ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
कालिकाको १० औ वार्षिकोत्सव

शिक्षा, सीपसंग प्रविधि जोडेर युवालाई रोक्ने योजना बनाउँ : नगरप्रमुख पाण्डेय

२४ मंसिर २०८०, आईतवार
२४ मंसिर २०८०, आईतवार

बुटवल, २४ मंसिर ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शिक्षा र सीपसंग प्रविधिलाई जोडेर युवा आर्कषणको योजना ल्याउनुपर्ने बताएका छन् । ब्यावहारिक शिक्षामार्फत स्वरोजगार बनाउँदै युवा पलायन रोक्न सकिने सम्भावना रहेको उनले दाबी गरे ।

नगरको विकासको आधार शिक्षा, स्वस्थ्य, सरसफाई र उज्यालो बुटवल भएको दाबी गर्दै यसलाई अघि बढाउन थालेको उनले बताए । शैक्षिक क्षेत्रबाट देशमै कालिकाले उत्कृष्ट काम गरेको उनले बताए । क्याम्पसको विकासलाई अनुसरण गर्दै बुटवल नगरलाई उत्कृष्ट बनाउने उनले प्रण गरे । विद्यालयबाट क्याम्पससम्मको यात्रा र उपलब्धि निक्कै उदाहरणीय रहेको भन्दै उनले शिक्षा पाउने प्रकृति फेरिएको बताए ।

समयसापेक्ष सीप बिनाको शिक्षा अपुरो हुने भन्दै उनले सीप सिकाउने गरी अघि बढाउन जरुरी रहेको बताए । पालिकाबाट सिपमुलक तालिमहरु दिएर युवाहरुलाई स्वरोजगार बनाउने गरी अघि बढाएको उनले बताए । बुटवलबाट मेयर ईलम, उपप्रमुख उद्यम, गृहणी उद्यम लगायत धेरै अभियान चलाएर युवाहरुलाई सीप सिकाउँदै आएको उनले बताए । शिक्षामात्र नभई व्यवहार ज्ञान पनि अगाडि हुने गरी पहिचान बनाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा क्याम्पसका प्राचार्य घनश्याम पाठकले सरकारबाट दीर्घकालिन सोच र योजना नबनाउदा युवाहरु वैदेशिक शिक्षामा पुगेको दुखेसो गरे । युवाहरुलाई देशमै रोक्ने गरि समग्र देशका राजनीतिज्ञहरु लाग्नुपर्ने उनले सुझाव दिए । ‘युवा शक्तिलाई देशमा उपयोग गर्ने योजना बनाउन जरुरी छ’— उनले भने । प्रविधिलाई अंगालेर शिक्षालाई अघि बढाउनुपर्ने उनले बताए । देशलाई समृद्ध बनाउनका लागि युवाको चाहना अनुसार प्रविधि ल्याएर अघि बढाउनुपर्ने सुझाव दिए ।

त्रिभुवन क्याम्पसको सबैभन्दा कान्छो क्याम्पस भएर पनि धेरै उपलब्धि हासिल गरेको उनले बताए । शिक्षाबाट बुटवललाई चिनाउन सकेको भन्दै उनले देशकै ६ वटा उत्कृष्ट विद्यालयमध्ये पहिलो र छैटो विद्यालय रहेको उनले दाबी गरे । यो उपलब्धिलाई यथास्थितिमा राख्ने चुनौती अब आईपरेको उनले बताए ।

अन्नपूर्ण मोडल कलेजलाई सामुदायिकमा गाभेर संचालन गर्ने गरी निर्णय गरिएको समेत बनाए । बुटवललाई धार्मिक, सास्कृतिक, ऐतिहासिक, सामरिक, पर्यटकीय, औद्योगिक नगरीको रुपमा पहिचान गराउन सकिने धेरै सम्भावनाहरु रहेको उनले दाबी गरे ।

युवाहरुलाई देशमा रोक्ने गरि राजनीतिक दलहरु लाग्नुपर्ने अवस्था आएको उनले बताए ।
कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष अर्जुनमान सैजुले शिक्षा सुधारको चासो समुदायको सबैको दायित्व भएको बताए । कति वर्ष पुरानो भएभन्दा पनि दक्षता विकास गर्ने काम युवा वर्ग र आधुनिक प्रविधिको सिकाईबाट हुने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामप्रसाद क्षेत्री, अभिभावक संघ लुम्बिनी प्रदेशका लोकनाथ ज्ञवाली, क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, बिबिएस संयोजक बुद्धिराम चौधरीले क्याम्पसमा शैक्षिक पुरस्कार वितरण अन्तर्गत बिसिए, बिबिएस, शिक्षा समुहको परिक्षामा उत्कृष्ट नतिजा ल्याएका ४२ जना विद्यार्थीहरुलाई नगद सहित पुरस्कार वितरण गरेका छन् ।

यसैबिच पत्रकारीता क्षेत्रबाट शैक्षिक क्षेत्रको प्रचारप्रसारमा योगदान दिएका बुटवलटुडे अनलाईनका उपसम्पादक स्वस्तिक श्रेष्ठलाई नगदसहित दोसल्ला, प्रमाणपत्रबाट सम्मान गरिएको छ ।

यसैगरी क्याम्पसको विकासमा योगदान दिएका शिक्षक अरबिन्द्र दुबे, शिक्षक नरेन्द्र पौडेल,
उत्कृष्ट शिक्षक बिसिए भुवन पन्थी र बिबिएस केशरराज न्यौपानेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित क्याम्पसमा आयोजना गरिएको टेक्नो म्यानेजमेन्ट जेस्ट २०८० मा सहभागीमध्ये ३ विधामा पुरस्कार गरिएको छ । जसमा उत्कृष्ट प्रोजेक्ट एटेण्डेन्ट म्यानेजमेन्ट सिस्टम विथ एआई, उत्कृष्ट कन्सेप्ट हाते गुन्दुक र उत्कृष्ट प्रदर्शन सेल्फ ड्राईङ कार विथ जेनेटिक एआई लाई नगदसहित पुरस्कृत गरिएको छ ।
दश वर्षअघि शुरुवातमा ३४ जना विद्यार्थीबाट शुरु भएको क्याम्पस अहिले ३ हजार बढी छन । यसैबिच बुटवल कालिका क्याम्पसको पहिलो मुखपत्र ‘नया कदम’ विमोचन गरिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?