएटर (ओटी) नरहेको अस्पतालको नयाँ भवन पुरा नहुँदा सेवा प्रवाहमा समस्या भएको र स्थायी दरबन्दीका बिशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतको अभाव रहेको अस्पतलाका सूचना अधिकारी डाक्टर बिवेक भण्डारीले जानकारी दिए ।
उता, वि.सं.१९६८ सालमा पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पताल स्थापना भएको थियो । पाल्हीमाझ खण्डको हुलाकी राजमार्ग लक्षित गरि परासीमा स्थापित अस्पतालमा नेपाली मात्रै नभई भारतीय बिरामीले पनि सेवा लिँदै आएका छन् । अस्पतालले निकट भविष्यमै दुई प्रकारको प्याथोलोजि (ल्याब) केन्द्रीय ल्याब र आकस्मिक ल्याब सञ्चालन गरिनुका साथै मृगौलाका बिरामीका लागि डाईलासिस सेवा पनि चलाउने योजना छ । पूर्वाधार भएरपनि एक जना फिजिसियन र एक जना एनेथेसियोलोजिष्टको अभावले आईसियुु सेवा सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.किरण पाण्डे बताउँछन । यसका लागि ५० शैयाको नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।
बि.सं. १९९७ सालमा स्थापना भएको प्रदेशकै पश्चिम क्षेत्रको अन्तिमको जिल्ला बर्दियामा बर्दिया अस्पताल रहेको छ । शूरुमा त्रि–जुद्ध अस्पतालको नाम बाट स्थापित यो अस्पताल आ.व. २०७२ मा जिल्ला अस्पतालबाट स्तरोन्नति भई ५० सैयाको अस्पतालमा परिणत भएको हो । यस अस्पतालमा मुख्य गरेर जनशक्तिकै अभाव देखिएको छ । बार्षिक १ लाख १५ हजार बढि बिरामीले सेवा लिँदै आएको यस अस्पतालमा १ जना पनि बिशेषज्ञ चिकित्सक छैनन् । ४ जना मेडिकल अधिकृतको स्थायी दरबन्दी रहेको यस अस्पतालका ३ जना मेडिकल अधिकृत अध्ययन बिदामा छन् । जसका कारण करार र छात्रबृत्तिमा रहेका मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन हुँदै आएको अस्पतालका सूचना अधिकृत केशव न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अस्पतालमा अहिले करार र छात्रबृत्ति र स्थायी गरि ३ जना बिशेषज्ञ डाक्टर, ६ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन र १ जना अर्थोपेडिकले सेवा प्रवाह गर्दै आएका छन् ।
नेपालगञ्जस्थित भेरी अस्पताल बि.सं. १९४७ स्थापना भई बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको यस अस्पतालको २ सय शैया क्षमता भए पनि सबैजसो शैया अहिले बिरामीको चापले भरिने गरेको छ । अस्पतालमा ४१ बिशेषज्ञ डाक्टर र ३३ जना मेडिकल अधिकृत कार्यरत छन् । व्यवस्थापन समिति, मेडिकल सुपरिटेन्डेनको सहकार्यले पुरानो अस्पताल भएपनि सेवा प्रवाह भने सहज देखिँदै आएको छ । अस्पतालबाट दैनिक १ हजारका हाराहारीमा बिरामीले उपचार सेवा पाउँदै आएका छन । स्थायी दरबन्दी अनुसारको जनशक्ति नहुनु, अस्पतालको भौतिक पूर्वाधार पुरानो हुनु तथा सेवाग्राहीको निरन्तर भिड हुने बिषय चुनौतीपूर्ण रहँदै आएको अस्पतालका सूचना अधिकारी डाक्टर संकेत कुमार रिसाल बताउँछन् ।
बि.सं. १९९० सालमा तीन शैयाबाट रूपन्देहीको भिम अस्पताल संचालनमा आएको हो । सरकारले एक सय शैयाको घोषणा गरेको यस अस्पतालमा अहिले छात्रबृति र मन्त्रालय करारका गरि १३ जना बिशेषज्ञ डाक्टर कार्यरत छन । त्यसैगरि अस्पतालमा मेडिकल अधिकृततर्फ स्थायी तर्फ ३ जना र करारका ५ जना डाक्टर कार्यरत रहेका छन । बार्षिक १ लाखको हाराहारीमा बिरामीले उपचार सेवा लिने अस्पतालमा स्थायी दरबन्दी पूर्ण छैन । अन्य जिल्ला अस्पतालको तुलनामा बिशेषज्ञ डाक्टरको उपलब्धता तथा २४ घण्टे सिएस डेलिभरी सेवा र फार्मेसी सेवा अस्पतालका सबल पक्ष रहेका छन । त्यसै गरि ईमरजेन्सीतर्फ पनि अन कल ड्युटीलाई अन ड्युटी बनाईए सँगै सेवाग्राहीको चाप बढ्न थालेको छ । तर पनि नयाँ प्रसूति भवनको अभाव, एनआईसीयुको अभाव र नयाँ बनेको भवन हस्तान्तरण नहुँदा सेवा प्रवाहमा समस्या पर्दै आएको अस्पतालका सूचना अधिकारी डाक्टर आरिफ हुसेन बताउँछन् । अस्पतालमा करार अवधी सकिएपछि समयमै अन्य डाक्टर नआउँदा सेवा प्रवाह प्रभावित हुने गरेको उनको अनुभव छ ।
हालको लुम्बिनी प्रादेशिक अस्पताल बि.सं. १९६७ फागुन १५ गते स्थापना गरि २०७५ साल माघमा स्तरोन्नति गरिएको हो । स्थापना हुँदा दुई जना चिकित्सक र ६ शैया रहेको अस्पतालमा अहिले बिशेषज्ञ डाक्टर र मेडिकल अधिकृतसहित १ सय ५० चिकित्सक कार्यरत छन । अस्पतालमा २ सय ५० जना स्टाफ नर्स तथा प्यारामेडिक्स कर्मचारी गरी ७ सय ७५ जनाको जनशक्ति कार्यरत रहेका छन् । अस्पतालमा १२ शैया एनसियु र १३ शैया एसएनसियूको सुबिधा छ । बार्षिक ३ लाख बढिले उपचार सेवा लिने अस्पतालमा अहिले ५ सय शैया भएपनि अस्पतालमा अझै पनि पर्याप्त चिकित्सकको अभाव छ ।
प्रदेशका राणाकालिन अस्पतालमा अझै पनि पूर्वाधार र जनशक्ति अभाव रहेको बारे बुझ्दा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत समेत रहेका सूचना अधिकारी अमर बहादुर वलीले प्रदेश सरकारले अस्पतालका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी आवश्यकता अनुसार बजेट विनियोजन हुने बताए । “प्रदेश सरकारले स्वास्थ्य ऐन ल्याएको छ । अब नियमावली आएसँगै संघको ओएनएममा कति थप गर्ने वा प्रदेशको ओएनएममा कति थप गर्ने निक्र्याेल भएपछि प्रदेश सरकारले निर्णय गर्छ । अहिले संघको दरबन्दी मात्रै छ, अब प्रदेशको दरबन्दी कति हुने यकिन भएपछि नियुक्ति प्रक्रियामा जान्छ,” उनले भने ।
à

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?