© २०२३
बर्षौ देखि सडकको अवस्थाका कारण अहिले आएर सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन । बर्षायामका समय सडक भत्कने, भासीने तथा हिलो हुदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका हुन । बिशेष गरी पक्की सडकमा खाल्टा पर्नुका साथै ग्राभेल मात्र गरीएका र गाउघर भित्रका सडक ठुला ठुला खाडल सहित हिलोमय छन । महेन्द्र लोकमार्ग अन्र्तगत कपिलवस्तुको पुर्वी सिमाना कोठीखोला देखि पश्चिमि सिमाना धानखोलासम्म भत्कीएको सडक एक महिना अगाडी मात्र टालीएकोमा सबै ठाउमा भत्कनुका साथै बिभिन्न ठाउमा सडक भासीएको छ । जसका कारण सवारी दुर्घटना बढने सम्भावना बढेको छ । जिल्लाको कोठीखोला क्षेत्र, बैरीया, जितपुर चार नम्बर, बनगाई, गोरुसिङे, इमिलिया, डुमरा, चन्द्रौटा क्षेत्रको लोकमार्गमै पक्की सडक भत्कीएको छ । टालेका सडक सोही ठाउबाट सडक सधै भत्कीदा सर्वसाधारण अच्चममा परेका छन ।
महेन्द्र लोक मार्ग अन्र्तगत कोइली बनगाई पुल क्षेत्र र गोरुसिङे क्षेत्रको जगंलमा सडक भासीएको छ । साथै ग्राभेल गरीएका तथा कच्ची सडक हिलोले गर्दा गाउघरका सर्वसाधारण समेत हैरानी खेपेका छन । हिलो हुदा साइकल, मोटरसाइकल चलाउन समेत सर्वसाधारणलाई अफ्ठ्यारो भएको छ । चार चक्के गाडी भने हिलोमा फस्ने गरेको छ । ग्राभेल सडकमा समेत पानी जम्दा खाल्टो पर्ने र त्यो पछि गएर ग्राफेल नगरेको जस्तै देखिने चार नः जितपुरमा रहेको माछापुच्छ्रे होटेलका सञ्चालक शोभाखर पराजुलीले बताए । गाउघरमा बर्घाको समयमा अझ टे«क्टरले बाटोमा खाल्टा बनाउने भत्काउछ तर बनाउदैन्न, त्यसको समस्या पनि सर्वसाधारणले भोग्नु परेको उनले बताए । सडकमा परेका खाडल समयमै नपुर्दा पछि गएर ठुला खाडल बन्ने हुदा ठुलो सवारी दुर्घटनाको जोखिम समेत रहेको छ । बाणगंगा नगरपालिका अन्र्तगत पटना, कोपवा, भलवाड, नन्दनगर, राजपुर, पिपराका भित्रि ग्राभेल बाटो खाडल सहित हिलोमय हुने गरेका छन ।