ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

बुटवल–नारायणगढ सडकको दूरावस्थाले होटलमा ५० प्रतिशत ब्यापार गिरावट

सडक विस्तार छिटो पूरा गर्न एनएचएको माग
२९ मंसिर २०८०, शुक्रबार
२९ मंसिर २०८०, शुक्रबार

बुटवल,२९ मंसिर । बुटवल–नारायणगढ सडक विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला होटेल व्यवसायीहरुले माग गरेका छन् । दुई वर्षमा पूरा गर्ने गरी ठेक्का सम्झौता भएको सडक विस्तारको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा शिलान्याश गरेका थिए ।
११४ किलोमिटर लामो यो सडक निर्माणको ठेक्का लिएको चाइना स्टेट कम्पनीले साढे ४ वर्षमा ४० प्रतिशत मात्र काम गरेको छ ।
पर्यटकस्तरदेखि पांचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले सडकको दूरावस्थाकै कारण रुपन्देहीको होटल व्यवसायमा ५० प्रतिशत ब्यापार घटेको दावी गर्दै यथाशीघ्र सडक पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सम्झौता अनुसार यो सडक २०७९ साउनमा बनिसक्नुपर्ने थियो ।

तर कोरोना महामारी र निर्माण सामग्री अभावको कारण देखाएर २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर थप भएको समयमा पनि काम हुन नसकेपछि फेरि एक वर्ष म्याद थपिएको छ ।
१७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा अगाडि बढेको हो ।
हालै गठन भएको एशोसिएसनको पहिलो विस्तारित वैठकले बुटवल–नारायणगढ सडक विस्तारको काम छिटो पूरा गराउन दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष प्रबिणबहादुर पाठकले बताए ।
एशोसिएसनले पर्यटकको बसाई कम्तीमा एक हप्ता लम्ब्याउन बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीलाई केन्द्रमा राखेर चितवन,पोखरा,नेपालगन्ज र बर्दियासम्मको टुर प्याकेज बनाएर काम गरिरहेको भएपनि बुटवल–नारायणगढ सडक विस्तारको काममा भएको ढिलासुस्तीले होटेल व्यवसायमा गम्भीर असर गरेको पाठकले बताए । ‘अहिले पर्यटकको चहलपहल बढ्ने सिजन हो तर निर्माणाधीन सडकको दूरावस्थाले रुपन्देही आउने पर्यटक अन्यत्र डाइभर्ट भएका छन्’–पाठकले भने–‘हिउंदमा धुलाम्य,वर्षा याममा हिलाम्य अनि ठाउं ठाउंमा ट्राफिक जामले तीनघण्टाको यात्रा ६ घण्टासम्म लाग्ने भएपछि रुपन्देही आउने पर्यटकको संख्यामा भारी कटौती भएको छ, ५० प्रतिशत ब्यापार घटेको छ ।’
एकातिर गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु अर्कोतिर पुर्व पश्चिम राजमार्गको मध्य खण्डमा भइरहेको विस्तारको काम सुस्त हुंदा बुटवल र समग्र रुपन्देहीको पर्यटन व्यवसायमा ठूलो असर पुगेको एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनको गुनासो छ । ‘सडक निर्माणका क्रममा बनेका खाडल नपुर्ने तथा नियमित सडकमा पानी नराख्दा धुलो र खाल्टाखुल्टीले जोखिमपूर्ण भएकाले यो सडक भएर आउने पर्यटक घटेका छन्’–गौचनले भने ।
एशोसिएसनका कोषाध्यक्ष पदम केसीले बेलहिया नाका र अध्यागमन कार्यालयलाई आनुनिक प्रविधियुक्त र सुविधासम्पन्न बनाई भारतीय र तेस्रो मुलुकका पर्यटकलाई सहज वातावरण बनाई आकर्षित गर्न सरकारको ध्यान जानुपर्ने बताए । पर्यटकले बोक्ने रकमको सीमा नतोकी चाहे जति रकम ल्याउन दिंदा मात्रै नेपालका पर्यटन व्यवसायीले लाभ लिन सक्ने केसीले औंल्याए ।
अर्की होटल व्यवसायी प्रणदा दीक्षितले भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार नभएको बरु सडकमा पर्यटक चढेका गाडीलाई अनावश्यक चेकजांच गरेर हैरानी दिइएकाले यस्तो प्रवृत्ति रोकिनुपर्ने र सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्था परिमार्जन गरी चुरेको फेंदीसम्म आउन दिनुपर्ने माग गरिन् ।
वैठकमा लुम्बिनीका बिहारहरुमा नियम विपरित सयौं पर्यटकहरुलाई राख्न मिल्ने व्यवस्था हुंदा होटेल व्यवसाय संकटमा परेको भन्दै यसविरुद्ध कानूनी लडाई लड्नुपर्ने आवाज उठेको छ ।
सो अवसरमा सल्लाहकार महेन्द्र नारायण श्रेष्ठ,महासचिव विकास पाण्डे, लगायत पदाधिकारी र सदस्यहरुले व्यवसायिक एकता,मूल्यमा एकरुपता र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरेर मात्रै व्यवसाय दीगो हुन सक्नेमा जोड दिएका थिए ।

यस सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको  थियो ।  तीन जिल्लामा पर्ने नारायणगढ-बुटवल सडक खण्डलाई गैंडाकोट-दाउन्ने र दाउन्ने-बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । गैंडाकोट-दाउन्ने ६५ किमि सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने-बुटवल ४८ किमि सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । दुबैतर्फ काम उस्तै सुस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?